काभ्रे, पौष २१ । काभ्रेमा एक युवकको रहस्यमय मृत्युको बिषयलाई
लिएर स्थानीय बासिन्दाले आज
पनि विहानैदेखि अरनिको राजमार्ग बन्द गराएका छन् ।
शनिबार विहान मृत अवस्थामा फेला परेका काभ्रे पांचखाल ३ का २७ बर्षिय
ज्ञानु ठकुरीको शव प्रहरीले
परिवारको स्वीकृति विना नै उठाएको भन्दै
स्थानीय बिरोधमा उत्रिएका हुन् ।
घटनाको सत्यतथ्य र मृतकलाई क्षतिपूर्तिको माग गर्दै स्थानियले हिजो
पनि सांझ दुई घण्टा राजमार्ग बन्द गराएका थिए ।
गत शुक्रबार हराएको भनिएका ठकुरीे शनिबार बिहान
सडक पेटीमा मृत भेटिएका थिए । घटनाबारे अनुसन्धान
भइरहेको प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment