काठमाडौ, पुस १९ - पाकिस्तानी पूर्व क्रिकेटर तथा तेहरिक इनसाफ पार्टी अध्यक्ष इमरान खानले दोस्रो विवाह गरेका छन् ।
वेलायती सञ्चारमाध्यमहरुले जनाए अनुसार ६२
वर्षीय खान रेहम खानसँग विवाह गरेका हुन् ।
तीन सन्तानकी आमा रेहम
बीबीसीकी पूर्व समाचार वाचिका हुन् ।
इमरानले पूर्व पत्नी जेमिमा गोल्डस्मिथलाई सन् २००४ छाडेका थिए । यसअघि चिकित्सकसँग विवाह गरेकी रेहमको तीन सन्तानकी आमा हुन् ।
इमरानको दोस्रो विवाहको निर्णयप्रति उनको परिवारको भने समर्थन नरहेको समाचारमा जनाइएको छ । लामो समयको प्रेम सम्बन्धपछि इमरान र रेहमले विवाह गरेका हुन् ।
केही दिनअघि पाकिस्तानी पत्रकार फरहत
जाभेद रबानीले समाचार वाचिका र
राजनीतिज्ञको विवाह भएको भन्दै ट्वीट
गरेकी थिइन् । 'आज एक समाचार वाचिकाले राजनीज्ञिसँग विवाह गरेकी छन्', उनले लेखेकी थिइन्। इमरान र रेहम दुवैले विवाहको औपचारिक घोषणा भने गरका छैनन् । ४१
वर्षीया रेहम बीबीसीको साउथ टुडेको पूर्व
प्रस्तोता हुन् ।
परिवार र पार्टीका शुभचिन्तकले विवाह नगर्न
गरेको आग्रह वेवास्ता गर्दै इमरानले रेहमसँग विवाह
गरेको समाचारहरुमा जनाइएको छ ।
इमरानका साथीसमेत रहेका राजनीतिक
टिप्पणीकार साहिद मसुदले एक टेलिभिजन
अन्तर्वार्ताका क्रममा रेहम राजनीतिकबारे सचेत रहेको र आफूलाई भावी प्रथम महिलाको रुपमा लिएको बताए । इमरानको विवाहको बिषयले पाकिस्तान र सामाजिक सञ्जालहरुमा नकारात्मक
प्रतिक्रिया पाएको छ ।
Saturday, 3 January 2015
बीबीसीकी समाचार वाचिकासँग इमरानको दोस्रो विवाह
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment