पौष २४, इलाम ।
इलामको माइखोलामा २२ मेगावाट क्षमताको जलविद्युत आयोजनाको निर्माण कार्य
सम्पन्न भएको छ । गैर आवासीय नेपालीको ३
अर्ब १५ करोडको लगानीमा चार वर्षअघि काम सुरु
गरीएको आयोजनाले सफल परिक्षणसमेत गरिएको छ ।
इलामको चिसापानी, दानावारी र सोयाकमा संचालित
आयोजनको सवै परिक्षण सकिए पनि प्रशारण लाइन निर्माण भइनसकेकाले
व्यवसायिक उत्पादन गर्न भने सकिएको छैन । सानिमा माई हाइड्रो पावर
लिमिटेडको लगानीमा निर्माण आयोजनाले विद्युत उत्पादन गर्न
थालेपछि पूर्वका जिल्लामा लोडसेडिङ कम हुने विश्वास गरिएको छ ।
यता गोदकको राजदुवालीदेखि ३४ किलोमिटर टाढा दमकसम्मको १३२
केभी प्रसारण लाइन निर्माण पुरा हुन समय लाग्ने भएकाले
पुरानै ३३ केभी लाइनवाट सानिमाको उत्पदन जोडिने करिडोर
आयोजनाले जनाएको छ । त्यही पानीलाई प्रयोग
गरेर सनिमाको अर्को सात मेघावाटको आयोजनाको पनि निर्माण भइरहेको छ ।
Thursday, 8 January 2015
२२ मेगावट विद्युत उत्पादन शुरु भयो तर प्रसारण लाईन छैन
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment