बुढा पाकाहरुले
जीवनका बारेमा भनेका कतिपय
कुराहरु बैज्ञानिक छन् । तर
पछिल्लो समयमा मानिसहरु बुढा पाकाले
भनेका जीवन सम्बन्धी महत्वपूर्ण
कुराहरुलाई वास्ता नै
गर्दैनन् ।
यहाँ त्यस्तै मान्यताको चर्चा गरिएको छ जुन
विहानमा उठ्ने वित्तिकै गर्नु निक्कै अशुभ मानिन्छ ।
विहान उठने वित्तिकै गर्नै नहुने ५ कामः
१ सहवास नगर्नुस्
विहान उठ्ने वित्तिकै सहवास गर्नु राम्रो मानिँदैन ।
विहानको सहवासमा शरीरमा जम्मा भएको सकारात्मक
उर्जा नष्ट हुने र नकारात्मक उर्जा भरिने शास्त्रीय
मान्यता छ । सके सम्म विहानमा सम्भोग गर्नु हुँदैन ।
२ ऐना नहेर्नुस्
विहान उठ्ने वित्तिकै मानिस अल्छी हुन्छ । र
मानिसको अनुहारमा आलस्य झल्किन्छ । विहान उठ्ने
वित्तिकै ऐना हेर्दा त्यो आलस्यको मुद्राले
दिनभरी नकारात्मक प्रभाव पार्छ । त्यसकारण उठ्ने
वित्तिकै ऐना हेर्ने बानी छ भने आजै
देखि छोडिदिनुस् । ऐना हेर्नु भन्दा पहिले
हत्केला हेर्नुस् ।
३ बाँदरको नाम नलिनुस्
विहान उठेर बाँदरको नाम नलिन सुझाव दिन्छन्
शास्त्रका ज्ञाताहरु । विहानै बाँदरको नाम
लिँदा दिनमा खाना खान मसस्या हुने
उनीहरुको भनाइ छ । विहानमा बाँदरको नाम सके
सम्म उच्चारण नै नगर्नुस्
४ तेलको भाँडो र सियो धागो नहेर्नुस्
विहान उठ्ने वित्तिकै तेल
राखेको भाँडो वा सियो धागो प्रयोग नगर्नुस् ।
यी २ बस्तु उठ्ने वित्तिकै हेर्न नहुने
शास्त्रीय
मान्यता छ । यस्ता सामान राख्दा विहान उठ्ने
वित्तिकै नदेखिने ठाउँमा राख्नु बुद्धीमानी हुन्छ् ।
५ घर फोहोर नराख्नुस्
उठ्ने वित्तिकै फोहोर सफा गरिहाल्नुस् ।
विहानको समयमा घरमा लक्ष्मी प्रवेश गर्ने समय
मानिन्छ । विहान उठ्ने वित्तिकै घर सफा गर्नु सबै
भन्दा उत्तम मानिन्छ । सके सम्म यस्तो सफाइ
घरका महिलाले गरेको राम्रो भनिएको छ ।
No comments:
Post a Comment