बेट्सी डाक्टरकोमा 'सेकेन्ड ओपिनियन' लिन छैठौंपटक
गएकी थिइन् । मुटुको धड्कन बढेपछि र तनाव
ज्यादा भएपछि वर्षभरि नै उनले पाँच चिकित्सकलाई
भेटिसकेकी थिइन् ।
गहन परीक्षणपछि उनलाई
अन्ततः एन्जाइटी डिसअर्डरको मनोपरामर्शका लागि पठाइयो ।
डा. मार्टिनले उनको विगत सावधानीपूर्ण तरिकाले
सुने । बेट्सीले इफ्राेड्राइन रसायनयुक्त तौल घटाउने
औषधिको ज्यादा सेवन गरेकी रहिछन् ।
(उनीहरूको नाम गोपनीयता भंग नहोस् भनेर मैले
बदलिदिएको छु ।)
उनले त्यो खान छाडेपछि उनमा देखिएको लक्षण
पनि रोकियो । डाक्टरलाई यो कुरा पहिले नै उनले
किन भनिनन् त ?
'सोधे पो भन्नु त ?' उनी भन्छिन् ।
के समस्या छ भनेर सोधुन्जेली त डाक्टरहरू उनलाई
परीक्षणका लागि पठाइसक्थे ।
बेट्सीको मामिला सौभाग्यशाली थियो ।
फितलो कुराकानीको परिणाम त अक्सर निकै
नराम्रो हुने गर्छ । स्वास्थ्य सेवाप्रदायक संस्थाहरूलाई
सम्बन्धन दिने गैरनाफायुक्त संयुक्त
आयोगको पुनरावलोकन प्रतिवेदनले
कुराकानीको असफलता (सेवाप्रदायकको प्राविधिक
सीपको कमीका कारण होइन) अस्पतालहरूमा हुने
गम्भीर स्वास्थ्य परिणामको ७० प्रतिशत कारण
भएको देखाएको छ ।
व्याख्या गर्ने, सुन्ने र सहानुभूति दिने
डाक्टरको क्षमताले
बिरामीको उपचारमा ठूलो प्रभाव पार्छ ।
यद्यपि अर्काे एक
सर्वेक्षणले देखाएको छ, प्रत्येक तीनमध्ये दुई बिरामी
अस्पतालबाट रोगको निदान के भएको भन्ने
पनि थाहा नपाई 'डिस्चार्ज' हुन्छन् ।
अझै अर्काे अध्ययनले के देखाएको छ भने ६० प्रतिशत
मामिलामा बिरामीले डाक्टरलाई भेटेर
फर्किएपछि निर्देशनहरूलाई गलत रूपले बुझ्ने गरेका छन् ।
औसतमा चिकित्सकहरू बिरामीको लक्षण सुन्ने काम
बिथोल्नु अघि १८ सेकेन्डसम्म कुर्दा रहेछन् । प्रस्टै छ,
हामीलाई धेरै अघि जानु छ ।
बिरामीसँग डाक्टरको कुराकानीलाई सुधार्न तीन
वर्षअघि मेरा सहकर्मी र मैले
हरिसवर्गमा एउटा कार्यक्रमको ढाँचा तयार
पारेका थियौं ।
नगरको यो ठूलो अस्पतालको प्रणालीले ५० हजार
जनसंख्याको सहर र महानगरको छिमेकी इलाकाका ५५
हजारभन्दा बढी वासिन्दालाई सेवा दिन्छ ।
अस्पतालले खास किसिमका चुनौतीहरू
सामना गरिरहेको छ । सहरको गरिबी दर उच्च छ । -
नगरको गरिबी ३२ प्रतिशत छ,
जबकि औसतमा राज्यको गरिबी १३ प्रतिशतमात्रै
हो ।)
अनि महानगरीय इलाकामा बच्चाहरू
अति मोटोपनको सिकार छन् । समग्रमा हरिसवर्ग
इलाकाका हरेक तेस्रो मानिस विमाहीन छन् ।
जबकि पेन्सिल्भानियामा हरेक दसमा एकजना मात्रै
विमा नगरेको मान्छे छन् ।
हामी डाक्टरहरू हाम्रा बिरामीसँग कसरी कुरा गछौर्ं
भन्ने आधारभूत मूल्याङनका साथ
हाम्रो परियोजना सुरु भयो । अवलोकनले के
खुलासा गरिदियो भने चिकित्सकहरू चार मानिससँग
कुरा गर्दा एकपटक मात्रै आफ्नो परिचय दिने गर्छन् ।
बिना परिचय बिरामीले आफ्नो चिकित्सकलाई
सही ढंगले चिन्ने मौका २५ प्रतिशतमात्रै पाउने
कुरा आश्चर्यजनक थिएन ।
प्रश्न गर्ने सीमित अवसरका साथ
चिकित्सकसँगको संक्षिप्त जम्काभेट सामान्य
कुरा थियो । बिरामीप्रति सहानुभूतिको कमी प्रस्ट
देखिन्थ्यो । जस्तो कि एकपटक
एकजना बिरामी आफ्नो पि्रयतम बितेको प्रसंग
निकालेर रोइरहेको थियो । डाक्टरले उनलाई प्रश्न गरे,
'अहिले तपाईंको पेट दुखाइ कस्तो छ ?' हामीले
चिकित्सक तालिम कार्यक्रम चलायौं ।
तालिममा कलाकारलाई बिरामीको भूमिका गर्न
लगाएर ऊसँग अन्तर्वार्ता र सोधपुछ गर्न लगाइन्थ्यो ।
यो विधि प्रयोग गरी २ सय ५० चिकित्सकलाई
तालिम दिइयो । हामीले
चिकित्सकको प्रशिक्षकलाई
सक्कली बिरामीसँगको अन्तर्वार्तामा बस्ने
व्यवस्था पनि मिलायौं र
त्यसको प्रतिक्रिया पनि माग्यौं । त्यसपछिका दुई
वर्षमा मानक प्रश्नावली भर्न लगाएर
डाक्टरप्रति बिरामीको सन्तुष्टिलाई
नाप्दा राष्ट्रिय तहमा अस्पतालको अनुमानित अंक
चालीस प्रतिशतले बढ्यो । धेरै अध्ययनहरूले
बिरामीको उच्च सन्तुष्टि र उत्तम स्वास्थ्य
परिणामबीच अन्तरसम्बन्ध भएको देखाएका छन् । दि न्यु
इङल्यान्ड मेडिकल जर्नलमा प्रकाशित
एउटा अध्ययनमा हार्वर्डको स्वास्थ्य
नीति अनुसन्धाताहरूले भनेका छन्, 'बिरामीको उच्च
सन्तुष्टि हृदयाघात, निमोनियाजस्ता धेरै
रोगहरूमा भएको सुधारसँग जोडिएको हुन्छ ।'
सन् १९९९ मा अमेरिकन बोर्ड अफ मेडिकल स्पेसलिष्टले
चिकित्सकको मुख्य योग्यतामा अरुसँग खुलेर कुरा गर्ने
कलालाई पनि समावेश गरेपछि यसबारे
चिकित्सकहरूलाई तालिम दिन आवश्यक
ठानिएको हो ।
यद्यपि मेडिकल स्कुल र आवासीय कार्यक्रमहरूले
त्यतिखेर यी कलाहरूका बारेमा विद्यार्थीलाई
तालिम दिने र तिनको परीक्षण गर्ने
कामचाहिँं गथ्र्यो । तर तालिम
सकेपछि चिकित्सकको मूल्यांकन उनीहरू कहिल्यै गर्दैनथे
। सन् १९९० अघिका डाक्टरहरू त विरलै, सायद कहिल्यै
परिक्षित थिएनन् । मेरा धेरै सहकर्मीहरूले
हाम्रोजस्तो यो विधिलाई आफ्नो चिकित्सकीय
अभ्यासमा दिक्कलाग्दो ठानेको मैले महसुस गरेको छु ।
यसो गर्नका लागि आफूसँग समय छैन भन्न पनि सक्छन्,
उनीहरू । तर हामीलाई सामाजिकपन र कुरा गर्ने उत्तम
कला डाक्टरका लागि थप विकल्प हुन् भन्ने
मान्यताबाट अघि बढ्नुपरेको छ । असल बोली-व्यवहार
सामान्यतया असल औषधि हो । एकजना लगनशील
मधुमेहकी विशेषज्ञले मलाई सुनाएको
कुरा प्रेरणादायी छ । समस्या जटिल भएपछि धेरै
अस्पालहरूमा भर्ना भइसक्दा पनि किन
औषधि नखाएको भनेर उनले बिरामीलाई सोधिछन् ।
'म अब यसलाई निरन्तरता दिन्न', बिरामीले
गहभरि आँसु पार्दै भनेछ, 'मैले आशा मारेंँ ।'
उनी आफ्नो हात बिरामीको काँधमा राखेर सँगै
बसिछन् । केही बेरपछि भनिछन्, 'तिमीसँग अझै
पनि धडकरहेको मुटु छ, अनि हिँड्न सक्ने खुट्टा छ । मेरा धेरै
बिरामीसँग यो सुविधा छैन ।'
पाँच वर्षपछि यो घटनालाई सम्झिंदै आफूलाई
प्रेरणा दिएर हेरचाह गरेको जश बिरामीले उनलाई
दियो । यो पुरै कुराकानी पाँच मिनेटभन्दा पनि कम
समयमा भएको थियो ।
जोशी पिनाकल स्वास्थ्य व्यवस्थाका प्रमुख मेडिकल
अफिसर हुन् ।
Friday, 9 January 2015
किन चिकित्सक बिरामीको कुरा सुन्दैनन् ?
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment