Sunday, 4 January 2015

मेकाडामिया नटमा आकर्षण बढ्दो

पोखरा, पुस २० - महँगोमा बिक्री हुने मेकाडामिया नट -
हाडे बदाम, जापानिज कटुस पनि भन्छन्) प्रतिकिसान आकषिर्त भएका छन् ।
मालेपाटनस्थित कृषि अनुसन्धान केन्द्र (बागवानी) ले
व्यावसायिकताका लागि किसानमाझ बिस्तार गरेसँगै यसको माग ह्वात्तै बढ्न
थालेको छ ।
हालसम्म केहीले सोखको रूपमा एक/दुई मात्र बोट
लगाएको नटलाई कास्की र स्याङ्जाका किसानले व्यावसायिक रूप
दिन थालेका हुन् ।
भिरालो, रूखो, पाखोबारी तथा बाँझो जमिनको सदुपयोग हुने, कम
मिहिनेत, बाँदर तथा असिनाबाट जोगाउन सकिने र सुन्तला हुने
ठाउँमा पनि फल्ने भएकाले भविष्य रहेको केन्द्रका प्रमुख
टीकाराम चापागाईले बताए । 'काजुजस्तै स्वादिलो,
महँगो फलमध्ये एक र बजारको पनि समस्या नहुने देखेर
विस्तारमा लागेका हौं,' चापागाईले भने, 'किसानले महत्त्व बुझेर
ठूलो परिमाणमा लगाउन थालेका छन् ।'
स्याङ्जा फेदीखोलाका प्रेम गुरुङले
पोखराको रानीपौवामा ८ हजार बेर्ना हुर्काइरहेका छन् ।
'सम्भावना देखेर लगानी गरेको हुँ,' गुरुङले भने, 'म आफंैले
पनि २ सय बिरुवा रोपिसकेको छु । माग अत्यधिक रहेकाले
नर्सरी सञ्चालनमा ल्याएको हुँ ।'
दुई दशकअघि पोखरामा भित्र्याएको केन्द्रले फाट्टफुट्ट बिरुवा उत्पादन
गरी किसानमाझ प्रचार गर्दै आएको थियो । तर
ठूलाठूला डिपार्टमेन्टल स्टोर्सले विदेशबाट ल्याएर महँगोमा बेच्न
थालेपछि बजार अभाव नहुने देखेर केन्द्रले किसानलाई व्यावसायिकतातर्फ
उन्मुख गराएको हो । 'माग बढेसँगै किसानलाई
नर्सरी स्थापनाका लागि सहयोग गरेका छौं,'ं चापागाईले भने,
'स्वादिष्ट फल यसमा प्रोटिन पाइन्छ । यसको व्यापक प्रचार आवश्यक छ
।'
हाल सिंचाइ डिभिजन स्याङ्जाका इन्जिनियर अशोक गुरुङले घरबाटै
प्रतिकेजी ५ सय रुपैयाँमा फल
बिक्री गरिरहेका छन । पहिलोपटक २०५४ सालमा १५ बोट
रोपेका उनले राम्रै कमाइ भइरहेको बताए ।
'चैतमा जागिरबाट रिटायर्ड भएपछि सबै परिवार
यसैको खेतीमा लाग्ने योजना बनाएको छु,' अशोकले भने, 'डेढ
सय रोपिसकेको छु । यसपटक २ सय थप्ने योजना छ ।' गुरुङका अनुसार
विदेशीसमेत अनुसन्धानका लागि आउन थालेका छन् ।
नेपाली बजारमा यसको उत्पादन नभएकाले मूल्य यकिन नभए
पनि प्रतिकिलो २/३ हजार रुपैयाँसम्म पर्ने जानकार बताउँछन् । विदेशबाट
आएको भने ४ हजार रुपैयाँ किलोमा बिक्री भइरहेको छ ।
स्याङ्जाकै खिलुङ देउाराली ९ का शालिक अर्यालले पनि ७५ बोट
रोपेका छन् । 'भण्डारण गर्न र बजार लैजान सजिलो हुने देखेर
लगानी गरेको हुँ,' उनले भने । यसको एक बोटबाट न्यूनतम
५ देखि २० किलोग्रामसम्म उत्पादन हुन्छ । तुरुन्तै
बिक्री नभए पनि बिग्रने डर हुँदैन ।

No comments:

Post a Comment