काठमाडौं– नेपाली मेटल ब्यान्ड 'अन्डरसाइड' ले
लन्डनस्थित केम्डेन हाइस्ट्रिटमा एकल कर्न्सट गर्दैछ।
आगामी वैशाख ४ मा हुने
कन्सर्टको आयोजना लाइभनेसन इन्टरटेनमेन्ट नामक
कम्पनीले गर्दैछ।
अभिषेक केसी, विवेक तामाङ, मलिन शाक्य, विकास
भुजेल र विक्रान्त श्रेष्ठ रहेको 'अन्डरसाइड' ब्यान्ड पाँच
वर्षअघि स्थापना भएको थियो। 'मेटल
म्युजिकमा हामीले काम गर्दै जाँदा म्युजिकबारे धेरै
बुझ्ने अवसर मिल्यो। लाइभ नेसनसँग सहकार्य गर्न पाउनु
हामी प्रोत्साहित भएका छौं।
नेपाली संगीतको काम गर्ने सके
अन्तर्राष्ट्रिय स्तरसम्म काम गर्न सकिने रहेछ,'
ब्यान्डका गिटारिस्ट विक्रान्त श्रेष्ठले भने। उनको टिमले
नेपालमा अन्तर्राष्ट्रिय स्तरको साइलेन्स फेस्टिभल नामक लाइभ
मेटल म्युजिक महोत्सव सञ्चालन गरिरहेको छ।
'हाम्रा लागि यो परीक्षाको समय हो। यो कर्न्सट
उत्कृष्ट भयो भने हामीले निरन्तरता पाउनेछौं,' उनले
भने। पछिल्लो समय ब्यान्डको 'अल नोट्स अफ', 'डिस्कनेक्ट',
'प्राइड', 'पार्ट एनिमल' र 'इभोल्भिङ टु लाइफ'
गीतहरू चर्चामा छन्। हाल अन्तर्राष्ट्रिय
टुरमा व्यस्त रहेको ब्यान्डले
केही महिनामा एल्बमसमेत रिजिल गर्दैछ।
२०१५ को सुरुवातसँग अन्डरसाइडको अन्तर्राष्ट्रिय टुरसमेत सुरु
भएको छ।
'हाल बिग ६९ को मुम्बईमा हुने
कर्न्सटको तयारीमा छौं। त्यसपछि अस्ट्रेलियास्थित
सिड्नी, मेल्वर्न, पिर्थको कर्न्सट सिध्याएर
नयाँ एल्बम रिलिजसँगै राजधानीमा कन्सर्ट हुनेछ,'
श्रेष्ठले भने, 'नेपाल र भारतको म्युजिकल टुरका लागि पिसोस्कर
डटकमले हामीसँग सहकार्य गरेको छ।' हाल
कोलकोत्ता फेस्टिबलमा रहेको अन्डरसाइड ब्यान्ड त्यसलगत्तै
मुम्बई पुग्नेछ।
Sunday, 11 January 2015
नेपाली ब्यान्ड 'अन्डरसाइड'ले लन्डनमा कन्सर्ट गर्ने
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment