Friday, 9 January 2015

‘झिग्राना'ले दिने एक लाख

काठमाडौं– तपाईं गीत गाएर एक लाख रुपैयाँ जित्न
चाहनुहुन्छ? चाहनुहुन्छ भने गला तिखार्नुस्,
गीत गाउनुस् र गाएको भिडियो सम्बन्धित ठाउँमा अपलोड
गर्नुस्। यदि तपाईंले गाएको गीत उत्कृष्ट
ठहरियो भने तपाईंले पाउनु हुनेछ एक लाख रुपैयाँ।
संगीतप्रेमीले एक लाख जित्ने
यस्तो अफर ल्याएको हो फिल्म ‘झिग्राना'ले। फिल्मले
बिहीबार राजधानीमा औपचारिक
कार्यक्रम गर्दै फिल्ममा समावेश ‘नाच न'
बोलको गीतको कभर भर्सन गाउनेमध्येबाट उत्कृष्ट
एक जनालाई एक लाख रुपैयाँ दिने घोषणा गरेको हो।
फागुन २२ देखि देशभर प्रदर्शन फिल्मको अडियो एल्बम समेत
बिहीबार सार्वजनिक गरियो। एल्बममा इमानविक्रम
शाहको संगीतमा तयार भएका ६ गीत
समेटिएको छ।
सन्तोष शाही, निभ प्रधान र पासाङ लामा मिलेर
निर्माण गरेको फिल्मलाई पासाङ लामाले निर्देशन गरेका हुन्।
अमेरिकामा फिल्म अध्ययन गरेका पासाङले फिल्म ‘झिग्राना' सस्पेन्स
थि्रलर रहेको बताए।
‘नेपालमा ज्यादाजसो फिल्म एक्सन रोमान्टिक जनरामा बन्छन्। तर
यो थि्रलर फिल्म हो,' ‘पासाङले भने, ‘दर्शकले फरक
स्वादको फिल्म हेर्न पाउनुहुनेछ।'
मुम्बईमा फिल्म निर्माण पढेर नेपाल फर्किएका निभ प्रधानले फिल्म
निर्माणका दौरान कुनै सम्झौता नगरिएको जानकारी गराए।
विषयवस्तु, कलाकार
तथा प्राविधिकको सही सन्तुलनले फिल्म
दर्शनीय बनेको उनको दावी थियो।
त्यसैगरी निर्मातामध्येका एक सन्तोष
शाहीले पनि ‘झिग्राना'लाई राम्रो बनाउन हरसम्भव
प्रयत्न गरिएको बताए।
गैरसरकारी संस्थाका सदस्यहरु दुर्गम
भेगको यात्रामा जाँदा भोग्ने रहस्यमय घटनाहरुमा आधारित
फिल्ममा हना गेस्चिवस्की, निकुन श्रेष्ठ,
मेनुका प्रधान, ज्योति कार्की,
शान्ति गिरी, अरुण
रेग्मी आदि कलाकारको अभिनय रहेको छ। पासाङ
लामाकै लेखन रहेको फिल्मलाई शैलेन्द्र
डी कार्कीले खिचेका हुन्।

No comments:

Post a Comment