Saturday, 31 January 2015

अब विज्ञान,गणित र अंग्रेजी पढाउन लाइसेन्स नचाहिने...

काठमाडौं,माघ १८ – विद्यालय
तहमा विज्ञान ,अंग्रेजी,गणितलगायत प्राविधिक
विषय पढाउन शिक्षण अनुमतिपत्र (लाइसेन्स) नचाहिने भएको छ ।
लाइसेन्स अनिवार्य गरिएका कारण
यी विषयमा शिक्षक अभाव
हुँदा पढाइमा बाधा उत्पन्न
भएको गुनासा आएपछि मन्त्रालयले लाइसेन्स लिनैपर्ने
व्यवस्था हटाएको हो । शिक्षा मन्त्रालयले
केही दिनअघि यस्ता विषय पढाउन चाहने
व्यक्तिलाई पाँच वर्ष म्याद राखेर
अस्थायी अनुमतिपत्र दिने निर्णय गरेको हो ।
शिक्षा नियमावलीमा विद्यालय
तहमा स्थायी तथा अस्थायी शिक्षक भएर
पढाउन
चाहनेले पनि अनिवार्य रुपमा लाइसेन्स लिनुपर्ने
व्यवस्था छ । मन्त्रालयका प्रवक्ता हरि लम्सालले
भने,‘शिक्षा नियमावलीले जे भने
पनि अहिलेका लागि केही विषयमा स्थायी शिक्षण
लाइसेन्सबिना नै पढाउन दिने निर्णय गरिएको छ ।
यो निर्णयपछि शिक्षक अभाव हुने र अन्तिम
परीक्षामा विद्यार्थी अनुत्तीर्ण
हुने
समस्या समाधान हुने अपेक्षा मन्त्रालयको छ ।’
अहिले लाइसेन्स भएका शिक्षकले
विज्ञान,गणित,अंग्रेजी,लेखा ,कम्प्युटरविज्ञानलगायत
विषय पढाउन नसक्ने र पढाउन सक्नेसँग लाइसेन्स
नभएपछि समस्या आएको छ ।
यी विषयमा स्थायी र लाइसेन्स प्राप्त पर्याप्त
शिक्षक नहुँदा वार्षिक
परीक्षामा धेरै
विद्यार्थी अनुत्तीर्ण हुँदै
आएको आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

पोखरामा ५.५ रेक्टर स्केल भूकम्पको धक्का,१ जनाको मृत्यु....

पोखरा, माघ १७ - पोखरासहित पश्चिमका विभिन्न
जिल्लामा शनिवार साँझ भुकम्पको धक्का महसुस गरिएको छ । ७
बजेर ४४ मिनेटमा दुईपटकसम्म धक्का महसुस भएपछि सर्वसाधारण
खुला सडक तथा चौरलगायत सुरक्षित स्थानतर्फ लागेका थिए ।
राष्ट्रिय भुकम्प मापन केन्द्रका प्राविधिक अधिकृत उमेशप्रसाद
गौतमले पोखरादेखि पश्चिम, उत्तर कास्की, पर्वत र
म्याग्दी सिमा केन्द्रबिन्दु भएर ५ दशमलव ५
म्याग्निच्युडको भुकम्प
मापन भएको बताए ।
करिव ३ सेकेन्डभित्र भुकम्पका दुई ठूला झड्का महसुस
गरिएको थियो । दराजमा राखेका भाँडाकुँडालगायतका सामान
पनि खसेका थिए ।
पोखरालगायत पर्वत, बागलुङ, म्याग्दीमा पनि झड्का महसुस
गरिएको थियो । भुकम्पले गरेको क्षतिबारे कुनै
जानकारी नआएको कास्की प्रहरीका एसपी बसन्तकुमार
लामाले
बताए । भूकम्पपछि भाग्ने क्रममा लडेर
नदीपुरमा पविता गर्बुजा घाइते
भएकी स्थानीयले बताए ।

१९ वर्षीया युवतीले ३०० भन्दा बढीलाई एचआइभी सारिन् .......

नैराबी, १८ माघ
बदलाको भावना कति डरलाग्दो हुन्छ भन्ने
कुरा एचआइभी संक्रमण फैलाउँदै हिँडेकी एक
१९
वर्षीया किशोरी उदाहरण
बनेकी छन् ।
कलेज पढ्दै गरेकी ती किशोरीले
अहिलेसम्म तीन
सयभन्दा बढी पुरुषलाई
जानाजानी एचआइभी संक्रमित
बनाइसकेको खुला रुपमा स्वीकार गर्दै
वर्षको अन्त्यसम्म यो संख्या २ हजार पुर्याउने लक्ष्य
रहेको समेत बताइन् ।
सामान्यतया एक पुरुष एक आकर्षक महिलासँग सुत्न
लालायित नै हुन्छ । तर, एचआइभी संक्रमित
भएको अवस्थामा १९ वर्षकै विद्यार्थी भए
पनि उनीहरु पछाडि हट्छन् ।
केन्याको नाकुरुस्थित काबाराक
युनिभर्सिटीमा अध्ययन गरिरहेकी उनले ३
सयभन्दा बढी पुरुषलाई एचआइभी सार्न सफल
भएको स्वीकार गरिन् ।
केन्याको डेली पोस्टका अनुसार उनले पहिलोपटक सन्
२०१३ सेप्टेम्बर २२ को रात यौन सम्पर्कको अनुभव
लिएकी थिइन् ।
आफूभन्दा सिनियर विद्यार्थीले आफूलाई
एचआइभी सारिदिएको बदला लिन
उनी यस्तो कार्यमा लागेकी हुन् ।

Friday, 30 January 2015

भुलेर पनि नगर्नुस् १० काम, मिर्गौला खराब हुनसक्छ !

किडनी अर्थात मृगौला शरीरको निक्कै महत्वपूर्ण अंग
मध्ये एक हो । यसले शरीरमा रगत सफा गर्ने देखि,
हार्मोन बनाउने, खनिज सोक्ने, मुत्र उत्पादन गर्ने,
टक्सिन अर्थात खराव पदार्थहरुलाई शरीरबाट
निकाल्ने तथा एसिडको सन्तुलन बनाउने जस्ता काम
गर्छ ।
यहाँ हामीले दैनिक जीवनमा गर्ने १०
गल्तीको चर्चा गरिएको छ जसले मृगौलालाई
हानी पुर्याउँछ ।
१. पानी कम पिउने
यदि तपाइँ नियमित पानी पिउने गर्नु हुन्न भने
यसको सबै भन्दा पहिलो र खराव प्रभाव
मृगौलामा पर्छ । पानीको अभावले गर्दा मृगौलाले
रगत सफा गरेर फोहोर फ्याँक्न कठिन हुन्छ । यसले
उल्टो परिणाम दिन्छ शरीरमा टक्सिन जम्मा हुन्छ ।
२. नून बढी
खानामा चर्को नून खाने बानी छ भने यसले रक्त चाप
बढाउँछ । यसले मृगौलामा दवाव पैदा गर्छ । तपाँइले
दिनमा ५ ग्राम भन्दा बढी नून खानु हानिकारक छ ।
३. पिसाव रोक्ने
यदि पिसाव आउँदा पनि पछि जाउँला भनेर बस्ने
बानी छ भने आजै देखि बानी सुधार्नुस् । पिसाव रोक्ने
बानीले मृगौलामा पत्थरी हुने र मृगौला फेल नै हुने
खतरा समेत पैदा गर्छ ।
४. गुलियो खाने बानी
यदि गुलिया खानेकुरा धेरै बानी छ भने आजै
देखि छोड्नुस् । गुलियो बढी खाँदा यसले
शरीरमा प्रोटीनको मात्रा बढी भएर
मृगौलामा समस्या हुन्छ ।
५. पोषणको अभाव
शरीरमा पोषक तत्वको अभाव भो भने मृगौला खराव
हुन्छ । भिटामिन-6 र म्याग्नेशियम भरपुर खानाले
मृगौलामा पत्थरी हुन दिँदैन ।
६. मासु बढी खाने
मासुको पारखी हुनुहुन्छ र बढी नै मासु खाने बानी छ
भने पनि तपाइँको मृगौला समस्यामा छ । मांसाहारले
शरीरको पाचन प्रक्रियालाई प्रभावित पार्छ जसले
मृगौलामा सोझै असर गर्छ ।
७. अनिद्रा
रातिमा निद्रा नलाग्ने वा धेरै जागा बस्ने
बानी पनि मृगौलाका लागि घातक छ । यसले
मृगौला सम्बन्धि विभिन्न रोग ल्याउन सक्छ ।
निद्राले मृगौलालाई स्वस्थ राख्न सघाउँछ ।
८. चिया कफी बढी सेवन
चिया कफी अत्याधिक
मात्रामा पिउँदा पनि मृगौलामा समस्या हुन्छ ।
चिया कफीले शरीरमा क्याफिनको मात्रा बढाउँछ
जसले मृगौलामा भार पर्छ ।
९. पेनकिलर सेवन
टाउको दुख्ने वित्तिकै वा सामान्य दुखाइ कम गर्न
पनि गोली खाने बानी छ भने आजै देखि छोड्नुस् । धेरै
पेनकिलरको सेवनले तपाइँको मृगौलामा प्रभाव पार्छ ।
१०. जाँड रक्सी
अल्कोहल अर्थात जाँड रक्सीको अत्याधिक सेवनले
पनि मृगौला समस्यामा पर्छ । यसले मृगौला फेल हुने
अत्याधिक सम्भावना हुन्छ ।

चेक साट्दा अब सय रुपैयाँसम्म शुल्क तिर्नुस !

काठमाडौं, १६ माघ । बैंकमा चेक क्लियरिङ गर्दा अब
शुल्क तिर्नुपर्ने भएको छ ।
नेपाल राष्ट्र बैंकले वित्तीय संस्थाहरुलाई शुल्क लिन छुट
दिएपछि चेक क्लियरिङ गर्दा शुल्क लाग्ने भएको हो ।
नेपाल बैंकर्स संघले शुक्रबार सूचना जारी गरी बैंकहरुलाई
ग्राहकबाटै शुल्क लिन भनेको छ ।
नेपाल राष्ट्र बैंकले एनसिएचएललाई तिर्नुपर्ने शुल्क
ग्राहकबाटै उठाउने नीति बनाएपछि चेक राफसाफ
(क्लियरिङ) गर्दा बैंकहरुले ग्राहकबाट शुल्क लिएका हुन् ।
नेपाल बैंकर्स संघको सूचना अनुसार पाँच सय
भन्दा माथिदेखि ५ हजार सम्मको चेकमा ग्राहकले ५
रुपैयाँ तिर्नुपर्नेछ । यस्तै, ५
हजारभन्दा माथिका चेकमा १० रुपैयाँ,
विदेशी मुद्राको चेकमा १५ रुपैयाँ, स्पेशल क्लियरिङ
चेकमा सय रुपैयाँ र चेक फिर्ता भएमा पनि सय
रुपैयाँ लाग्ने छ ।
न्युनतम ५ सय रुपैयाँसम्मको चेकमा भने शुल्क लाग्ने छैन् ।
नेपाल राष्ट्र बैंकका गर्भनर युवराज खतिवडाले
बैंकहरुको खर्च बढेकाले यस्तो व्यवस्था ल्याउनु
परेको बताउनुभयो

साउदी अरबकाद्वारा बोनसस्वरुप दुई महिनाको तलब बराबरको रकम दिने घोषणा ।

साउदी अरब,राजा सलमानले सरकारी कर्मचारी,
सैनिक र विद्यार्थीहरुलाई बोनसस्वरुप दुई
महिनाको तलब बराबरको रकम
दिनेघोषणा गरेपछि त्यहाँका जनतामा खुसी छाएको छ।
राजा सलमानले सेवानिवृत्त कर्मचारीलाई समेत
बोनस बाँड्ने घोषणा गरेका छन् ।
‘साउदी अरबमाथि आफ्नोभन्दा जनताको बढी हक
भएको’ भन्दै राजा सलमानले जनतालाई बोनसस्वरुप
दुई महिनाको तलब बराबरको रकम दिने जनाएका हुन् ।
साउदी राजाले मन्त्रिमन्डलमा पनि ब्यापक हेरफेर
गरेका छन् । उनले रक्षा, विदेश र तेल जस्ता महत्वपूर्ण
मन्त्रालयमा पनि नयाँ व्यक्तिहरुलाई
जिम्मेवारी दिएका छन् । राजा सलमानले
मक्का मदिना र रियादका गर्भनर पनि परिवर्तन
गरेका छन् । सलमान गत
साता राजा अब्दुल्लाहको निधनपछि साउदी अरबको राजा बनेका थिए

जापानमा गयो सन् २०१४-०९-१६ पछिकै सबैभन्दा ठुलो भुकम्प ।

जापानमा भर्खरै ४.७ रेक्टर स्केलको भुकम्प गएको छ | करिव ३६ सेकेण्ड लामो सो भुकम्प ५० किमि प्रति घण्टाको गतिमा गएको थियो |

सो भुकम्प सन् २०१४-०९-१६ पछिकै सबैभन्दा ठुलो रहेको जापानी संचार मध्यमहरुले जनाएका छन् |

जापानको टोकियो लगायत अन्य केही भागमा आज बिहान हिमपात भएको थियो । शुक्रबार बिहानैबाट सुरु भएको हिमपातले जनजीवन समेत प्रभावित पारेको थियो |

बिहान करिब ६ बजे देखि सुरु भएर १० बजेबाट भने पानी परेको थियो । बिहान परेको हिउका साथै भर्खरै गएको भूकम्पका कारण सार्बजनिक सवारीका साथै रेल सेवा समेत बन्द गरिएको छ |

टोकियोमा यस बर्ष पहिलो पटक हिमपात भएको हो भने यो भुकम्प सन् २०१४-०९-१६ पछिकै सबैभन्दा ठुलो रहेको छ |

नक्कली लाइसेन्स बनाउने गिरोह काठमाडौंबाट पक्राउ ।

काठमाडौं, माघ १६ । नक्कली लाइसेन्स बनाउने गिरोहका २ जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरी सार्वजनिक गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखामा शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएकाहरुमा काठमाडौका श्यामकृष्ण डंगोल र ललितपुरका रमेश नापित रहेका छन् । गिरोहमा रहेका अन्य २ जना भने फरार रहेको प्रहरीले जनाएको छ ।

विगत ५ वर्षदेखियो गिरोहले नक्कली लाइसेन्स बनाउँदै आएको प्रहरीले बताएको छ । पक्राउ परेकाहरुले एउटा नक्कली लाइसेन्स बनाएबापत २० हजार रुपैयाँ लिने गरेको प्रहरीको बयानमा बताएका छन् । उनीहरुले एक दिनमा १२ ओटासम्म नक्कली लाइसेन्स बनाउने गरेको समेत बताएको प्रहरीले जनाएको छ ।

उनीहरुले मृत्यु भइसकेका व्यक्तिहरुको लाइसेन्स वा खारेज भएका लाइसेन्स नम्बरबाट नक्कली लाइसेन्स बनाउने गरेको प्रहरीले जनाएको छ ।

यस्तै, सक्कली लाइसेन्स नवीकरण गर्दा बुझाइने लाइसेन्सको स्टिकर निकालेर नक्कलीमा प्रयोग गर्दै आएको अनुसन्धानबाट खुलेको पनि प्रहरीले जनाएको छ । यो धन्दामा यातायात व्यवस्था कार्यालयका कर्मचारीको समेत मिलेमतो हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।

पक्राउ परेकाहरुबाट प्रहरीले नक्कली लाइसेन्स बनाउने प्रिन्टर १ थान, नक्कली लाइसेन्स बनाउने कार्ड ५२ थान र बनाइसकेका ३५ थान नक्कली लाइसेन्स बरामदसमेत गरेको छ ।

लिंग १७ घण्टासम्म उत्तेजित भएपछि…

एजेन्सी– हालै एउटा अनौँठो खबर बाहिर आएको छ । सबैलाई अचम्म लाग्न सक्ने खबर सत्य हो । बेलायतका एक युवकको लिंग १७ घण्टासम्म उत्तेजित भएपछि डाक्टरलाइृ सास्ती भएको छ । उनको उत्तेजना कम गर्न डाक्टरले उनको लिंगमा भरिएको दुई पिन्ट रगत बाहिर निकाल्नु परेको थियो । यसरी रगत निकाल्नुअघि रक्तप्रवाह कम गर्नका लागि उनको लिंगमा २४ वटा सुई लगाउनुपरेको थियो । बेलायतको एक होटलमा काम गर्ने ती ब्यक्ति हुन्, २३ वर्षीय ज्यासन गार्नेट । उनले डाक्टरले आफ्नो लिंगमा सुइ रोपेको घटना एकदमै भयाभह भन्दै त्यसलाइृ हरर फिल्मसँग तुलना गरेका छन् ।

सय भन्दाबढि मानव कंकाल फेला,मच्चियो हंगामा

सुन्दैपनि जिउ सिरिङ्गहुने १ सय भन्दा धेरै मानव कंकाल एकै स्थानमा फेला परेको छ । यो भारतमा भएको घटना हो । जहाँ एकैपटकमा १ सय भन्दा धेरै मानव कंकाल फेला परेका हुन् ।

भारत उत्तरप्रदेशको राजधानी लखनउसँग सीमा जोडिएको उन्नाव जिल्लामा एक सय भन्दा धेरै मानव कंकाल फेला परेको हो । यसरी मानव कंकाल फेला परेपछि यस बिषयमा भारतमा निकै चर्चा शुरुभएको छ ।
बर्षौंदेखि बन्द एउटा कोठा भित्र मानव कंकाल भेटिएको भारतीय अधिकारीहरुको भनाई छ । प्रहरीको टोलीले २५ वटा बोरामा मानव कंकाल फेला पारेको जनाइएको छ । सो कंकाल कहाँबाट कस्ले ल्यायो भन्नेबारे प्रहरी र सरकारी अधिकारीहरुले केही जानकारी दिएका छैनन् ।

उन्नाव जिल्ला प्रमुखका अनुसार सो स्थानमा सन् २००८ तिर प्रहरी अस्पताल थियो । जहाँ कंकाल फेला परेका छन्, त्यो अस्पतालको ‘स्टोर रुम’ थियो । तर सो कोठा बर्षौंदेखि बन्द थियो ।

Thursday, 29 January 2015

डीआइडी विजेता तेरिया मगरले धमाका मच्चाउन

काठमाडौं, ।
डीआइडी विजेता तेरिया मगरले नेपालमा हुन
लागेको साँस्कृतिक कार्यक्रममा धमाका मच्चाउने भएकी छिन् ।
भारतीय टेलिभिजन
जी टीभीको रियालिटी शो डीआइडी लिटिल
मास्टरको उपाधि जित्न सफल
रुपन्देहीकी मगर सांस्कृतिक
कार्यक्रमका नेपाल आउदैछिन् ।
फागुन ७
देखि रुपन्देहीको बुटवलमा आयोजना भइरहेको तेरिया साँझमा उनले
धमाका मच्चाउन आउने लागेकी हुन् ।
उनी आउने भएपछि बुटवलमा भव्य
तयारी हुन थालेको छ ।
वागेश्वरी संगीतालय, लायन्स क्लब अफ
लुम्बिनी, लायन्स क्लब अफ शंकरनगर, लायन्स क्लब अफ
लुम्बिनी बुद्ध, लायन्स क्लब अफ बुटवल
सयपत्रीको संयुक्त आयोजनामा तेरिया साँझ २०७१
आयोजना हुन लागेको कार्यक्रमका संयोजक तथा तेरियाका गुरु सुरेश
सेन्चुरीले बताए ।
सफल रुपमा कार्यक्रम सञ्चालन गर्न २१ सदस्यीय मूल
समितिले तिव्र तयारी थालेको छ । कार्यक्रमका लागि सहयोग
समेत जुटाउन शुरु गरिएको छ ।
कार्यक्रममा राष्ट्रिय कलाकारका साथसाथै
वागेश्वरी संगीतालयका कलाकारको प्रस्तुति रहने
छ ।

महिलाबाट के के चाहन्छन् पुरुष ? महिलाले जान्नैपर्ने कुराहरु…

अघिकांश पुरुष महिलाबाट आफू के चाहन्छन्, भन्न हिच्किचाउँछन् ।
तर, त्यसको अपेक्षा भने राखिरहन्छन् । अपेक्षा पूरा नहुँदा व्यवहार
पनि बदलिने गरेका उदाहरण धेरै छन् । जानौँ, के चाहन्छन् पुरुषहरू
महिलाबाट :
प्रोत्साहन : पुरुषहरू प्रोत्साहनका निकै
प्यासी हुन्छन् । आफूले माया गर्ने व्यक्तिले आफूलाई
प्रोत्साहित गरोस् भन्ने उनीहरूको इच्छा हुन्छ ।
त्यस्तै, आफूलाई विश्वास गर्ने पुरुषहरू निकै मन पराउँछन् ।
महिलाको साथले पुरुषको इच्छाशक्ति नै परिवर्तन गर्न पनि मद्दत
पुर्याउँछ ।
सम्मान : पुरुषलाई सम्मान निकै प्यारो लाग्छ । तर,
यो कुरा उनीहरू भन्दैनन् । त्यसैले उपयुक्त विषय र
समयमा कुरामा सम्मान व्यक्त गर्न नचुक्नुहोस् ।
प्रशंसा : प्रशंसा पुरुषको पनि प्रिय हुन्छ । तर, झुटो प्रशंसा गर्नाले
फाइदा गर्दैन । राम्रो कुराको तारिफले सम्बन्धलाई सुमधुर बनाउन
महत्त्वपूर्ण भूमिका खेल्छ ।
स्वतन्त्रता : स्वतन्त्रता पुरुषलाई निकै प्रिय लाग्छ । यसको अर्थ
उनीहरूलाई एक्लै छाडिदिने भन्ने होइन । तर,
केही काम आफ्नै खुसीले गर्न चाहन्छन्
भने त्यसमा हस्तक्षेप नगर्दा खुसी हुन्छन् । त्यस्तै
उनीहरूलाई आफ्ना साथीहरूसँग समय
बिताउन दिनुहोस् ।
साथ : पुरुषहरू महिलाको साथ निकै मन पराउँछन् ।
उनीहरूलाई प्रिय लाग्ने
क्रियाकलापमा महिलाको सहभागिता खोज्छन् ।
मधुर आवाज : पुरुषहरू महिलाले सुरिलो आवाजमा बोलेको मन पराउँछन् ।
महिलाको मधुर आवाजले पुरुषलाई प्रभावित पार्न र शान्त बनाउन पनि धेरै
मद्दत गर्छ ।
कदर : आफूले गरेको कामको कदरको अपेक्षा पुरुषको स्वाभाव हो ।
आफ्नो काममा धन्यवाद मात्रै पाए पनि उनीहरू फुरुंग
हुन्छन् ।

सन्तान नभएको खण्डमा के गर्न

धेरै समयसम्म सन्तान नभएर आफुभित्र नै हिनताबोध
भएमा अन्य संगी साथीको बच्चा देखेर आफ्नो भाग्यलाई
नै दोष प्रत्यादोष दिएको भएमा अब आफ्नै सन्तान
जन्माउन सक्नुहुन्छ
यसको लागि यहाँ केही यस्ता तरिकाहरु प्रष्ट
पारिएको छ ।
१) आखेतरुवाको गेडा ७ वटा पिनेर काँचो दुधसंग
महिनावारी भएको दिनदेखि पाँचौ, छैटौ र
सातौं दिन बिहान खाना अघि खानाले
अनि त्यसपछि श्रीमानसंग सहवास गर्नाले सन्तान जन्मन
सक्दछ ।
२) बरको कलिलो ३/४ वटा टुप्पा पिनेर
स्वास्नी मानिसलाई रजस्बला भएको १६ दिनभित्रै
सकेसम्म राम्रो बार पारी खान दिई सम्भोग
गरेमा पनि सन्तान बस्न सक्दछ ।

Tuesday, 27 January 2015

नेपालमा ५० हजार विदेशी कामदार !

स्वदेशमा काम नपाएको भन्दै दैनिक १५
सयभन्दाबढीनेपालीयुवाबिदेसिइरहँदानेपालमै
काम गर्न आउने विदेशी पनि उल्लेख्य छन् ।
धेरैजसो नेपाली खाडी मुलुकमा जस्तो काम
गर्छन, ठीक त्यस्तै अर्थात निर्माण क्षेत्रमा आउने
कामदारको संख्या निकै बढेको छ ।
नेपालका ठूला परियोजना विदेशी ठेकेदारमार्फत कार्यान्वयन
हुन थालेपछि विदेशी कामदारका लागि पनि नेपाल आकर्षक
गन्तव्य बनेको छ ।श्रम विभागको अध्ययनअनुसार नेपालमा करिब ५०
हजार विदेशी कामदार छन् । तीमध्ये
अधिकांश निर्माण क्षेत्रमा छन् ।
सेवा क्षेत्रमा पनि विदेशी धेरै छन् ।
यो संख्या भारतीयबाहेकको हो ।
खुला सीमा, समान संस्कृति तथा रहनसहनका कारण
औपचारिक क्षेत्रमा काम गर्ने भारतीय र
नेपाली कामदारको अन्तर छुट्याउन सकिँदैन् ।
विभागका अनुसार नेपालमा कार्यरतमध्ये करिब २० प्रतिशत (१० हजार)
विदेशी कामदारले मात्र
श्रमस्वीकृति लिएका छन् । कानुनतः सबै
विदेशी कामदारले श्रम विभागबाट
पूर्वस्वीकृति लिएरमात्र काम गर्नुपर्ने प्रावधान छ । श्रम
ऐनमा कूटनीतिक सुविधा पाउने व्यक्तिबाहेक अन्य
कर्मचारी/कामदारले अनिवार्य
रुपमा श्रमस्वीकृति लिनुपर्ने प्रावधान छ ।

फेसबुकमा च्याट गर्दा अब टाइप गर्नु नपर्न

फेसबुकमा च्याट गर्दा अब टाइप नगर्दा पनि हुने
भएको छ | फेसबुकले आफ्ना प्रयोगकर्ताका लागि अब
नयाँ एप सार्वजनिक गर्ने भएको छ जसले
बोलेको कुरालाई टेक्टमा रुपान्तरण
गरी तपाईको साथीसमक्ष तपाईको सन्देश पुर्याउनेछ।

फेसबुक म्यासेन्जरमा अब तपाईले साथीहरुलाई
अडियोमा म्यासेज पठाउँन सक्नुहुनेछ जुन
तपाईको साथीले शब्दमा प्राप्त गर्नेछन् ।
यसका लागि तपाईले म्यासेन्जरको ‘माइक्रोफोन’
को आइकनमा क्लिक गर्नुपर्नेछ ।
केहि समयपछि सार्वजनिक हुने यो फिचरको अहिले
परीक्षण जारी रहेको जनाइएको छ । फेसबुकका डेभिड
मार्कसले आफ्नो एक आधिकारिक पोस्टमार्फत
यसको बारेमा जानकारी गराएका हुन् ।

महिलाको हिडाइबाटै थाहा हुन्छ यौन

कुनै पनि महिलाले यौन
सम्पर्कका बेला चरम सन्तुष्टी पाए
नपाएको कुरा उनिहरुको हिँडाइबाटै
थाहा हुने पछिल्लो एक अध्ययनले
देखाएको छ । अध्ययन अनुसार
सेक्सका बेला चरम आनन्दमा पुग्ने महिलाहरु
अरु महिला भन्दा भिन्न तरिकाले हिड्ने
गर्छन् । बेल्जियमका शोधकर्ताहरुले
गरेको अध्ययन अनुसार यौन
सम्पर्कका बेला चरमोत्कर्षमा पुग्ने र
चरमोत्कर्षमा पुग्नै नपाइकन सम्भोगबाट
अलग्गिन बाध्य हुने
महिलाहरुको हिँडाइको चाल बेग्लै हुन्छ ।
सेक्सका बेला यौन सन्तुष्टी पाउने
महिलामा योनी सम्भोग सुख नपाउने
महिलामा भन्दा हिँड्दाखेरी ढाड
तथा नितम्बको लचकता बढि हुन्छ र
उनीहरुले अलि ठूला ठूला पाइला चाल्ने
गर्छन् ।
पाक्क्रिडा तथा अन्य कृत्रिम
माध्यमबाट चरमसुख प्राप्त गर्ने
महिलाको हकमा भने
हिँडाइको चालबाट सम्भोग
सुखको आँकलन गर्न मुस्किल पर्ने र योनी र
लिंगको मिलन हुने प्राकृतिक सम्भोगबाट
हुने यौनसुखको मात्र आँकलन गर्न सकिने
शोधकर्ताहरु बताउँछन् । शोधकर्ताहरुले
अध्ययनको क्रममा केही महिलाहरुको व्यक्
तिगत यौन
जिवनका बारेमा जानकारी लिएर
उनीहरुको हिँडाइको चालका बारेमा सुक्
ष्म विश्लेषण गरेका थिए ।

क्रिकेट खेल्दा खेल्दै बलले लागेर अर्का क्रिकेटरको मृत्य

कराँची ।
पाकिस्तानको कराँचीमा क्रिकेट  खेल्ने
क्रममा बलले
लागेर एक युवा क्रिकेटरको मृत्यु
भएको छ ।ओरंगी टाउनमा १८ वर्षीय
जीशन मोहम्मद ब्याटिङ गरिहरेका बेला बलरले
प्रहार गरेको बल
उनको टाउकोमा लागेको थियो ।
बलले लागेर गम्भीर घाइते भएका उनलाई
उपचारका लागि अस्पताल पुर्याइएपनि डाक्टरले
मृत घोषणा गरेका थिए ।
पछिल्लो समयमा क्रिकेट खेल्ने क्रममा बलले लागेर
मृत्यु हुने घटना बढ्दै गएका छन् ।
२५ नोभेम्बरमा शेफिल्ड
शिल्डमा अस्ट्रेलियाका क्रिकेटर फिलिप
ह्युजको बलले लागेर मृत्यु भएको थियो भने उनकै
टिममा रहेका ड्यालियल ह्युज बलले लागेर बेहोस
भएका थिए ।