धेरै मानिसहरुलाई आफ्नो मोटो शरिरले सताइरहेको हुन्छ । शरिरलाई
चाहिनेभन्दा धेरै खानु र समय मिलाएर नखानाले मोटाइने धेरै मानिसहरुको बुझाई
हुन्छ । यी कुराहरु केहि हदसम्म ठिक पनि हो । तर
एक नयाँ अनुसन्धानले पुरुषहरु मोटाउनुमा ‘फिमेल सेक्स हर्मोन’ जिम्मेवार
भएको बताएको छ । ‘फिमेल सेक्स हर्मोन’ का कारणले नै
पश्चिमी मुलुकहरुका पुरुषको शुक्राणुमा पनि कमी भएको अनुसन्धानले
निष्कर्ष निकालेको छ ।
अनुसन्धानका अनुसार पुरुषहरु फिमेल सेक्स हर्मोनको सम्पर्कमा आउनु
सबैभन्दा ठूलो कारण ती पदार्थको सेवन मानिएको छ
जसमा एस्ट्रोजेनको मात्रा बढि हुन्छ । यसमा सोयाबाट बनेको खाद्य पदार्थ र
प्लाष्टिकबाट बनेको रसायनहरु पनि समावेश गरिएको छ किनभने
सोयामा एस्ट्रोजनको मात्रा निकै धेरै हुने गर्दछ । स्मरण रहोस्
महिलाहरुको फिमेल सेक्स हर्मोनलाई एस्ट्रोजनको नामले चिनिन्छ ।
वास्तवमा महिलाहरुमा महिनावारीको दौरान एस्ट्रोजन (फिमेल
सेक्स हर्मोन) को श्राव हुने जसका कारण महिलाहरु मोटोपन र थाइराइड
ग्ल्याण्डमा बाधा र दिमागको केहि भागमा असर पुर्याउनेजस्ता समस्याको शिकार
हुने गर्दछन् । वैज्ञानिकहरुले पनि पुरुषहरु मोटाउनुमा कुनै न कुनै
रुपमा एस्ट्रोजन जिम्मेवार रहने बताएका छन् । (एजेन्सी)
Monday, 5 January 2015
एक नयाँ अनुसन्धानले पुरुषहरु मोटाउनुमा फिमेल सेक्स हर्मोन जिम्मेवार
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment