संखुवासभा : गत वर्षसम्म खासै भाउ नपाएको रुद्राक्ष
हिजोआज उच्च मूल्यमा बिक्री हुन थालेको छ।
बढी
मात्रामा फल्ने चार, पाँच र ६ मुखे रुद्राक्ष बिक्री हुन
थालेपछि संखुवासभा र भोजपुरका गाविसहरूमा नौ
करोडसम्मको कारोबार भएको छ।
लगाएको खेतीले वर्ष दिन खान धौधौ हुने
परिवारको जीवनस्तर पनि रुद्राक्षले फेरिदिएको छ।
बारीमै कुहिएर जाने रुद्राक्ष
बिक्री भएपछि यो वर्ष
एउटै परिवारले पाँच लाखदेखि ३० लाख रुपैयाँसम्म
आम्दानी गरेका छन्।
वाना, स्याबुन, बाह्रबिसे, धुपु, सितलपाटी,
भोजपुरको नेपालेडाँडा, षडानन्द नगरपालिकाका
गाउँमा यस वर्षमात्र ५० करोडभन्दा बढीको रुद्राक्ष
बिक्री भएको व्यापारीको भनाइ छ।
स्याबुन ९ का उत्तम दाहालले आफूले पाँच करोडभन्दा
बढीको रुद्राक्ष खरिद गरेको र एक परिवारलाई ४०
लाख सम्म रकम बुझाएको बताए।
'रुद्राक्षको आम्दानीबाट व्यक्ति, परिवार र गाउँकै
जीवनस्तर मात्र हैन,
जीवनशैली नै परिवर्तन भयो', उनले
भने। राम्रो खान, लगाउन नपाउनेले मिठो र राम्रो
लगाउन मात्र नभई देशविदेश सम्म भ्रमण गरेर नयाँ
जीवनको सुरुवात गर्यो यो आम्दानीले।
जिल्लावासीको मुख्य आम्दानीका रूपमा रुद्राक्ष
मानिएको छ। यो वर्षदेखि चिनियाँ व्यापारीले
खाँदबारी र कृषकको घरघरमा गएर चार, पाँच र ६ मुखे
रुद्राक्ष खरिद गरे।
बारीमै कुहिएर जाने रुद्राक्ष बिक्री भएपछि
यो वर्ष एउटै परिवारले पाँच लाखदेखि ३०
लाख रुपैयाँसम्म आम्दानी गरेका छन्।
बिक्री नहुने रुद्राक्ष यो वर्ष अनुमान
गरेभन्दा बढी
मूल्यमा बिक्री भएपछि कृषकले मनग्य आम्दानी
लिएका छन्। वाना-९ होक्सेका काजी तामाङले
भने, 'रुद्राक्ष ठूलो मुख भएको मात्र बिक्री हुने गर्थ्यो।
यो वर्ष भने अरू पनि बिक्री भएपछि राम्रो
आम्दानी भयो।' उनले आफ्नो परिवारले १०
लाखभन्दा बढी आम्दानी गरेको बताए।
कम मेहनतमा बढी आम्दानी हुन
थालेपछि गाउँलेहरूले
खेतीयोग्य जमिन मासेर रुद्राक्षको बिरुवा लगाउन
थालेका छन्। जीवनस्तर उकास्ने र आर्थिक हैसियत
ह्वात्तै बढाउने मुख्य माध्यम रुद्राक्ष नै भएको छ।
महँगी पनि बढ्यो
रुद्राक्ष बिक्रीसँगै जिल्लामा महँगी बढेको छ।
प्रशस्त
आम्दानीका कारण होटेलमा खाने, राम्रो लजमा
सुत्ने, मिठो खाने चलन बढेको छ। दुई वर्षअघिसम्म भने
जिल्लावासीले होटेलमा खानाको रकम तिरेपछि
सुत्न नि:शुल्क माग्ने गर्थे।
रुद्राक्ष खरिदमै ५० करोड बढी रकम वितरण गरेको
व्यापारी जय राईले बताए। न्यून आयस्तर भएकाहरूले
समेत लाखभन्दा बढी आम्दानी गरेको उनले बताए।
यो
व्यवसाय अन्य व्यवसायभन्दा फरक प्रकृतिको भएकाले
कानुनी बन्धनमा रहेको पाइँदैन।
राष्ट्रिय वाणिज्य बैंक खाँदबारी शाखा र दिङ्ला
शाखाबाट गरी असोजयता ८५ करोडभन्दा बढी रकम
रुद्राक्ष किसानलाई भुक्तानी भइसकेको छ। रकम
बैंकमा फिर्ता नआएको र गाउँगाउँमा छरिएको बैंकर
बताउँछन्।
हिन्दु धर्मालम्बीले प्रयोग गर्ने रुद्राक्ष
चीनमा
बिक्री हुन थाले पछि दिनानु दिन माग बढ्न थालेको
छ। धार्मिक आस्थाका आधारमा खरिद गर्ने ग्राहकले
ठूला मुख भएका रुद्राक्ष खोज्छन्। यस्ता रुद्राक्ष कम
पाइन्छन्।
चिनियाँ व्यापारीले भने रुद्राक्ष आकार र
बनावटका आधारमा सजावटका लागि प्रयोग गर्न
थाले पछि जिल्लावासीले आम्दानी लिन थालेका
हुन्।
संखुवासभाका १२ भन्दा बढी गाविस र चैनपुर तथा
खाँदबारी नगरपालिकामा रुद्राक्ष उत्पादन हुने
गरेको छ। भोजपुरको अरुण उपत्यकाअन्तर्गत पर्ने नौ
गाविसमा रुद्राक्ष उत्पादन हुने गरेको छ ।
Saturday, 10 January 2015
रुद्राक्ष आम्दानीले परिवर्तन भयो जीवनस्तर.....
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment