री—मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले आज
आह्वान गरेको पूर्वाञ्चल बन्दले जनजीवन प्रभावित
भएको छ। बन्दको प्रभाव पूर्वाञ्चलको मेची, कोशी र
सगरमाथा तीनवटै अञ्चलमा परेको छ।
बन्दका कारण पूर्व–पश्चिम, कोसी राजमार्ग र सहायक
राजमार्गमा चल्ने सवारी साधन चलेका छैनन्।
सडकमा मोटरसाइकल भने चलेका छन्।
सार्वजनिक सवारीका साधन नचल्दा सर्वसाधारण
मारमा परेका छन्। एम्बुलेन्स, शववाहन, कुटनीतिक
नियोगका सवारी साधन निर्वाध रुपमा चलेका छन्।
पूर्वका प्रमुख बजार बिराटनगर, इटहरी, धरान,
दमकमा पसल, कलकारखाना र शैक्षिक संस्था ठप्प
हुदाँ सर्वसाधारण सास्ती भोग्न बाध्य भएका छन्।
ग्रामीण क्षेत्रका पसल भने खुलेका छन्।
निजी प्लस टु तथा विद्यालयमा अहिले
दोस्रो त्रैमासिक परीक्षा सञ्चालन भइरहेकोमा बन्दले
परीक्षा पनि प्रभावित भएको छ।
बन्दको पूर्वसन्ध्यामा हिजो साँझ
माओवादी कार्यकर्ताले विभिन्न शहरहरुमा मसाल जुलुस
निकालेका थिए ।
संविधानसभाको विघटन र अधिकार सम्पन्न सर्वपक्षीय
राजनीतिक सभाको गठनको माग राखेर वैद्य
नेतृत्वको माओवादीले आज पूर्वका मिथिला,
कोचिला, किरात र लिम्बुवान बन्द आह्वान गरेको हो।
माओवादीले पूर्वबाट क्षेत्रीय रुपमा बन्द आह्वान
गरेको हो। श्रृख्लाबद्ध रुपमा २९ गतेसम्म बन्द आह्वान
गरिएको केन्द्रीय सदस्य शारदा पोखरेलले
नागरिकन्युजलाई बताइन्।
Friday, 9 January 2015
पूर्वको जनजीवन ठप्प, पूर्वराजाद्वारा बन्दको अवज्ञा
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment