Saturday, 10 January 2015

भूमिगत संगठनका नाममा शृंखलावद्ध अपराध

पाँचथर, पुस २६ - भूमिगत समूहका नाममा पूर्वका विभिन्न
स्थानमा सृङ्खलाबद्द आपराधिक घटना भइरहेको पुष्टि भएको छ ।
प्रहरीले विभिन्न आपराधिक घटनामा संलग्नलाई
पक्राउपछि घटना विश्लेषण गर्दै यस्तो निश्कर्ष निकालेको हो ।
प्रहरीले यस्ता खाले आपराधिक घटनामा एकै व्यक्तिहरु
संलग्न भएको पुष्टि गर्दै राजनैतिक
आवरणमा रहेका उनीहरु भूमिगत नाममा सकृय
रहेको पाइएको जनाएको हो । प्रहरीका अनुसार
उनीहरुले विभिन्न भूमिगत
पार्टीको नाममा सर्वसाधारणलाई आतंकित पार्दै आपराधिक
क्रियाकलाप गर्दै आएका हुन ।
पूर्वका ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङलगायत जिल्लामा किराँत लिम्बुवान
राष्ट्रिय परिषद्, लिम्बुवान क्रान्तिकारी पार्टी,
लिम्बुवान भूमिमुक्ति राष्ट्रिय
पार्टी नेपाललगायतको नाममा विध्वंश मच्चाइने
गरेको प्रहरी अनुसन्धानले देखाएको हो ।
जबरजस्ती चन्दा, विष्फोट, ज्यान मार्ने उद्योग,
हातहतियार खरखजानामा संलग्न भएर भूमिगत समूहको पर्चा फालेर
सर्वसाधारणलाई आतंकित पार्ने यस्तो समूह राजनैतिक
संरक्षणमा रहेको प्रहरीको दाबी छ ।
'यिनीहरु विभिन्न भूमिगत नामबाट जातीय
राज्यको माग राख्दै सहजढंगले पैसा असुल्ने र जनसाधारणलाई आतंकित
गर्ने काममा क्रियाशिल रहेको पाइयो'
पाँचथरका प्रहरी नायब उपरिक्षक -
डिएसपी) दिपक पोखरेलले कान्तिपुरसित भने, 'बाहिर
राजनैतिक संरक्षण र आवरण दिएर भूमिगतरुपले आपराधिक काम
भइरहेको छ ।'
पक्राउ परेका एउटै व्यक्ति भूमिगत
नाममा घटेका आधा दर्जनभन्दा बढी आपराधिक घटनामा संलग्न
देखिएको र निहित स्वार्थपूर्तिका लािग विभिन्न भूमिगत नाम प्रयोगमा ल्याउने
गरेको पोखरेलले दाबी गरे । घटनामा संलग्नहरु विशुद्ध
आपराधिक घटना दाहोर्याएका भए पनि बाहिर राजनैतिक र धार्मिक
आवरणमा देखिने गरेको उनको तर्क छ । एकै
समूहमा रहेका उनीहरुले घटना गराएर नयाँनयाँ भूमिगत
समूहको नाममा पर्चा छर्ने गरेको देखिएको उनले बताए ।
ताप्लेजुङका डिएसपी शान्तिराज कोइरालाले अरु
पार्टीबाट कार्वाहीमा परेर निस्किएका र
पहिले अपराधमा मुछिएका व्यक्तिहरु संलग्न भई विभिन्न
क्षेत्रमा आपराधिक गतिविधि सञ्चालन गरिरहेको बताए ।
प्रहरी सकृयतापछि यस्ता समूहको जालो केही हद्सम्म
ध्वस्त भएको भन्दै उनले अझै केही समय पर्खनु पर्ने
उल्लेख गरे । 'यो समूह नयाँ नयाँ नाममा विकट र दुर्गम क्षेत्रमा प्रभाव
फैलाएर ठगी खान लागेको देखिन्छ' उनले भने,
'प्रहरी कार्वाहीबाट भूमिगत आपराधिक
जालो कमजोर भएको छ ।'
प्रहरी अनुसन्धान र दाबी अनुसार एकैखाले
आपराधिक गिरोहको संलग्नता विभिन्न घटनामा देखिएको छ । पुस ३ गते
नेकपा-माओवादी जिल्ला समिति सदस्य मदन
गौतमको गोपेटारस्थित घरमा लुटपाट गर्ने सात जनाको समूहका ताप्लेजुङ
थेचम्बु २ का प्रकाश इजम लिम्बु र लेलेप १ का मनोज लिम्बुलाई पाँचथर
प्रहरीले गत साता फिदिमबाट पक्राउ गरेको छ । त्यस्तै,
ताप्लेजुङ इखाबु ९ का सञ्जय भन्ने नरविक्रम लिम्बु र लेलेप १ का सागर
लिम्बूलाई ताप्लेजुङ प्रहरीले हिरासतमा लिएर
डाकासहितको मुद्धामा अनुसन्धान गरिरहेको छ । ताप्लेजुङ
प्रहरी कार्यालय अगाडि विष्फोटको घटनामा मुछिएका इख्ााबु ८
का देशे लिम्बू र तेहृथुमका कुमार भन्ने डम्बरबहादुर
दर्जीलाई पक्राउ गरी मुद्धा चलाए
पनि प्रहरी खोजीसूचिमा परेका अन्य दुई
दर्जन अझै पक्राउ पर्न सकेका छैनन् ।
भूमिगत लिम्बुवानका कार्यकर्ता हौं भन्दै केही व्यक्तिले
पाँचथर भारपामा गत भदौ २२ गते साढे तीन करोड चन्दा माग्दै
कावेली कोरिडोरका तीन ठेकेदार प्रतिनिधिलाई
अपहरण गरे । उक्त घटनामा पक्राउ परेका ताप्लेजुङ तापेथोक ८ का मनिश
हेल्लोक र दर्शन लिम्बू अदालतको आदेशले अहिले
पुर्पक्षको लागि थुनामा छन् । पक्राउ पर्नु अघिसम्म भूमिगत नामको लिम्बुवान
भूमिमुक्ति राष्ट्रिय पार्टीका अध्यक्ष उनै हेल्लोक थिए ।
बहुल समाजवादी राष्ट्रिय पार्टीका ताप्लेजुङ
जिल्ला अध्यक्ष हेल्लोक भूमिगत समूहको नेतृत्व गर्दै आपराधिक
गतिविधि गर्दै आएको प्रहरी अनुसन्धानबाट खुल्यो ।
हेल्लोक पक्राउ परेपछि पुसको पहिलो साता ताप्लेजुङ सावादेनमा समिति नै
गठन गरेर हाराहाङ भन्ने देउमान लिम्बुले भूमिगत
गतिविधि सञ्चालनको नेतृत्व गर्दै आएको प्रहरीको भनाइ छ

प्रहरीले आपराधिक जालो पत्ता लगाएर संलग्नलाई पक्राउ
गर्न थालेपछि हाराहाङ प्रहरीलाई छलेर भागेर
हिंडिरहेका छन् । इलाम माङ्सेबुङस्थित किराँत धर्मगुरु आत्मानन्द
लिङदेनको धर्ममा लागेका हाराहाङ तीन वटा पेस्तोल बोकेर
हिंड्ने गरेको अनुसन्धानमा संलग्न प्रहरी नायब निरिक्षक
जेबी लिम्बूले बताए । स्रोतका अनुसार मंसिर १ गते
हाराहाङकै नेतृत्वको समूहले थेचम्बु ६ र ७ मा पर्ने
सिवानी हाइड्रोपावर कम्पनीका सञ्चालकलाई
साढे तीन करोड चन्दा नदिए कार्वाही गर्ने
धम्की दिएको थियो ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ अगाडि कात्तिक १६ गते
दिउँसो प्रेसर कुकर बम पड्किएको थियो । उक्त घटनामा हाराहाङ र मनोज
लिम्बूसहितको संलग्नता प्रहरीले पुष्टि गरेको छ ।
घटनामा मनोजसहित इखाबु ८ का देशे लिम्बू, ९ का सञ्जय तवेवुङ लिम्बू र
तेहृथुमका कुमार भन्ने डम्बरबहादुर दर्जीलाई पक्राउ
गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।
ताप्लेजुङ लिङ्खिम ४ मा मनोज र हाराहाङकै समूहले बन्दुक लिन
जाँदा नभेटेपछि केही स्थानीयबाट एक मन
अलैंची र पैसा लुटेर
हिंडेको प्रहरीको दाबी छ । गोपेटार लुटपाट
घटनामा संलग्न टोलीले नै मंसिर ७ गते थेचम्बु १ स्थित
धर्मेन्द्र पौडेलकोबाट भरुवा बन्दुक र
खकुरी लगेेको प्रहरीको आशंका छ ।
मंसिर २८ गते हाराहाङकै
नेतृत्वमा इलाका प्रहरी कार्यालय दमक अगाडि प्रेसर कुकर
बम राखिएको प्रहरीले दाबी गर्यो । ताप्लेजुङ
बमकाण्डमा संलग्न भएको भन्दै पक्राउ परेका सञ्जय भन्ने नरविक्रम
लिम्बू र सागर लिम्बूको बयानको आधारमा प्रहरीले कात्तिक
१७ गते फुरुम्बु ७ स्थित
अलैंची बारीमा ओढारबाट तीन
थान टुकी बम र
फौजी फुलीसहित पोशाक बरामद्
गरेपछि प्रहरीले थप रहस्य पुष्टि गरेको छ ।
यो समूहले पूर्वाञ्चलका धेरै स्थानमा दर्जन
बढी घटना गराएको पुष्टि भएको भन्दै
पाँचथरका डिएसपी पोखरेलले सबै प्रमाणहरुले
तथ्यको नजिक पुगेको दाबी गरे ।
पूर्वमा भएका यस्ता गतिविधि यो समूहसँगै समाप्त हुने
दाबी उनले गरे ।
पूर्वाञ्चल क्षेत्रीय कार्यालयका क्षेत्रीय
प्रशासक डा.अन्नपूर्ण दासले भूमिगत समूहको नाममा पूर्वका विभिन्न
ठाउँमा आपराधिक क्रियाकलाप बढ्न
थालेपछि पूर्वाञ्चलको प्रहरी/
प्रशासनको समन्वयमा विशेष निगरानी र सर्च अभियान
बढाएको बताए ।
'हामी यस्ता घटनाको मसिनो गरी अनुसन्धान
गरिरहेका छौं' उनले भने, 'संक्रमणकालीन
अवस्थाको फाइदा उठाउन खोज्ने त्यस्ता समूहको प्रहरी/
प्रशासनको सकृयताबाट भागाभागको स्थिति बनेको छ । बद्मासलाई चलमल गर्न
नसक्ने बनाउने ल्याकत् सरकारसित छ ।'
पूर्वी क्षेत्रमा लिम्बुवानको नाम जोडेर आपराधिक भूमिगत
समूह सकृय हुने गरेको उनको दाबी छ ।
टुंगो नभइ 'राज्य' प्रचार
पाँचथर -संविधान निर्माण प्रक्रिया चलिरहेको अवस्थामा फिदिम नगरपालिकाले
सदरमुकाम प्रवेशद्वारमा 'लिम्बुवान राज्य स्वागत गर्दछ' भनेर लेखाएको छ

नगरपालिकाले 'लिम्बुवान गेट संरक्षण समिति'को नाममा ५० हजार रुपैंया दिएर
मुख्य लाइनको प्रवेशद्वारमा यस्तो लेखाएको हो ।
संघीयताको टुंगो नलाग्दै नगरपालिका क्षेत्रको मुख्य
प्रवेशद्वारमा 'लिम्बुवान राज्य' लेखेपछि सर्वसाधारण
आश्चर्यमा परेका हुन ।
प्रवेशद्वारको दुवैपटि्टको भागमा अंग्रेजी,
नेपाली र लिम्बू भाषामा ठूलो अक्षरमा लिम्बुवान उल्लेख छ ।
एकापटि्ट 'लिम्बुवान राज्य स्वागत गर्दछ' र अर्काे भागमा 'लिम्बुवान थुम
स्वागत गर्दछ' लेखिएको छ ।
कांग्रेस जिल्ला सदस्य डिकेन्द्र चेम्जोङले
संघीयताको टुंगो नलागी नै
नगरपालिकाको खर्चमा 'लिम्बुवान राज्य' लेखिनु लाजमर्दाे र आश्चर्यजनक
भएको कान्तिपुरलाई बताए । स्थानीय शान्ति समिति संयोजक
बालकृष्ण काफ्लेले संघीयता र राज्य
पुनर्संरचनामा सहमती नै नभई
जबरजस्ती गर्दा स्थानीय प्रशासनले
हस्तक्षेप नगरेकोमा आश्चर्य व्यक्त गर्दै स्थानीय
दलहरुको सहमतीमा शान्ति गेट वा सबैलाई
स्वीकार्य हुने नाम राख्न सकिने सुझाव दिए । 'तर लिम्बुवान
राज्य भनेर लेख्न कसैको सहमती खोजिएन' उनले भने ।
नगरपालिकाका कार्यकारी अधिकृत काजीमान राईले
प्रवेशद्वार जीर्ण बन्दै गएकोले मर्मतसम्भार
गरी रंगरोगन गर्न दिइएको बताए । पाँचथर उद्योग वाणिज्य
संघ अध्यक्ष मित्रप्रसाद काफ्लेको अनुरोधमा प्रजिअ प्रदिपराज
कँडेलको स्वीकृति लिएर प्रवेशद्वार रंगाउन लगाइएको उनले
दाबी गरे ।
प्रजिअ कँडेलले भने राईले आफूलाई फोनबाट सोधेको भन्दै आफूले 'लिम्बुवान
राज्य' लेख्न अनुमती नदिएको बताए ।
विगतदेखि सार्वजनिक स्थान, शैक्षिक संस्था, सार्वजनिक
सवारी साधनलगायतमा आन्दोलनकोरुपमा 'लिम्बुवान राज्य'
लेख्दै आएको संघीय लिम्बुवान
पार्टीका जिल्ला सचिव कमलराज नेम्बाङले भने
आफूआफूबीच रकम उठाएर
प्रवेशद्वारको जीर्णोद्वार गरिएको दाबी गरे ।
तत्कालीन राजा विरेन्द्र शाहको आगमन
अवसरमा पञ्चायतकालमा निर्माण गरिएको प्रवेशद्वारमा छ
वर्षअघि लिम्बुवानका कार्यकर्ताले रंगरोगन गरी 'लिम्बुवान
राज्य' लेखेका थिए ।

No comments:

Post a Comment