ढाका (एजेन्सी), पुस २२ -
बंगलादेशमा विपक्षी दलमाथि प्रतिबन्धपछि सोमबार
राजधानीमा व्यापक आन्दोलन सुरु भएको छ । आन्दोलनकै
क्रममा सोमबार
कम्तीमा पनि दुईजना प्रदर्शनकारी मारिए ।
सत्तारूढ र आन्दोलनरत
उत्रेको विपक्षी दलका कार्यकर्ताबीच
उत्तरी नगर नातोरमा झडप
हुँदा ती मारिएका हुन् ।
प्रदर्शनकारीको हत्याको विषयलाई लिएर सोमबार ढाका निकै
तनावग्रस्त भयो ।
बंगलादेशमा गत वर्ष भएको आमनिर्वाचनको वर्षगाँठ
पारी विपक्षी दलले आन्दोलन सुरु गरेको हो ।
निर्वाच्ान विपक्षीले वहिष्कार गरेका थिए ।
आइतबारदेखि नै उत्पन्न तनावका कारण प्रहरीले
राजधानीमा विरोधमा प्रतिबन्ध लगाएको थियो । प्रमुख
प्रतिपक्षी नेता खालेदा जियालाई उनकै
कार्यालयमा आइतबारदेखि नजरबन्द राखिएको छ ।
जियाको दल बंगलादेश नेसनालिस्ट पार्टी -
बीएनपी) ले आमप्रदर्शन गर्ने
चेतावनी दिएपछि प्रहरीले
विपक्षीका कार्यक्रमहरूप्रति नै व्यापक धरपकड
गरेको थियो । सत्ताधारी दलले
पनि विपक्षीहरूको प्रतिकार स्वरूप सभा आयोजना गर्ने
घोषणा गरेपछि प्रहरीले
राजधानीमा हिंसा हुन नदिन आइतबार साँझ ५
बजेदेखि विरोधका कार्यक्रम हुन नदिने बताएको हो ।
नातोरका एकजना प्रहरी अधिकारीले
सत्ताधारी अवामी लिगकै कार्यकर्ताले
चलाएको गोली लागी दुईजनाको ज्यान गएको र
त्यसमा परी अरू कम्तीमा १५
जना गम्भीर घाइते भएको बताएका छन् ।
सत्ताधारी दल नै विभिन्न्ा दस्तासहित सडक
संघर्षमा ओर्लिएका कारण आन्दोलन थप चर्किने र यसले
तनावको अवस्था पनि सिर्जना गर्न
सक्नेप्रति ढाकाबासीमा चिन्ता छाएको छ ।
ढाकामा सोमबार सत्तारूढ र
विपक्षी दलका कार्यकर्ताबीच
Tuesday, 6 January 2015
बंगलादेशमा आन्दोलन चर्कियो, २ को मृत्य
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment