काठमाडौं-उपत्यकाका २२ वटै आंगिक क्याम्पसमा यसै
वर्षदेखि स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली लागु गर्ने
भनिएको त्रिभुवन विश्वविद्यालयको निर्णय उल्टने
भएको छ। विद्यार्थी नेताहरुको दबाबका कारण
त्रिविले यस वर्ष पनि उपत्यकामा सेमेस्टर प्रणाली लागु
नगर्ने भएको हो।
विश्वविद्यालय पदाधिकारी र
विद्यार्थी नेताहरुबीच
भएको बिहीबारको छलफलमा पदाधिकारीले
विद्यार्थी नेताहरुको सहयोगबिना सेमेस्टर
प्रणाली लागु गर्न नसक्ने बताउँदै आफ्नै निर्णय उल्टाउने
मनस्थितिमा पुगेको उल्लेख गरे।
छलफलमा सहभागी निमित्त रजिस्ट्रार देवराज
अधिकारीले त्रिविले यसै वर्षदेखि सेमेस्टर प्रणालीमै
स्नातकोत्तर तहमा नयाँ भर्ना खुलाउन प्रवेश
परीक्षाका लागि फाराम खुलाए
पनि विद्यार्थी अवरोधका कारण सबै आंगिक
क्याम्पसमा फाराम वितरण गर्न नसकेको जनाए।
‘बिहीबार विद्यार्थी नेताहरुसँग छलफल हुँदा उनीहरुले
बिनातयारी जबर्जस्ती लागु गरिने सेमेस्टर
प्रणाली प्रभावकारी नहुने सुझाव राखे,' रजिस्ट्रार
अधिकारीले नागरिकसँग भने,
‘त्रिविको पनि उपत्यकाका सबै आंगिक कलेजमा लागु
गर्न सक्ने तयारी पुगेको छैन।' त्रिविले यस वर्ष वार्षिक
प्रणालीबाटै भर्ना खुलाउन शुक्रबार निर्णय
गरी अघि बढ्ने उनले जनाए।
उनले त्रिविले १५ वर्ष अघि शंकरदेब र मीनभव कलेजबाट
ब्यवस्थापन संकायमा स्नातकोत्तर तहमा नेपालमै
पहिलो पटक लागु गरेको सेमेष्टर
प्रणालीको प्रभावकारीता चार वर्षपछि मात्र थाह
भएको जनाउँदै उनले गत वर्ष लागु गरीएको केन्द्रीय
क्याम्पस कीर्तिपुरमा सेमेष्टरको प्रभावकारीता २
वर्षपछि मात्र थाह हुने जनाए।
‘कीर्तिपुरमा लागु गरिएको स्नातकोत्तर
तहको सेमेष्टरको प्रभावकारीता २ वर्ष पछि उत्पदादित
जनशक्ति बजारमा कस्तो उपभोग हुन्छ त्याहाबाट थाह
हुन्छ,'अधिकारीले नागरिकसँग भने’अब त्रिवि केन्द्रीय
क्याम्पसमा लागु भएको विभागहरुमा सेमेष्टर
प्रभावकारी बनाएर मात्र उपत्यकाका आंगिक
कलेजहरुमा लागु हुन्छ।'
छलफलमा सहभागि नेविसंघका प्रवक्ता यूपि लामिछाने
ले विद्यार्थीहरुले पदअधिकारीहरुसँग
विद्यार्थीको पहुँचसहितको विश्वविद्यालय बनाउनु
पर्ने माग राखेको बताए। उनले सेमेष्टर
प्रणालीको अन्योलता हटाउन
बसेको पदअधिकारीहरुसँगको बैठकले आइतबारदेखि लागु
हुने गरी बार्षिक प्रणालीमै भर्ना खुलाउने
निष्कर्षमा पुगेको बताए। ‘उपत्यकाको आंगिक
कलेजहरुमा स्नातकोत्तर तहमा मात्र वार्षीक ३० हजार
विद्यार्थीले भर्ना पाउने गर्छन्,'प्रवक्ता लामिछानोले
भने’सेमेष्टर प्रणालीमा लगभग ८ हजार
विद्यार्थी भर्ना हुन्छन्। बाकी २८ हजार
विद्यार्थी विश्वविद्यालय शिक्षाको पहुँचबाटै
बन्चित हुन्छन्।'उनले थपे’त्रिविले आंगिक
कलेजहरुमा पूर्वाधार तयारी नगरी,दक्ष र आधुनिक
शिक्षण प्रणालीको पठनपाठन गराउने
शिक्षकको ब्यवस्था नगरी सेमेष्टर लागु गर्न सक्दैन।'थोरै
विद्यार्थी भएको विभागमा मात्र
सेमेष्टरको नतिजा राम्रोले
विश्वविद्यालयको शैक्षिक गुणस्तर राम्रो भन्न
नमिल्लने विचार विद्यार्थीहरुको रहेको जनाए।
छलफलपछि बाहिरिन्दै
अनेरास्ववीयुको प्रवक्ता आरसी लामिछानेले
त्रिविका पदअधिकारीहरुले यस वर्ष आंगिक
कलेजहरुको भौतिका पुर्वाधार,शैक्षिक सामाग्री,दक्ष
जनशक्ति र आधुनिक शिक्षण
सामाग्री तयारी नगरेको अवस्थामा यस वर्ष
उपत्यकाकाका आंगिक कलेजहरुमा सेमेष्टर प्रणाली लागु
गर्न नसकिने निर्णय नजिक पुगेको जनाए।’ त्रिविले
पनि गृहकार्य विनानै उपत्यकाभरि जबरदस्ती सेमेष्टर
लागु गरेर सेमेष्टर प्रणाली लागु गर्दा शैक्षिक स्तर
राम्रो नभएर दुर्घटना निम्त्याउँछ,'अखिल
प्रवक्ता आरसीले
भने’हामी विद्यार्थी सेमेष्टरको विरोधी होइन।
त्रिविले केन्द्रीय क्याम्पसमा लागु
गरेको विभागहरुमा सेमेष्टरको नतिजा प्रभावकारीता
भए भन्ने हामी विद्यार्थीहरु आफै माग गर्ने छों।'
उपत्यकाका आंगिक कलेजहरुका प्रमुखहरुले भने
विश्वविद्यालयले कलेजहरुको भौतिक पुर्वाधार
तयारी गरी मात्र लागु गर्न सुझाएका छन्।
लैनचौरमा रहेको सरस्वती बहुमुखि क्याम्पसका प्रमुख
रामहरि लमसालले उच्च शिक्षाको गुणस्तर सुधार गर्न
सेमेष्टर प्रणाली अनिवार्य भए पनि भौतिक पूर्वाधार
तयारी विना लागु गर्न मुस्किल
रहेको प्रतिक्रिया दिए।
उनले विद्यार्थीहरु पनि आफुहरु राजनिति गर्न नपाउने र
कलेजको कमपाउण्ड कब्जा गर्नबाट बन्चित हुने त्रासले
सेमेष्टरको विरोध गरेको जिकिर गरे। त्रिविले प्रवेस
परीक्षाकोलागि खुलाएको फरम भर्ने म्याद पुस २६ गते
सकिन्दै छ। तर विद्यार्थी संगठनहरुले
कलेजको प्रशासनमा तालाबन्दी गरीदिएका कारण फरम
समेत वितरण गर्न नसकेको उनले बताए।
‘मेरो कलेजकै कुरो गर्ने हो भने कमप्युटरमा दक्ष
कर्मचारी छैन। कक्षा कोठा अपुग छ ,'उनले भने’ब्यवस्थापन
र मानविकी संकाय गरी ६०० विद्यार्थी भर्ना गर्नु
पर्छ। त्रिवि सेवा अयोग ठप्प छ।
यस्तो अवस्थामा सेमेष्टरको पुर्ण तयारी पुग्दैन।'उनले
थपे’सेमेष्टर विद्यार्थी केन्द्रित शिक्षण
प्रणाली हो यसकोलागि त्रिविले पुर्ण
तयारी गरी मात्र लागु गर्नु उचित हुन्छ।'
रत्नपार्कममा रहेको त्रिचन्द्र कलेजका प्रमुख हरिप्रसाद
थपलियाले विद्यार्थी संगठनको तलाबन्दीका कारण
विज्ञान र मानविकी संकायमा स्नातकोत्तर
तहमा प्रवेस परीक्षकोलागि फरम वितरणमा गर्न
नसकेको बताए।
उनले कलेजले विज्ञान संकाय तर्फ
माइक्रो बायोलोजि र रसायन
शास्त्रमा त्रिविको निर्देशन अनुसार सेमेष्टर प्रणालीमै
भर्ना खुलाएको भएपनि विद्यार्थीको अवरोधका कार
ण फरम वितरण गर्न नसकेको जनाए। उनले
यसैगरी मानविकि तर्फको पनि ग्रामिण
विकास,समाजशास्त्र,मनोविज्ञान,नेपालीमा समेत
विद्यार्थीले प्रवेस परीक्षा फरम वितरण गर्न
नदिएको बताए।
विश्वविद्यालयहरुमा विद्यार्थीको नाममा भर्ना हुने
दलका कार्यकर्ताहरु सेमेष्टर प्रणालीमा रोकिने हुनेनाले
विद्यार्थीहरुको विरोध आएको प्रमुख
थपलियाको प्रतिक्रिया छ। तीन दशक अघि त्रिविले
लागु गरेको सेमेष्टर प्रणाली पनि राजनितिकरण भएरै फेल
खाएको अवगत गराउँदै उनले अबका दिनमा त्रिविले बृहत
अध्यनन अनुसन्धान गरी पुर्ण तयारीसाथ सेमेष्टर लागु गरे
मात्र प्रभावकारीता हुने सुझाए।’मेरो कलेजमा ग्रामिण
विकासमा २ जना मात्र करार शिक्षक छन्। बाकी सबै
आंशिक। कक्षाकोठाको अभावै छ ,'प्रमुख थपलियाले
नागरिकसँग भने’पुरानै जनशक्ति र पुर्वाधारमा त्रिविले
सेमेष्टर लागु गर्दा प्रभावकारीतामै चुनौति थपिन्छ।'
त्रिविका विद्यार्थी कल्याण तथा खेलकुद
साखा प्रमुख गंगाबहादुर थापाले
विद्यार्थीको सहयोग विना सेमेष्टर प्रणाली लागु गर्न
नसिकने प्रतिक्रिया दिए। उनले हाल प्राइभेटको समेत
ब्यवस्था नभएको अवस्थामा सेमेष्टर लागु
गर्दा त्रिविका धेरै विद्यार्थी विश्वविद्यालय
शिक्षाको पहुँच भन्दा बाहिर हुने भएको महसुस
त्रिविलाई भएको जनाए।’शुक्रबार
त्रिविको पदअधिकारीहरु बैठक
बसी सेमेष्टरको अन्योलता हटाउनेबारे ठोस निर्णय लिनु
हुने छ,'उनले भने’यस वर्ष उपत्यकामा सेमेष्टर लागु गर्न
मुस्किल छ।'
Thursday, 8 January 2015
सेमेस्टर प्रणाली स्थगित
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment