Saturday, 10 January 2015

टुँडिखेलमा मोबाइल फ्याँक्ने प्रतियोगिता (भिडियो)

काठमाडौं, पौष २६ । रोटरी क्लब अफ
रुद्रमति काठमाडौंले विभिन्न रोट्रयाक्ट क्लबसँग मिलेर
काठमाडौंको टुँडिखेलमा मोबाइल फ्याँक्ने प्रतियोगिताको आयोजना गरेको छ

मुगुको हितबडा गाविसका दुई सय महिलाहरुलाई निःशुल्क मोबाइल
उपलब्ध गराउने उद्देश्यले पुराना मोबाइल संकलन
गर्नेक्रममा यो प्रतियोगिताको आयोजना गरिएको हो ।
प्रतियोगिताको उद्घाटन गर्दै
शनिबार उद्योगमन्त्री महेश बस्नेतले
आफ्नो एउटा पुरानो मोबाइल दिएर
प्रतियोगितामा सहभागी भए ।
प्रतियोगिताबाट संकलन भएको पुरानो मोबाइलहरु
बिक्री गरी मुगुका महिलाहरुलाई
इन्टेक्स कम्पनीको नयाँ मोबाइल उपलब्ध गराइने
आयोजकले जनाएको छ ।
प्रतियोगितामा महिला, पुरुष र
बालबालिका गरी तीन विधा छुट्याइएको छ
। तीनै विधामा सबैभन्दा टाढासम्म मोबाइल फ्याँकेर
प्रथम, द्धितीय र तृतीय
हुनेहरुलाई क्रमशः इन्टेक कम्पनीको १४
हजार, १० हजार र ७ हजार रुपैयाँसम्म पर्ने मोबाइल
पुरस्कारस्वरुप प्रदान गरिनेछ ।

No comments:

Post a Comment