Wednesday, 7 January 2015

नेपालका चार एयरलाइन्स 'असुरक्षित' ।

काठमाडौ, पुस २३ - हवाई सेवाको रेटिङ गर्ने वेवसाइट एयरलाइनरेटिङले
प्रकाशित गरेको सूचीमा नेपालका चार एयरलाईन्स असुरक्षित
देखाइएको छ । ७ अंकको पूर्णाङ्कमा नेपालका तीन
एयरलाईन्सले मात्र १ अंक पाएका छन् भने अर्को एक एयरलाईन्सले २ अंक
पाएका छन् ।
पछिल्ला १० बर्षमा भएको दुर्घटना, यूरोपियन यूनियनको ब्ल्याकलिष्ट,
अपरेसन सेफ्टी सर्टिफिकेटलगायतलाई आधार मानेर
गरिएको अध्ययन अनुसार नेपालको अग्नी एयरलाईन्स, नेपाल
एयरलाईन्स, तारा एयर र यति एयरलाईन्स
असुरक्षितको सूचीमा परेका हुन् ।
अग्नी, नेपाल एयरलाईन्स र ताराले ७ मा १ अंक पाएका छन् भने
यति एयरलाइन्सले २ अंक पाएका छन् । नेपालका यि एयरलाईन्ससँगै
अफगानीस्तानको काम एयर र काजकिस्तानको स्क्वाट एयरले
पनि १ अंक पाएको छ । त्यस्तै  टि्रगाना एयरले ७ मा २ अंक मात्रै पाएको छ ।
सन् २०१३ बाट सञ्चालित वेवसाइटले विश्वका चारसय ४९ एयरलाईन्समध्ये
अष्ट्रेलियाको क्वान्टस एयरलाईनलाई सबैभन्दा सुरक्षित घोषित गरिएको छ ।
त्यस्तै एयरन्यूजिल्याण्ड, बि्रटिस एयरवेज, क्याथे प्यासिफिक एयरवेज,
इमिरेट्स, इतिहास एयरवेज, ईभीए एयर, फिनेर, लुफ्थान्स
र सिंगापुर एयरलाईन्स सुरक्षित
एयरलाईन्सको सूचीको अग्रस्थानमा छन् ।

No comments:

Post a Comment