Friday, 12 December 2014

सेटमा यति डराइन् सन्नी कि आत्तिँदै बोलाइन् श्रीमान् बिबरलाई

नयाँ दिल्ली – फिल्म जिस्म–२ बाट
बलीउडमा पाइला टेकेकी क्यानाडेली पोर्न स्टार
सन्नी लियोन आजकाल आफ्नो नयाँ फिल्म ‘लीला’
को सुटिङमा व्यस्त छिन् । यो फिल्ममा सन्नी लियोन
अभिनेता मोहित अहलावतसँग मुख्य भुमिकामा देखिने
भएकी छिन् । भर्खरै फिल्म ‘लीला’
को सेटमा सन्नी यति डराइन् कि उनले आफ्ना श्रीमान
डेनियल बिबरलाई बोलाइन् । श्रीमान् आएसकेपछि मात्र
उनको सुटिङ पुनः सुरु भएको थियो ।
फिल्म सेटमा सन्नी लियोनसँग
कुरा गरिरहेका एकजना व्यक्तिको कुरा गर्ने तरिकाबाट
मोहित यति धेरै रिसाए कि उनले ती व्यक्तिलाई थप्पड
हानेको खबर आएको छ । सुत्रका अनुसार
मोहितको आक्रामक व्यवहार देखेर सन्नी यति धेरै डराए
कि उनले आफ्ना श्रीमानलाई फिल्मको सेटमा नै
बोलाइन् । श्रीमानलाई बोलाएपछि मात्र आफूले
फिल्मको सुटिङ गर्ने
सन्नीको अडानमा कसैको केहि लागेन । आखिर उनीहरुले
डेनियललाई बोलाए । फिल्म सेटका एकजना सदस्यले भने,
‘मोहितले जे गरे, सन्नी त्यसका कारण निकै
डराएकी थिइन् ।’ यहाँसम्म कि सबै स्थिती सामान्य
भइसक्दा पनि उनी आफ्नो भ्यानिटी भ्यानबाट बाहिर
आउन मानेकी थिइनन् । यद्यपी फिल्म
निर्माता बबी खानका भाइ कोरियोग्राफर अहमद
खानले यो सबै कुरा आधारहिन भएको बताएका छन् ।
खानले भने, ‘मोहित एक निकै गम्भीर
प्रकारका अभिनेता हुन् र उनी कसैसँग पनि धेरै कुरा नगर्ने
प्रकारका व्यक्ति हुन् ।’ सेटमा कसैले कसैलाई पनि थप्पड
नहानेको उनले थपे । (एजेन्सी)

No comments:

Post a Comment