Thursday, 18 December 2014

सोलुखुम्बुमा ५.९ म्याग्निच्युडको भूकम्प, काठमाडौंमा पनि धक्का

काठमाडौ, पुस ३ - सोलुखुम्बुमा बिहीबार राति ५.९
म्याग्निच्युडको भूकम्प गएको छ ।
सोलुखुम्बुको दोलखा सिमाना क्षेत्रमा राति ९ बजेर १७
मिनेटमा गएको भूकम्पको धक्का काठमाडौंसहित देशभर महसुस
गरिएको थियो । यूएस जिओलोजिकल सर्भेका अनुसार सोलुखुम्बुको नाम्चे
बजारदेखि २३ माइल पच्चिमस्थित मार्बु भन्ने स्थानमा केन्द्र भएर भूकम्प
गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार झण्डै १२ मिनेटसम्म
भूकम्पको धक्का महसुस गरिएको थियो ।
भूकम्प महसुस भएपछि राजधानीसहित देशका विभिन्न
स्थानमा सर्वसाधारण घरबाहिर निस्किएका थिए ।
काठमाडौंमा चिसोको समयमा सर्वसाधारण हतारिँदै घरबाहिर निस्किएका थिए ।
प्रहरीले भूकम्पले कुनै पनि भौतिक र
मानवीय क्षतिको समाचार नआएको जनाएको छ ।
भूकम्पले नेपालसहित चीन र
भारतमा केही भागमा पनि धक्का महसुस भएको समाचार
एजेन्सीहरुले जनाएका छन् ।
आजतकका अनुसार स्थानीय समयअनुसार राति ९ बजेर ३
मिनेटमा बिहारको राजधानी पटना, दरभंगा, मुजफ्फरपुर,
मधुबनी र सुपौल क्षेत्रमा भूकम्पको धक्का महसुस
गरिएको थियो । त्यहाँ ५ देखि ६ सेकेन्डसम्म भूकम्प गएको थियो ।

No comments:

Post a Comment