Monday, 5 January 2015

क्यानडाः Express Entry मा कसरी Apply गर्ने…?

टोरोन्टो । क्यानडा सरकारले आगामी २०१५
जनवरी १ देखि Express Entry प्रणाली मार्फत
बिदेशीहरुलाई यहाँको स्थायी बसोबास
भिसा (Permanent Residence Visa) प्रदान गर्दैछ
। उक्त Express Entry Program मा कुनै पनि उमेर,
व्यवशाय, शैक्षिक योग्यताको व्यक्तिले आवेदन
गर्न पाउने भएका छन् ।
क्यानडा सरकारद्धारा प्रकाशित
विवरणअनुसार यसरी Express Entry मा आवेदन
गर्दा आफ्नो योग्यताको प्रमाणपत्रहरुलाई
क्यानेडिएन मान्यताप्राप्त एजेन्सीबाट
Equivalency गराउनुपर्ने हुन्छ भने
अंग्रेजी भाषाको ज्ञान
पुष्टि गर्नका लागि IELTS (GT) समेत
गरेको हुनुपर्छ । तर शैक्षिक योग्यता यती नै हुनेपर्छ
वा IELTS मा न्यूतमन स्कोर भने तोकिएको छैन ।
Expess Entry प्रणालीमा Canada का प्रचलित
तिन immigration प्रमाणलीमध्ये एकको न्यूनतम
criteria पुगेको हुनुपर्नेछ । जस्तो कि Federal
Skilled Worker प्रणालीमा आवेदन
गर्नका लागि विगत १० बर्ष भित्रमा न्यूनतम १
बर्षको full time कामको अनुभव प्राप्त
गरेको हुनुपर्नेछ ।
त्यसैगरी अन्तिम
छनौटका लागि Comprehensive Ranking
System अन्तर्गत highest mark प्राप्त गर्नुपर्नेहुन्छ
जसलाई क्यानडा सरकारले Permanent
Residence भिसा आवेदन गर्नका लागि आवेदन
गर्नेछ । उक्त Comprehensive Ranking
System मा बढीमा १२०० अंक प्राप्त गर्न सकिने छ
जस मध्ये ६०० अंक उमेर, शैक्षिक योग्यता, भाषिक
विवरण, कामको अनुभव, आदीबाट प्राप्त गर्न
सकिनेछ भने बाँकी ६०० अंग Job Offer or
Provincial Nominee Program बाट प्राप्त गर्न
सकिनेछ ।
यदी माथि उल्लेखित न्यूनतम
criteria पुगेमा निम्न तरिकाले Express Entry
Program मा आवेदन गर्न सकिनेछ

First Step:

सबैभन्दा पहिले आफ्नो (र आफ्नो श्रीमान
वा श्रीमतीको) व्यक्तिगत विवरण
इन्टरनेटको प्रयोग गरी Online आवेदन आफाम
भर्नुपर्नेहुन्छ । उक्त फाराम
क्यानडा सरकारको वेभसाईट http://
www.cic.gc.ca मा भर्नुपर्नेहुन्छ ।
यसरी अनलाईन आवेदन फाराम
भर्दा आफ्नो भाषिक ज्ञान,
योग्यताको विवरण, कामको अनुभव,
पारिवारिक विवरण सबै भर्नुपर्नेहुन्छ ।
यसरी अनलाईन भरेको विवरण
क्यानडा सरकारी अधिकारीले परिक्षण
गरी Express Entry Pool मा राखिने छ ।
उक्त Express Entry Pool मा प्रकाशित
विवरणलाई क्यानडाका कम्पनीहरुले हेर्न
सक्नेछन् ।
त्यसैगरी आफ्नो व्यक्तिगत विवरणलाई
क्यानडाको Job Bank (http://
www.jobbank.gc.ca ) लगाएत अन्य जव वेभ
साइटमा समेत दर्ता गर्नुपर्ने हुन्छ ।

Second Step:

उक्त व्यक्तिगत
विवरणको आधारमा क्यानडाका
कम्पनीहरुले तपाईंलाई
आफ्नो कम्पनीमा रोजगारीका लागि Job
Offer दिने छन् । जुन Job offer लाई
क्यानडा सरकारको Human Resource and
Skilled Development Canada (HRSDC) ले
मान्यता प्राप्त गर्नुपर्ने हुन्छ । यसरी जव अफर
प्राप्त गरेपश्चात Comprehensive Ranking
System मा ६०० अंक पाइनेछ ।

Third Step:

व्यक्तिगत विवरण एवं Job
Offer लगाएतको विवरणको आधारमा
Express Entry Pool मा Comprehensive
Ranking System मा Maximum Mark दिइनेछ

उक्त Express Entry Pool मा बढी अंक
प्राप्त गर्ने व्यक्तिलाई क्यानडा सरकारले
Permanent Residence भिसा आवेदन
गर्नका लागि Invitation to Apply (IAT)
प्रदान गर्नेछ । उदाहरणका लागि अधिकतम
अंक प्राप्त गर्ने १०,००० व्यक्तिहरुलाई
क्यानडा सरकारले एकैचोटी Invitation to
Apply प्रदान गर्नेछ । यदी ९०० अंक प्राप्त गर्ने
व्यक्ति पहिलो नम्बरमा परेमा त्यहि
व्यक्तिलाई Invitation to Apply प्रदान
गरिनेछ ।

Fourth Step:

यसरी Invitation to Apply प्राप्त
गरेपश्चात क्यानडाको Permanent
Residence भिसा आवेदन गर्न सकिनेछ । उक्त
आवेदनलाई Canadian Visa Officer ले परिक्षण
गरी सबै विवरणहरु verify गरेपश्चात
क्यानडाको स्थायी भिसा (Permanent
Residence Visa) प्रदान गरिनेछ । उक्त
परिक्षणमा मेडिकल एवं प्रहरी रिपोर्टसमेत
हेरिनेछ ।
“प्रमूख कुरा के हो भने Express Entry मा सबै
प्रकारका occupation हरुले आवेदन गर्न पाउने छन् ।
क्यानडामा हरेक व्यबशायमा कामदारहरु माग
गरिएको भेटिन्छन् भने Job
Bank को रेकर्डबमोजिम ९०,०००
भन्दा बढी कामदारहरु माग भएको देखिन्छ ।
उदाहरणका लागि jobbank.gc.ca अनुसार २,३८६
जना Engineers को Job का लागि माग
भएको देखिन्छ,” क्यानेडिएन इम्मिग्रेशन कन्सल्टेन्ट
मिलन कार्कीले बताए ।
आवेदकहरुले Job Offer पाउने
chances का बारेमा कार्कीले बताए, “जवसम्म
आवेदन गरिन्न, तब सम्म अवसर पनि आउँदैन । Express
Entry Pool मा आफ्नो विवरण पेश गरेपश्चात एक
बर्षसम्म सो विवरण त्यहाँ रहन्छ जसलाई
हजारौं क्यानडिएन कम्पनीहरुले examine गर्न
सक्नेछन् । जसको मत्लव छनौट हुने
chances पनि त्यति नै रहन्छ ।”
Everest Immigration and Legal Services मार्फत
बिगत दश बर्षमा हजारौं नेपालीहरुलाई
क्यानडाको स्थायी भिसा दिलाउन सफल
श्री कार्कीका अनुसार आगामी २०१५
मा Express Entry मार्फत कम्तीमा ५००
नेपालीलाई
क्यानडाको स्थायी भिसा दिलाउने लक्ष्य
लिएको छ ।
Express मा जतिसुकै पनि आवेदकहरु रहन
सकेपनि क्यानडा सरकारले हरेक बर्ष २५०,०००
भन्दा बढी बिदेशीहरुलाई विभिन्न
विधामा क्यानडाको स्थायी भिसा दिने
गर्दछ । Express Entry बाट आवेदन गर्ने
व्यक्तिहरुको आवेदन ६ महिना भित्रमा complete
गरी स्थायी भिसा दिइने छ ।
क्यानडाको विभिन्न शहरमा १५,०००
भन्दा बढी नेपालीहरु स्थायीरुपमा बसोवास
गरेको आँकडा छ ।

No comments:

Post a Comment