काठमाडौ, पुस २४ - व्यापारीले
कालोबजारी गरेपछि ग्यासको कृत्रिम अभाव
जारी छ । भारतबाट गतवर्षभन्दा १० प्रतिशत
बढी ग्यास भित्रिएर बोटलिङ कम्पनीसम्म पुगे
पनि बजारमा पाइन्न ।
आयल निगमका अनुसार पछिल्लो ६ दिनदेखि दैनिक ५० हजार ३ सय
सिलिन्डर बराबर ग्यास आयात भएको छ । गत वर्ष डिसेम्बरमा दैनिक ४६
हजार ४ सय सिलिन्डर आयात भएको थियो ।
केही महिनाअघि बरौनी रिफाइनेरी मर्मतसम्भारका लागि बन्द
हुँदा त्यस नाकाबाट कम मात्रामा ग्यास भित्रिएको थियो । त्यसैलाई कारण
देखाई केहीले कालोबजारी र होल्डिङ
गर्दा बजारमा समस्या भएको निगमका कार्यकारी निर्देशक
चण्डिका भट्टले बताए । बरौनी रिफाइनेरी मर्मत
सकिएर दुई साताअघिबाट सञ्चालन हुन थालिसकेको छ ।
निगम प्रवक्ता मुकुन्द घिमिरेका अनुसार सामान्य अवस्थामा मासिक १५ लाख
सिलिन्डर ग्यास माग हुन्छ । जाडोमा माग बढेर १७ लाख सिलिन्डरसम्म
पुग्छ । यस हिसाबले जाडोमा दैनिक माग ५६ हजार ६ सय हुन्छ ।
आयातभन्दा दैनिक ६ हजारको हाराहारी मात्र
बढी माग हुँदा हालको जस्तो चरम
अभावको अवस्था रहँदैन ।
निगमले मुलुकको माग धान्ने गरी मासिक २२ हजार ३ सय
७७ टन ग्यास आयात गर्ने कोटा निर्धारण्ा गरेको छ । यसमध्ये
व्यवसायीले औसत १९ हजार ३ सय टन मात्र खपत
गरिरहेका छन् । निगमले बजारमा एलपी ग्यासको अभाव
हुन नदिन जनवरीमा २५ हजार टन कोटा तोकेको छ ।
अहिले दैनिक ५० बुलेट ग्यास आयात भए पनि बजारमा भने अभाव छ । एक
बुलेटमा १८ टन ग्यास हुन्छ ।
ग्यास कम्पनीले ठूला-ठूला ग्राहककहाँ मात्र ग्यास
पठाएकाले पनि त्यसको मार सर्वसाधारणले भोग्नुपरेको हो । 'अहिले
ठूलाठूला होटल, प्लास्टिक, सिसा कम्पनीमा ग्यास गएको छ ।
उनीहरूले सञ्चय गरेर राखेका छन्,' उपभोक्ता अधिकार
अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेनाले भने, 'यसले
उपभोक्ताको चुलो चिसो भएको छ ।'
'केही व्यवसायीले पनि ग्यास
लुकाएको जानकारी पाएका छौं,' कार्यकारी निर्देशक
भट्टले भने, 'नाजायज क्रियाकलाप गर्नेलाई
कारबाही गर्छौं ।' उनले जिल्ला प्रशासन कार्यालय, वाणिज्य
विभाग, नापतौल र निगमसहितको सहकार्यमा अनुगमन
गरी कृत्रिम अभाव गराउनेलाई कारबाही गर्ने
बताए ।
Wednesday, 7 January 2015
बजारमा ग्यास भए पनि कृत्रिम अभाव
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment