Sunday, 11 January 2015

भट्टराईले चढेको मुस्ताङ म्याक्सको उत्पादन बन्द

विराटनगर, पुस २७ - देशको एक मात्र मोर्टस उत्पादन
कम्पनी हुलास मोटर्सले आफ्नो उत्पादन बन्द गरेको छ ।
आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरी कम्पनीले
उत्पादन बन्द गरेको घोषणा गरेको हो ।
सरकारले आफूहरुलाई
यूरो थ्री मापदण्डमा जानको लागि पर्याप्त समय
नदिएको कारण उत्पादन बन्द गरेको कम्पनीले
जनाएको छ । सरकारले एक बर्ष समय नपथेका कारण
उत्पादन बन्द गर्नु परेको कम्पनीका प्रबन्ध सञ्चालक
सुरेन्द्र गोल्छाले बताए ।
सरकारले अघिल्लो साउन १ गतेबाट
युरो थ्रीका गाडी उत्पादन गर्न दुई बर्ष
अघि समयसीमा दिएको थियो । हुलासले आफूहरुलाई
तीनदेखि चार बर्ष समय दिन आग्रह गरेको थियो ।
'एक बर्ष मात्र थपिदिएको भएपनि हामी उत्पादन गर्न
सक्थ्यौं । तर, सुनुवाइ भएन त्यसैले बन्द गर्नुको विकल्प
रहेन,' गोल्छाले भने ।
१७ बर्ष अघि बाट गाडीहरु उत्पादन गर्न थालेको हुलास
मोर्टसको उत्पादन मुस्ताङ म्याक्स तत्कालीन
प्रधानमन्त्री बाबुराम भट्टराईलाई चढेपछि यसले धेरै
चर्चा पाएको थियो । शेर्पा नामको गाडीबाट
उत्पादन सुरु गरेको हुलासले मुस्ताङ भीटू र मुस्ताङ
म्याक्स ब्राण्डका गाडी बजारमा ल्याएको थियो ।
अहिलेसम्म करिब १ हजार ४ सय
गाडी बिक्री भएको गोल्छाले बताए ।
डिजेलमा चल्ने यी गाडीहरु व्यक्तिगत
प्रयोजनाका लागि भन्दा पनि व्यवसायिक
प्रयोजनमा बढि बिक्री भएका छन् । पाल्पा, मुस्ताङ,
बाग्लुङ, सुर्खेत, दाङलगायत
जिल्लाहरुमा बढीसञ्चालनमा रहेको गोल्छाले बताए
। मोर्टस उत्पादन बन्द भएपनि मर्मत केन्द्र र पार्टस
पूर्जाहरु भने सहजरुपमा पाइने गोल्छाको दावी छ ।
करिब ४ करोड लगानी रहेको कम्पनीमा दुईसय मजदुर छन्
। उत्पादन बन्द भएपछि १ सय मजदुर बिदा गरिएको छ ।
हुलासले उत्पादन गरेका मोर्टसको बजार मुल्य १६ लाख
२५ हजारदेखि १८ लाख ५० हजारसम्म पथ्र्यो ।
यो मोर्टसले बाषिर्क ७० देखि १ सय वटासम्म
गाडी उत्पादन गर्दै आएको थियो ।

No comments:

Post a Comment