Thursday, 8 January 2015

निर्देशकले यौन प्रस्ताव राखेको नायिकाको आरोप

भिडियो निर्देशक मुनाल शिशिर कोइरालाले
आफुलाई यौन प्रस्ताव राखेको आरोप सार्वजनिक
गरेकी छिन् ।
‘बिर्खेलाई चिन्छस्’ कि नायिका आयुषाले
सामाजिक सञ्जाल फेसबुक मार्फत निर्देशक
कोइरालाले गरेको प्रस्ताव सार्वजनिक
गरेपछि निर्देशक
कोइरालाको नियतमा विषयमा प्रश्न गर्नेहरु
बढेका छन् ।
निर्देशक कोइरालाले आयुशालाई तीन
महिनामा नेपालको टप नायिका बनाइदिने
आश्वासन दिनुका साथै फिलिङ्गमा सुत्नुपर्ने सर्त
राखेका थिए ।
आयुषाले फेसबुक मार्फत सार्वजनिक
गरेको स्टाटसमामा कोइरालाले के-के भनेका थिए र
आयुषाले कस्तो जवाफ दिएकी छिन् पनि स्पष्ट छ ।
पटक-पटक भएको भेटमा निर्देशक कोइरालाले आफुले धेरै
नायिकासँग काम गरेको भन्दै सुतेपछि हिट हुन समय
नलाग्ने कुरा गरेका थिए ।
आयुषालाई भेटौं भनेर कोइराला म्यासेज पठाउँथे भने
आयुषा बाहिर छु भनेर सन्देश पठाउँथिन् । निर्देशक
कोइरालाको करतुतको विषयमा आयुषाले
खुलासा गरेपछि फेसबुकमा निर्देशक कोइरालालाई
कारवाहीको दायरामा ल्याउनुपर्ने कुरा गरेका छन् ।
यस बिषयमा अनलाइनखबरसँग कुरा गर्दै निर्देशक मुनाल
घिमिरेले आफूलाई यस्तो कुरा सुन्दा अचम्म
लागेको खुलाए । मुनालले भने-‘मेनुका राइको एक
गीतको भिडियोको पारिश्रमिक दिन मैले
आयुषालाई मैतीदेवीको एक रेष्टुरेन्टमा भेटेको थिएँ

तर, बेलुकी अचानक यस्तो स्टाटस पढेपछि छक्क
परेको छु ।’
उनले फेसबुकको च्याटमा आफूले उनलाई
सम्बन्धको प्रस्ताव नराखेको भन्दै भने-‘उनलाई मैले
काम गर्ने समयमा कलाकार र निर्देशकको विच
सम्बन्धका कुराले झगडा पर्ने बताएको हुँ ।’ मुनालले
आफूले काम गरेको पारिश्रमीक कलाकारलाई धेरै समय
अड्काउनु हुँदैन भनेर बोलाएको बताए । ‘तर, यसलाई
उनले किन यसरी अनर्थ रुपमा उचालिन् वुझ्न
सकेको छैन’- मुनालले भने ।
मुनालले फेसबुकमा स्टाटस लेखेपछि आयुषाले
फेरि स्टाटस लेख्दै मुनाललाई चाहेको भए आफूले
प्रहरी र मिडिया लगेर नङ्ग्याउन सक्थे भन्दै अहिले
त्यसो नगरेको जनाएकी छिन् । अन्य यूवतीहरु
पनि यसरी नफसुन् भनेर सत्य बाहिर ल्याएको आयुषाले
फेसबुकमा लेखेकी छिन् । यस बिषयमा आयुषासँग
कुरा गर्न खोज्दा उनको फोन उठेन ।

No comments:

Post a Comment