हङकङ, पुस ११ - नेपाल र
चीनबीचको व्यापारिक कारोबार अब
चिनियाँ स्थानीय मुद्रा युआनमै गर्न सकिने भएको छ ।
यसअघि यस्तो कारोबार अमेरिकी डलरमै हुनुपर्ने
बाध्यकारी व्यवस्था थियो । चीन भ्रमणरत
नेपाल राष्ट्र बैंकका गर्भनर युवराज खतिवडा र
समकक्षी पिपुल्स बैंक अफ चाइना (पिबिओसी)
का गर्भनर झोउ चाउचुआन बीच गत मंगलबार
बेङजिङमा यससम्बन्धी सम्झौतामा हस्ताक्षर
भएको हो ।
राष्ट्र बैंकले यसका लागि एकवर्षअघि देखि नै पहल गरिरहेको थियो ।
पिबिओसी चीनको केन्द्रीय बैंक
हो । दुईपक्षीय व्यापार र
लगानी सम्बन्धी सुविधा बढाउने प्रयास स्वरुप
यस्तो सम्झौता गरिएको हो । यसले दुई मुलुकबीच हुने
कारोबारलाई अझ सहज र सरलीकरण गर्ने
भ्रमणटोलीका सदस्य राष्ट्र
बैंकका कार्यकारी निर्देशक भिष्मराज ढुंगानाले बताए ।
‘यो सम्झौताले दुई मुलुक बीचको व्यापारिक कारोबार युआनमै
गर्ने सुविधा दिएको छ’, विदेशी विनियम व्यवस्थापन
विभागका निर्देशक ढुंगानाले भने, ‘यसले पहिले डलर खरीद
गरी फेरी युआन साट्दा हुने
नोक्सानी समेत घटाउनेछ ।’ अब
नेपालमा लगानी गर्न चाहने
चिनिय“ा लगानीकर्ताले सिधै स्थानीय
मुद्रा भित्र्याउन सक्नेछन् । यसले लगानीकर्तालाई
प्रोत्साहित गर्ने ठानिएको छ ।
यसअघि नेपाली बैंकहरूले बैंक अफ
चाइना अन्तर्गतको ल्हासास्थित झाङ्गु शाखामा मात्र युआन खाता खोल्न
सक्थे । यसबाहेक अन्य
बैंकका हकमा अमेरिकी डलरमा मात्र खाता खोल्न सकिने
सुविधा थियो । पछिल्लो व्यवस्थाअनुसार नेपालका बैंकले
चीनको जुनसुकै बाणिज्य बैंकमा युआन खाता खोलेर दैनिक
कारोबार गर्न सक्ने निर्देशक ढुंगानाले जनाए । यसले दुई
मुलुकबीच व्यापार व्यावसाय बढाउन पनि ठूलो मद्दत मिल्ने
विश्वास गरिएको छ । ‘अब चीनमै
रहेको नेपाली बैंक खातामा रकम जम्मा गर्न र
एसलीमार्फत युआनमै सिधै भुक्तानी गर्न
सकिनेछ’, ढुंगानाले प्रष्ट्याए, ‘यसले व्यापारका क्रममा हुने लेनदेनलाई
सहजीकरण गर्नेछ ।’ राष्ट्र बैंकले
केही दिनभित्रै सम्पूर्ण बैंकहरूलाई
पछिल्लो सम्झौतासम्बन्धी निर्देशन जारी गर्ने
समेत उनले बताए । सन् २०१३ मा नेपाल–चीन
बीच ७० अर्ब ८२ करोड
रुपैयाँ बढीको दुईपक्षीय कारोबार भएको छ ।
यसमध्ये निर्यात केवल २ अर्ब ४ करोड मात्र रहेको व्यापार तथा निर्यात
प्रर्वद्धन केन्द्रको तथ्यांकमा उल्लेख छ । चीनमा गरिने
कारोबार मध्येको ठूलो हिस्सा हुण्डीमार्फत
अवैधरुपमा हुने गरेको छ । स्थानीय मुद्रामा लेनदेन गर्न
सकिने भएपछि यसले अवैध हुण्डीलाई पनि निरुत्साहित
गर्ने ठानिएको छ । दुई मुलुकका नाकाहरूमा हुने गरेका व्यापार
व्यवसायमा नेपाली रुपैयाँमै
पनि भुक्तानी स्वीकार गर्ने गरिएको छ ।
यसरी संकलित रकमलाई बैधता दिनेबारे भने छुट्टै छलफल
हुनसक्ने ढुंगानाले बताए । नेपाल भ्रमणमा आउने अधिकांश
चिनियाँ पर्यटकहरू युआननै लिएर आउने गरेका छन् । पछिल्लो सम्झौताले
मुद्रा सटहीका लागि पनि बाटो सहज बनाएको ढुंगानाले बताए
। नेपालले यहाँ चिनियाँ बैंकको शाखा खोल्न लामो समयदेखि प्रस्ताव राख्दै
आएको छ । यसप्रति समेत चीन सकारात्मक
देखिएको निर्देशक ढुंगानाले बताए । ‘कुनै
चिनियाँ बैंकको शाखा वा नेपाली बैंकस“गको सहकार्यमा संयुक्तरुपमा खोल्ने
भन्नेमा संभावना अध्ययन गर्छौ भनेका छन्’, उनले भने,
‘यसमा पनि उनीहरू गम्भिर देखिएका छन्
Friday, 26 December 2014
चीनसँगको व्यापारिक कारोबार अब युआनमा
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment