Friday, 9 January 2015

नियमित सहवासका १० फाइदा

सहवासको एकमात्र फाइदा आनन्द वा मनोरञ्जन हो भन्ने
ठान्नुभएको छ भने गलत हुनुहुन्छ । सहवास केवल
आनन्दका लागि मात्र होइन
यो स्वास्थ्यका लागि समेत फाइदाजनक हुन्छ । अझ
नियमित सम्भोग त मानव स्वास्थ्यका लागि निकै
लाभदायी हुने विभिन्न अध्ययनहरुले देखाएका समेत छन् ।
सहवासले केवल निद्रा पार्ने मात्र होइन
मोटोपना घटाउन तथा तनाव क मगर्न समेत सहयोग गर्छ ।
नियमित सहवासका मुख्य फाइदा यस्ता छन्- मुटु
तथा रगत सम्बन्धि स्वास्थ्य सुधार्छ- एक अध्ययन अनुसार
हप्तामा दुइपटक भन्दा बढि सहवास गर्ने
पुरुषमा महिनामा एक पटक भन्दा कम सम्भोग गर्ने
पुरुषमा भन्दा हृदयाघात हुने जोखिम आधाले कम हुन्छ ।
रोगप्रतिरोधात्मक क्षमता बढाउँछ- नियमित सहवासले
सरीरमा प्रतिरोधात्मक क्षमता बढाउने
एन्टीबडी इम्युनोग्लोबुलिन ए (आइजीए)
को मात्रा बढाउँछ । तनाव घटाउँछ- काम
वा पारिवारिक समस्याका कारण तनावमा हुनुहुन्छ ?
तनावको असर आफ्नो यौन जिवनमा पर्न नदिनुहोस् ।
नियमित सम्भोगले उल्टै तपाइँको मूडमा सुधार गरि तनाव
कम गरिदिने मात्र होइन तनाव व्यवस्थापन गर्नसक्ने
क्षमता प्रदान गर्ने विज्ञहरुको भनाइ छ । दुखाइ कम गर्छ-
यदि टाउको दुख्यो भनेर सहवास टार्ने कोसिस गर्दै
हुनुहुन्छ भने अबदेखि यसो गर्न छाड्नुस् ।
सम्भोगका बेला सरीरमा अक्जिटोसिन नामक
हर्मोनको मात्रा ५ गुणाले बढ्छ । यो हर्मोनले
सरीरमा दुखाइ तथा पीडा कम गराउन सहयोग पूराउँछ ।
दीर्घायुका लागि सहवास-
सम्भोगको चरमउत्कर्षका बेला सरीरमा उत्पादन हुने
डिहाइड्रोइपीएन्ड्रोस्टेरोन हर्मोनले
जिउमा रोगप्रतिरोधी क्षमता बढाउनुका साथै
क्षयिकृत तन्तुहरुको पुननिर्माण गर्नुका साथै छालालाई
समेत स्वस्थ राख्न मद्दत गर्छ । एक अध्ययन अनुसार
हप्तामा कम्तीमा २ पटक चरम आनन्द प्राप्त गर्ने मानिसहरु
केवल हप्ताको एक चोटी चरम आनन्द प्राप्त गर्नेभन्दा धेरै
बाँच्ने गरेको पाइएको छ । रक्तप्रवाह बढाउँछ-
सम्भोगका बेला मुटुको गति बढ्छ, जसबाट
ताजा अक्सिजनयुक्त रगत सरीरका अंगअंग
तथा कोषहरुमा संचार हुन पाउँछ । साथै यस
क्रममा जिउमा उत्पन्न हुने विषाक्त पदार्थ तथा अन्य
हानिकारक पदार्थ निष्कासन समेत सहज हुन्छ ।
मिठो निद्रा पर्छ- निद्रा कम पर्ने
तथा गहिरो निद्रा नपर्नेहरुका लागि सहवास उपयुक्त
उपचार हुनसक्छ ।
रातको सहवासले
गहिरो तथा आरामदायी निद्रा पर्नमा सहयोग गर्छ ।
मीठो निद्रा परेपछि मानिसको स्वास्थ्य तथा मूड
समेत राम्रो बन्दछ । तन्दुरुस्तीमा वृद्धि गर्छ-
आधा घण्टाको सम्भोगका क्रममा ८०
क्यालोरी उर्जा दहन हुन्छ । वैज्ञानिकहरुले
गरेको पछिल्लो अनुसन्धानले समेत
उर्जा दहनका लागि कडा व्यायाम जत्तिकै
प्रभावकारी कार्य सहवास पनि हो ।
यसले मोटोपना घटाउन तथा सरीरका तन्तुहरुलाई स्वस्थ
रहन मद्दत गर्दछ । धैर्यवान तथा स्वस्थ बनाउँछ- सहवासले
पुरुषमा टेस्टेस्टेरोन तथा महिलामा ओस्ट्रोजेन
हर्मोनको मात्रामा वृद्धि गर्छ । टेस्टेस्टेरोन हर्मोनले
यौनक्षमतामा मात्र नभै मांशपेसीको मजबुती,
हड्डीको मजबुतीका साथै कोलेस्टेरोल क मगर्ने र मुटुलाई
स्वस्थ राख्ने काम गर्छ । टेस्टेस्टेरोन हर्मोनले
पुरुषको मानसिक स्वास्थ्यमा समेत लाभ पूराउने र
धैर्यताको सीमा बढाइदिन सहयोग गर्छ । त्यस्तै
ओस्ट्रोजेनले महिलालाई मुटुरोगबाट बचाउन सहयोग गर्छ।

No comments:

Post a Comment