Monday, 5 January 2015

नर्स बन्ने सपना बोकेर अमेरिका पुगेकी किशोरी कसरी ‘पोर्न स्टार’ बनिन्?

काठमाण्डु– फेसबुक, इन्टरनेट र अनलाइन
मिडियाहरूमा पोर्न
स्टारका रुपमा प्रचारित विन्दु परियार को हुन् ? उनलाई
पोर्न
गर्लका रुपमा मात्रै लिने र अझ नेपाली ‘पोर्न गर्ल’ भनेर
चर्चा गर्ने
धेरैलाई उनको नखुलेको भित्री कथा थाहा छैन । विन्दु
परियारका नाममा अनलाइनमा प्रसारित
सयौं भिडियोहरू थुप्रैले
हेरिसकेका छन् । तर, खासमा विन्दु को हुन् वा के–
का लागि अहिले
पनि संघर्षरत छिन्, त्यो धेरै कमलाई मात्रै थाहा छ ।
विन्दु नेपाली,
हटी विन्दु वा मलिका, विन्दी, हटी विन्दी नामबाट
चिनाइएकी विन्दुले एक अंग्रेजी अनलाइनलाई
दिएको अन्तर्वार्तामा आधारित
उनको जीवनको रहस्यमय कथा उनकै
शब्दमा प्रस्तुत छ : मलाई
घरिघरि रुन मात्रै मन लाग्छ,जब म आफ्नो बाल्यकाल
सम्झन्छु । म पश्चिम नेपालको कास्की जिल्लाअन्तर्गत
हेमजामा जन्मेकी हुँ। एकदमै गरिब परिवारमा ।बच्चैदेखि म
नाचगानमा रुचि राख्थें ।स्कुलमा हुने सांस्कृतिक
कार्यक्रममा सहभागी हुन्थें । लोकदोहोरी, कौडा र
रोदीमा नाच्नु
धेरै रमाइलो हुन्थ्यो ।
नाचगानमा मेरो गहिरो रुचि थियो । म
साथीहरूसँग नाचगानकै लागि थुप्रै ठाउँमा पुग्थें ।
म सानै छँदा मेरो घरमा कोही मान्छे आयो र
मेरो पढाइमा उसले
सहयोग गर्यो । मैले ज्ञानुबाबा स्कुलबाट १२
कक्षासम्मको पढाइ
पूरा गरें । त्यसपछि म ऊसँगै अमेरिका आएँ । टम सवेल
नामको त्यो व्यक्ति मभन्दा ३० वर्ष जेठो थियो । उसले
पहिले
मेरी काकीलाई बिहे गर्यो र पछि सम्बन्धविच्छेद गरेर
मेरी दिदी पर्ने
सीता परियारलाई बिहे गर्यो । मेरो स्कुले
शिक्षाको सबै शुल्क उसैले
बेहोरेको थियो । तर, उसको मास्टर प्लान (गुरुयोजना) के
थियो भन्ने
कसैलाई थाहा थिएन । ऊसँग बिहे गरेकी सीता दिदीले
पनि उसलाई
छाडेपछि भने धेरै कुरा फेरिन थाले । ऊ आत्महत्या गर्छु
भन्थ्यो तर मैले
उसलाई रोकें । उसले मलाई
सीता दिदीका नांगा फोटा र
भिडियोहरू देखाएर उसले आफूलाई
धोका दिएको भन्थ्यो । मलाई
उसले भनेको सबै कुरा साँचो हो जस्तो लाग्थ्यो । तर
कथा अर्कै रहेछ ।
उसले त दुईनम्बरी धन्दा गरेर पैसा कमाउन दिदीलाई दबाब
दिंदो रहेछ ।
टमले मलाई अमेरिका लैजान चाह्यो किनभने कलिली र
सुन्दरी केटीहरूबाट पैसा कमाउन सकिन्छ भन्ने उसलाई
थाहा थियो ।
अहिले बल्ल मलाई महसुस हुन्छ, मैले
त्यतिबेला दिदीको कुरा किन
सुनिन ? सायद म अमेरिका आउनका लागि एकदमै इच्छुक
थिएँ ।
त्यतिबेलासम्म म उसको मास्टर
प्लानमा फँसिसकेकी थिएँ ।
मेरा बा आमा गरिब थिए । उनीहरू ठान्थें–
गरिबका छोराछोरीलाई
सहयोग गर्ने टम हाम्रा लागि भगवानै हो । जसले त्यति धेरै
सहयोग
गरेको थियो, उसलाई अविश्वास म कसरी गर्न सक्थें र ?
त्यसैले मैले उसले
दिएका सबै कागजहरूमा सही गरिदिएँ । अमेरिका आउन त
मलाई
साँच्चै नै मन थियो । तर त्यसका लागि खर्च गर्नुपर्ने
पैसा कहाँबाट
आउँछ, यो मलाई थाहा थिएन । जब म अमेरिका आइपुगें,
त्यसपछि मेरो जिन्दगी खराबबाट खत्तम हुन थाल्यो ।
उसले मलाई
यहाँ ल्याएको त पढाइका लागि थियो,
राम्रो जीवनको लागि थियो र परिवारलाई सहयोग
पुग्छ भनेर
थियो । तर बिस वर्षपछि मैले बल्ल थाहा पाएँ, उसले
विन्दुलाई
अमेरिका किन ल्याएको रहेछ ।
उसले मलाई यहाँ मेरो सपना पूरा गर्न भनेर
ल्याएको थियो ।
मेरो सपना नर्स बन्ने थियो । मेरा बाआमा खुशीले दंग
थिए । म
अमेरिकामा पढ्न भनेर आएकी थिएँ । उसकी श्रीमती र
यौन दास बन्न
आएकी थिइन । म पहिलो पटक २०१०
को अक्टुबरमा अमेरिका आएँ ।
यहाँ आउनासाथ उसले मलाई नाइट क्लबमा काम गर्न
दबाब दियो र
भन्यो, ‘तँलाई यहाँसम्म ल्याउन मेरो थुप्रै लगानी परेको छ
।’ मैले
प्रतिरोध गर्न नखोजेकी पनि होइन । तीन
महिनाजति काम
गरेपछि मैले घर फर्कन्छु भनेँ । तर उसले मलाई धम्क्याउन
थाल्यो र
मेरा नांगा फोटा र भिडियोहरू सार्वजनिक गरिदिन्छु,
बाआमालाई
देखाइदिन्छु भन्न थाल्यो । जसले गर्दा मलाई त्यहीँ, त्यस्तै
काम गर्न
बाध्य पार्यो ।
मेरो पासपोर्ट लगायतका सबै कागजपत्रहरू पनि उसैसँग
थिए ।
अमेरिकाको कानुनी व्यवस्था के छ र
त्यसका लागि कहाँ जानुपर्छ
भन्ने पनि मलाई केही थाहा थिएन । मैले
चिनेजानेको वा भेट्ने मान्छे
पनि कोही थिएन । प्रहरीकहाँ जाने कसरी भन्ने
पनि मलाई
जानकारी थिएन । मेरा लागि यो बिल्कुलै अर्कै संसार
थियो ।
त्यसपछि त मेरो जीवन नर्कमै गएजस्तो भयो । मैले उसलाई
धेरै विश्वास
गरें । उसले मेरा लागि त्यत्रो वर्ष कुरेर
अमेरिका ल्याएको थियो र
यो सबथोक गरेको थियो । पैसा थुप्रै कमाइसकेपछि मैले
उसलाई
अनुरोध गरें– अब त पैसा पनि कमायौ, मलाई छाड्देऊ । तर
उसले मलाई
धम्काउन छाडेन ।मैले हरेक रात एक हजार डलर कमाएर
उसलाई
बुझाउँथे । नत्र उसले मलाई कुट्थ्यो । ऊ घरै बस्थ्यो म भने हरेक
रात
नांगै काममा जानुपथ्र्यो । मैले हरेक दिन १२घण्टा काम
गर्थें । उसले
मलाई कति पैसा कमाउनुपर्छ र कतिसँग
उसको आनन्दका लागि सित्तैमा सुत्नुपर्छ
भनेर लेखेर दिन्थ्यो । मैले धेरै नै बिरामी पनि परें, पाँच पटक
त म
हस्पिटल भर्ना समेत भएँ । अन्ततः मैले उसलाई छाडिदिएँ ।
कैंयौंपटक
औषधि उपचार गरें । अब भने मैले उसलाई छाडिसकेकी छु र
आफ्नै जीवन
बाँच्ने प्रयास गर्दैछु । अब म कलेज पनि भर्ना हुनेछु र नर्सिङ
डिग्री लिएर सुखद जीवन बाँच्नेछु ।
मेरा नाममा विगतमा जे–
जे फोटो, भिडियो वा अरु सामग्री आए,ती सबैलाई म
गलत
साबित गर्नेछु । त्यो मेरो काम थियो ।मैले हरेक रात
त्यतिबेला ८ सयदेखि तीन हजार डलरसम्म कमाउँथे ।
त्यसको १० प्रतिशत रकम मैले घरमा पठाउँथे । म सन्
२०१२ मा डलास गएर सम्बन्धविच्छेदको दर्ता गराएँ । उसले
त मलाई
अझै तीनवर्ष सँगै बसौं अनि म रिटायर्ड हुन्छु
भनेको थियो । तर म अझै मुर्ख हुन सकिन । उसले मलाई
धम्क्यायो र मैले
उसलाई छाडें भने मेरा सबै नांगा फोटा र भिडियोहरू
इन्टरनेट
राखिदिन्छु भन्यो । मैले उसलाई छाडिदिएँ, त्यसैले अहिले
अनलाइनहरूमा के आइरहेको छ, सबैले देखिरहेका छन् ।
विगतलाई म एउटा खराब सपनाका रुपमा बिर्सन
चाहन्छु । दुई वर्ष भयो मैले उसलाई छाडेको ।
त्यसपछिको मेरो जीवन निकै सुखद छ ।अहिले म नर्सिङ
पढिरहेकी छु ।
मेरो जिन्दगीको अबको सपना भनेको राम्रोसँग
नर्सिङ पढ्ने र आफ्ना बाआमाका लागि घर फर्केर
केही गर्ने
हो । मलाई नेपालमै हुँदा जे–जस्तो सहयोग गर्यो।
त्यसका लागि म टमप्रति कृतज्ञ छु । म आफ्नो नर्सिङ
पढाइ पूरा गर्न फेरि नृत्यमा काम
गर्नुपर्यो भने पनि गर्छु । किनभने मलाई पढ्नु छ । मलाई
माया गर्ने र
सहयोगी मान्छे पाए म काम गर्दै पढाइ पूरा गर्ने थिएँ ।
खानबस्न र
परिवारलाई सुखी देख्न पाए मलाई जुन काम पनि ठीक छ

No comments:

Post a Comment