काठमाडौं– प्रहरीको बढुवा सिफारिस समितिले
रिक्त पाँच डिआइजीका लागि एसएसपीहरूको नाम
सिफारिस गरेको छ। आज बसेको समितिको बैठकले
हेमन्त पाल, रणबहादुर चन्द, विजयराज भट्ट,
रोमिन्द्रसिंह देउजा र गोविन्द निरौलाको नाम
सिफारिस गरेको हो।
समितिको सिफारिसबारे पुनरावलोकन
समितिमा उजुरबाजुर नलागेर १५ दिनपछि बढुवा हुने
प्रहरी नियमावलीमा व्यवस्था छ।
डिआइजीको चार पद झन्डै तीन महिनादेखि रिक्त
थियो। भ्रष्टाचारको मुद्दा खेपिरहेका एक
डिआइजीलाई मन्त्रिपरिषद्ले विशेष पद
सिर्जना गरी डिआइजीको रिक्त पद पाँच
पुर्याेएको थियो।
दुई महिनापछि डिआइजीमा पुनः एक पद रिक्त हुँदैछ।
सेवा अवधिका आधारमा डिआइजी केशबहादुर
शाही अवकाश पाउँदैछन्।
No comments:
Post a Comment