Wednesday, 7 January 2015

दुर्घटनाग्रस्त एअर एसिया विमानको पुच्छर फेला पर्यो

काठमाडौं, पौष २३ । एअर एसियाको दुर्घटनाग्रस्त विमान ‘क्यूजेड
८५०१’ को पुच्छर फेला परेको छ । पुच्छर फेला परेसँगै ‘ब्ल्याक
बक्स’ र ‘फ्लाइट डाटा’ रेकर्डरका आधारमा अब दुर्घटनाबारे
पत्ता लाग्ने इन्डोनेसियाली खोज एवं उद्दार
केन्द्रका प्रमुख बाङबाङ सोइविस्तयोले बताएका छन् ।
खोजीमा जुटेको टोलीले जाभा समुन्द्र
भित्रबाट हालसम्म ४६ ओटा शव फेला पारेका छन् । ३० मिटर
पानीभित्र विमानको पुच्छर
फेला पारेको सोइबिस्तयोको भनाइ छ ।
उडान भर्ने अनुमति नै नभएको उक्त बिमान इन्डोनेसियाको सुराबायाबाट
सिंगापुर उड्दा जाभा समुद्रमा खसेर दुर्घटना भएको थियो ।
विमानमा चालक दलका सदस्यसहित १ सय ६२ यात्रु सवार थिए ।

No comments:

Post a Comment