Saturday, 3 January 2015

पान खाँदा कण्डम सित्तैमा

एजेन्सी ।
जनसंख्या नियन्त्रणका लागि विभिन्न
देशहरुले विभिन्न उपायहरुअपनाईरहेका छन्
। तर, भारतमा एक पान पसलेले
अनौठो अभियान सुरु गरेका छन् ।
भारत बिहारका एक पान पसलेले
जनसंख्या नियन्त्रणका लागि आफ्नो ग्राहकलाई
पानको साथमा कण्डम बाँडिरहेका छन् ।
यो अभियानले
मानिसहरुमा जनसंख्या नियन्त्रणका लागि जागरुक
बनाउने उनको विश्वास छ ।
बिहारको कटिहार जिल्लाकामे
फालका बजारका पान पसले नन्दलाल शाहले
आफ्नो पसलमा पान किन्न आउने सबैलाई कण्डम
सित्तैमा दिने घोषणा गरेका छन् ।
४० वर्षीय नन्दलालले
जनसंख्या नियन्त्रणका लागि यो आफ्नो सानो कदम
भएको बताउँदै अभियानलाई केही एनजीओ र
मेडिकल प्रतिनिधिहरुले सहयोग गरिरहेको समेत
बताएका छन् ।
उनको यो अभियानले पान पसलको व्यापार
पनि बढेको छ । केही मानिसहरु निशुल्क कण्डम
लिनका लागि पनि पान पसलमा आउने गरेका छन्

प्रतिकृया दिनुहोस

No comments:

Post a Comment