Thursday, 8 January 2015

बालुवाटार बैठकको खाजा बिल मात्रै आठ लाख !

काठमाण्डु, २४ पुस– प्रधानमन्त्री निवास बालुवाटार
देशको कार्यकारी प्रमुखको निवास मात्रै हो । तर,
यहाँ सरकारी बैठकदेखि विभिन्न पार्टीका संयुक्त
बैठक र प्रधानमन्त्रीको राजनीतिक
पार्टी कांग्रेसको समेत बैठक बसिरहन्छ ।
ती बैठकहरुमा हुने खाजापानीको खर्च
चाहिं कसले गर्छ ? सोझो उत्तर आउँछ– सरकारले । बालुवाटारमा हुने
खाजा खर्चबारे सरकारले सार्वजनिक गर्ने गरेको छैन । एक सञ्चारमाध्यमले
भने त्यहाँ एउटै बैठकमा लाखौंको खाजा खाइने गरेको समाचार ल्याएको छ ।
दुई तीन दिनको फरकमा पेश गरिएको दुई वटा बिलहरुमा आठ लाख
खर्च खाजाको शीर्षकमा मात्रै राखिएको समाचारले
बालुवाटारमा राज्यसत्ताको ढुकुटीमा कसरी हिनामिना भइरहेको छ
भन्ने थाहा हुन्छ ।
बिजशाला नामक अनलाइनले फेला पारेको बुद्धनारायण खाद्यान्न सप्लायरले पेश
गरेका दुईवटा बिलमा आठ लाखभन्दा बढी रकम
खाजाको शीर्षकमा देखिएको छ।
पुस २० गतेको बिलमा दुई लाख ६८
हजार ६ सय ७१ रुपियाँ र पुस
२१ गतेको बिलमा पाँच लाख ८५ हजार नौ सय ३१
रुपियाँ खाजाको शीर्षकमा राखिएको छ ।
आफूलाई गरिब वा साधु प्रधानमन्त्रीका रुपमा प्रचार
गराइरहेका प्रधानमन्त्री सुशील
कोइरालाको निजी निवासबाट मात्रै खाजामा लाखौं खर्च
भइरहेको तथ्य देखिएको छ ।
यसमा तपाईको प्रतिक्रिया

No comments:

Post a Comment