डडेलधुरा , पुस २० - राति १
बजेदेखि डडेलधुरा सदरमुकाममा लागेको भीषण आगो आइतबार
विहान नौ बजे नियन्त्रणमा आएको छ । आगलागीबाट मुख्य बजार बाघखोरका २१ पसल पूर्ण रुपमा जलेका छन् ।
प्रहरी र स्थानीय
ब्यबसायीको प्रारम्भिक अनुमान अनुसार जलेर नष्ट
भएका पसल र पक्की भवन सहित झडै डेढ अर्व
बढीको क्षति भएको छ । ‘क्षतिको यकिन तथ्यांक आउन
बाँकी छ’, प्रमुख जिल्ला अधिकारी शिवराज
जोशीले भने बजारका साना ठूला गरी १ दर्जन
बढी पक्की भवन र २१ वटा पसल जलेर पूर्ण
रुपमा नष्ट भएका छन् ।
जिल्ला प्रशासन कार्यालयले छानबिन समिति बनाएर छानबिन गर्ने र
क्षतिको आवश्यक बिबरण संकलन गर्ने प्रजिअ जोशीले
जानकारी दिए ।
समयमा दमकल प्रयोग नुुहुँदा आगलागी नियन्त्रण गर्न
नसकेको भन्दै स्थानीय ब्यबसायीले आक्रोश
पोखेका छन् ।
दमकल नभएपछि आगलागी नियन्त्रणका लागि जोडिएका भवन
भत्काइएको थियो ।
Saturday, 3 January 2015
डडेलधुरा सदरमुकाममा भीषण आगलागी डेढ अर्ब बढीको क्षति भएको प्रारम्भिक अनुमान
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment