लमजुङ, पुस २६ - चालु आर्थिक बर्षको ६
महिनामा लमजुङबाट ४० महिला र १० जना बालबालिका हराएका छन् ।
गएको साउनदेखि अहिलेसम्ममा हराएकामध्ये केहीमात्र
फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार हराउने अधिकांश
महिलाका श्रीमान विदेशमा छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख
प्रहरी नायव उपरीक्षक अच्युतप्रसाद
पुडासैनीले
प्रहरी कार्यालयमा आएका उजुरी मध्ये
हराउनेमा श्रीमान् विदेश
हुनेहरुका श्रीमती धेरै छन् ।
जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार आर्थिक बर्ष
२०७१/७२ को साउनदेखि अहिलेसम्म हराएकामध्ये १० महिला र २
जना बालिकामात्रै फेला परेका छन् । हराएका कुनैपनि बालक भने फेला परेका छैनन्
। जिल्ला प्रहरी कार्यालय लमजुङको महिला सेलका अनुसार
अझै ३० महिला र ८ बालबालिका हराईरहेका छन् ।
हराएकामा सवैभन्दा बढी जनजाति समुदायका रहेका छन् ।
हराएका महिलातर्फ जनजाति १८, दलित ७ र अन्य १५ जना रहेका छन् ।
जनजाति ३ र दलित समुदायका ७ बालबालिका हराएका छन् ।
बालबालिका हराउनुमा अभिभावक दोषी रहेको भन्दै उहाँले
अभिभावक नै सचेत हुनुपर्ने र बालबालिकालाई एक्लै छोड्न नहुने
बताउनुभयो । तथ्यांक अनुसार गएको आर्थिक बर्षमा ४३ जना र आर्थिक बर्ष
२०६९/७० मा ५७ जना महिला लमजुङबाट हराएका थिए ।
Saturday, 10 January 2015
श्रीमान् विदेश हुनेका श्रीमती हराउने क्रम बढ्दो
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment