Saturday, 3 January 2015

एसिया विमान खोजीः समुद्रभित्र ‘दुई ठूला वस्तु भेटिए’ तस्वीरः एजेन्सी |

काठमाडौं, पौष १९ । एअर एसियाको दुर्घटनाग्रस्त विमान ‘क्यूजेड
८५०१’
को भग्नावशेषको खोजीमा जुटेका टोलीले
जाभा समुन्द्रभित्र दुईओटा ठूला वस्तु भेट्टाएका छन् ।
इन्डोनेसियाका खोज एवं बचाव एजेन्सीका प्रमुख
व्याङव्याङ सोइविस्तयोले ३० मिटर पानीभित्र
भेट्टाइएका उक्त वस्तुको तस्वीर लिन
रिमोटद्धारा सन्चालित यन्त्रलाई जाभा समुन्द्रमा पठाइएको
जनाएका छन् । तर, खराब मौसम र
समुद्री लहरका कारण खोजी अभियान
प्रभावित भएको छ ।
आइतबार १ सय ६२ यात्रुलाई बोकेर उडेको उक्त विमान सुराबायाबाट
सिंगापुर उड्दै गर्दा जाभा समुद्रमा खसेर दुर्घटनाग्रस्त भएको थियो ।
अहिलेसम्म समुद्रबाट ३० ओटा शव निकालिएको छ ।
शवको खोजी जारी रहेको जनाइएको छ
। (एजेन्सी)

No comments:

Post a Comment