Saturday, 10 January 2015

इटहरीबाट जन्मियो अर्को माओवादी

इटहरी, पुस २७- नेपालमा कम्युनिस्ट
पार्टीमा टुटफुट हुनु र एकीकरण हुनु
नौलो कुरा रहेन । पुष्पलालले स्थापना गर्नुभएको कम्युनिस्ट
पार्टीदेखि अहिलेसम्म आइपुग्दा नेपालमा कम्युनिस्ट
पार्टीको सङ्ख्या दर्जन नाघिसकेको छ ।
सशस्त्र आन्दोलन गरेर स्थापित भएको एकीकृत
नेकपा (माओवादी) पनि पटक-पटक जुट्दै र फुट्दै जाने
क्रममा अन्तिमपटक नेत्रविक्रम चन्दले पार्टी फुटाएका थिए ।
एकीकृत नेकपा (माओवादी)बाट नेकपा-
माओवादी हुँदै चन्दसम्म आइपुग्दा पाँच
चिरा भइसकेको माओवादीमा रहेका केही कार्यकर्ताले
इटहरीमा पत्रकार सम्मेलन गरेर शनिबार मात्रै
नेकपा माओवादी क्रान्तिकारी नामको पार्टीको जन्म
भएको उद्घोष गरिएको छ ।
इटहरीमा सो पार्टीको घोषणा गर्दै
अहिलेसम्म क्रान्तिको भावनालाई समेटेर कम्युनिस्ट
पार्टीका नेताहरुले वास्तविक परिवर्तनलाई संस्थागत गर्न
नसकेको आरोप लगाउँदै समाजवादमार्फत साम्यवादसम्म पुग्न वास्तविक
क्रान्ति बाँकी रहेकाले
त्यसैका लागि यो पार्टीको जन्म हुन पुगेको बताइएको छ ।
लामो समय एकीकृत नेकपा -
माओवादी)का विभिन्न कमिटीमा काम गर्दै
आएका नेताहरुमध्ये भुजेन्द्रप्रसाद चम्लागाईं नेतृत्वमा नेपाल कम्युनिस्ट
पार्टी क्रान्तिकारीको स्थापना भएको र
पार्टीका केन्द्रीय समिति ३९
सदस्यीय केन्द्रीय
समिति रहेको घोषणा गरिएको छ ।
विसं २०५२ देखि नेपाली जनताको मुक्तिका लागि कठोर सङ्घर्ष
गर्दै आए पनि नेताहरुले वास्तविक परिवर्तन र रुपान्तरणका नाममा आम
जनतालाई गुमराहामा राख्ने र व्यक्तिगत स्वार्थसिद्ध गर्न मात्र नेताहरु
केन्दि्रत रहेकाले वास्तविक परिवर्तन गर्न आन्तिम
क्रान्तिको आवश्यकता महसुस गरेर पार्टी गठन
गर्नुपरेको उनले बताए ।
नवगठित पार्टीले आवश्यकता परे भूमिगत भएर
पनि समाजवादलाई टेकेर साम्यवादसम्म पुग्नका लागि हतियार उठाउने र
प्रतिकूल अवस्था सिर्जना गरिए सशस्त्र आन्दोलनबाट नेपाल हुँदै
विश्वभर साम्यवाद स्थापित गराएर छाड्ने अध्यक्ष चम्लागाईले उद्घोष गरे
पत्रकार सम्मेलनमा पार्टीका महासचिव आकाश
शर्मा केन्द्रीय नेता डा सुरिन्द्र
खनालको उपस्थिति रहेको थियो । नेताहरुले सबै नेताहरुको नाम भने
अहिले नै सार्वजनिक नगर्ने रणनीति लिएको पनि बताएका छन्

No comments:

Post a Comment