Friday, 12 December 2014

कमेडियन कपिल शर्माको कार्यक्रम रद्द प्रशासनले अनुमति दिएको थिएनः

काठमाडौं, मंसिर २६ - भारतीय चर्चित कमेडियन
कपिल शर्मासहितको शनिबार दशरथ रंगशालामा हुने
'पर्पल फेस्ट' कार्यक्रम रद्द भएको छ ।
सुरक्षाको कारण देखाउँदै
काठमाडौं जिल्ला प्रशासन कार्यालयले कार्यक्रम
रद्द गर्न निर्देशन दिएको हो । काठमाडौंका प्रमुख
जिल्ला अधिकारी एकनारायण अर्यालले
कार्यक्रमस्थल असुरक्षित रहेकाले कार्यक्रम नगर्न
निर्देशन दिएको जानकारी दिए । 'रंगशाला मर्मत
भइरहेको छ, ढुंगा, रडजस्ता निर्माण
सामाग्री राखिएको छ,' उनले ईकान्तिपुरसित भने,
'कसैले भोलि छ्यास्स केही गर्न सक्छ ।'
प्रजिअ अर्यालले दशरथ रंगशालामा कार्यक्रम गर्न
प्रशासनले यसअघि अनुमति नदिएको दाबी गरे ।
'प्रशासनले कार्यक्रम गर्न अनुमति दिएको थिएन,' उनले
भने, 'अब अर्को कार्यक्रम उपयुक्त समय र स्थानमा गर्न
भनेका छौं ।'
कार्यक्रममा कपिल शर्मासहित भारतीय गायक सोनु
निगम, नेपाली कलाकारहरु गायक सुगम पोखरेल, जितु
नेपाल, विल्सनविक्रम राईलगायतले प्रस्तुति दिने
कार्यक्रम थियो ।
कार्यक्रम रद्द गर्न प्रशासनले निर्देशन दिएलगत्तै दशरथ
रंगशाला वरपर व्यापक सुरक्षाकर्मी परिचालन
गरेको छ । एनसेलले कार्यक्रमका लागि हजारौं टिकट
बिक्री गरिसकेको थियो ।

No comments:

Post a Comment