Monday, 5 January 2015

रेल्वेको सम्भावनाबारे छलफल, तत्काल तराई-काठमाडौं जोड्ने रेल्वे निर्माणमा जोड

काठमाडौं, पौष २१ । संसदको विकास समितिले
नेपालमा रेल्वे
सम्भाव्यताका बारेमा सरोकारवाला निकायहरुसँग
सोमबार छलफल गरेको छ ।
समितिले भौतिक पूर्वाधार तथा यातायात
मन्त्रालयका सचिव, रेल विभागका महानिर्देशक,
रेल्वेसँग सम्बन्धित विज्ञहरुसँग छलफल गरेको हो ।
अन्तर्राष्ट्रिय जगतमा द्रूत खालका थुप्रै
रल्वेको विकास भइसकेको भन्दै पुरातन खालको
रेल्वे सन्चालनमा ल्याउने कि अहिले विकास
भएको नयाँ प्रविधिको ल्याउने भन्नेमा छलफल
भएको हो ।
कम्तीमा तराई र
काठमाडौं जोड्नका लागि रेलसेवा निर्माण गर्न
सरोकारवालाहरुले सुझाव दिएका थिए ।
विज्ञहरुले भने एक किलोमिटर रेल्वे
निर्माणका लागि ३० देखि ८० करोड रुपैयाँसम्म खर्च
हुने भन्दै त्यसका लागि नेपालमा विज्ञ र
इन्जिनियरहरुको कमी नभएको बताएका थिए ।

No comments:

Post a Comment