काठमाण्डु,१५ पुस– सानो काम
गर्दा पनि ठूलो समाचार बन्ने प्रहरी अधिकृत
हुन, एसएसपी रमेश खरेल । र, बेलाबेला विवादमा पनि परिरहन्छन् । एआईजी बढुवामा आर्थिक चलखेल भएको भन्दै सार्वजनिक
रुपमा भाषण गरेर विवादमा तानिएका उनी त्यसयता छायाँमै छन् ।
सेलिब्रेटी प्रहरी अधिकृत खरेलले
बोलेको घटनाबारे छानबिन समिति गठन
गरी कारबाहीको तयारी भए
पनि पछि उनी कारबाही रोक्न सफल भएका थिए ।
सोही प्रकरणमा काठमाण्डु प्रहरी परिसरबाट
हटाइएका उनी पछिल्लो समय भरतपुर तालिम केन्द्रमा कार्यरत
छन् ।
उनै एसएसपी खरेलको एउटा फाइलका कारण
गृहमन्त्रालयमा गत साता केही तनाव भयो । खरेललाई एक
संस्थाले अमेरिकामा निम्तो दिएको छ । विश्वका सफल
युवाहरुको सम्मेलनमा सहभागी हुन खरेललाई
जनवरीको तेस्रो साता बोलाइएको छ ।
उक्त कार्यक्रममा जाने अनुमतिका लागि खरेलले निवेदन दिएका थिए । उनलाई
अनुमति दिने कि नदिने
भन्नेमा गृहका अधिकारीहरुबीच विवाद भएको छ
।
गृहसचिव सूर्य सिलवालसमेत सो विषयमा निर्णय गर्न डराए । खरेललाई
स्वीकृति दिँदा गृहमन्त्री बामदेव गौतम रिसाउन
सक्ने चिन्ता उनलाई रहेको थियो । किनभने,
बेलाबेला मन्त्री गौतम र
एसएसपी खरेलबीच सार्वजनिक
रुपमा जुहारी चल्दै आएको छ ।
खरेलले आफूलाई भेट्नसमेत नआएको भनेर गौतमले
गुनासो गर्दा त्यसको पत्युत्तरमा भेट्न आवश्यक नभएको भन्दै
अन्तर्वार्ता दिएका थिए ।
दुई साताअघि अपराध दिवस मनाउने कार्यक्रममा पनि गौतमले
मिडियामा बोल्दा प्रहरी अधिकारीहरुसँग
जुहारी चल्ने गरेको भन्दै उनले आफू बोल्न छाडेको बताएका थिए
।
तर, अमेरिका जानलाई भने मन्त्री गौतमले रोक्न चाहेनन् ।
सामान्य किसिमको विषय भएपछि खरेलको अमेरिका भ्रमण
मन्त्रीस्तरबाट निर्णय भएको स्रोतले बताएको छ ।
Wednesday, 7 January 2015
रमेश खरेलको फाइलले गृहमा खैलाबैला, खरेललाई अमेरिकाबाट किन आयो निम्ता ?
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment