Saturday, 3 January 2015

मोबाइलबाट फेसबुक चलाउनुहुन्छ ? होशियार तपाईको कुराकानी गोप्य हुन्न .. बुझी राखौ.....

साइबर सुरक्षा सम्बन्धी काम गर्ने क्यास्प्रेस्काईले
सामाजिक सञ्जालको चर्चित कम्पनी फेसबुकले
एन्ड्रोइडमा फेसबुक चलाउनेहरूको एसएमएस र गोप्य
सूचनाहरू पढ्ने गरेको बताएको छ ।
क्यास्प्रेस्काईले एक
रिपोर्टमा पछिल्ला दिनमा फेसबुकले
आफ्नो एण्ड्रोइडमा फेसबुक एप्लिकेशन
चलाउनेहरूको एसएमएस सूचनाहरू पढ्ने गरेको बताएका छन्

फेसबुकको एप्लिकेशनको नयाँ अपडेटको साथमा फेसबुकले
उक्त सुविधा समेत ल्याएको बताइएको छ । यसले फेसबुक
प्रयोगकर्तामा चिन्ता बढेको छ । यस
बारेमा फेसबुकले भने कुनै प्रतिक्रिया दिएको छैन् ।
अमेरिकी जासुसी कार्यक्रमलाई सार्वजनिक गर्ने
एडवर्ड स्नोडेनले अमेरिकी राष्ट्रीय
सुरक्षा एजेन्सीलाई विश्व
स्तरमा जासुसी गर्नेका लागि मद्धत
गर्नका लागि फेसबुकले पनि सहयोग गरेको आरोप
स्नोडेनले लगाएका थिए । उक्त आरोपको भने फेसबुकले
खण्डन गरेको थियो ।
एण्ड्रोइड फोनमा फेसबुक एप्लिकेशन इन्टल गर्दा कुनै
कुनै कुराहरू भर्न आग्रह गर्छ र त्यसको अपडेटेड भर्जनले
प्रयोगकर्ताको 'प्रयोगकर्ताको एसएमएस र एसएमएस
पढ्ने अनुमति समेत माग्ने गर्छ ।

No comments:

Post a Comment