काठमाडौ, मंसिर २८ - साल्ट
ट्रेडिङ कर्पोरेसनले प्रतिप्याकेट आयोडिन नुनको मूल्य
३ रुपैयाँ बढाएको छ । यसअघि प्याकेटको १५ रुपैयाँ पर्ने
आयो नुन अब उपभोक्ताले खरिद गर्न १८
रुपैयाँमा तिनुपर्नेछ । नुन खरिदबाट कर्पोरेसन
नोक्सानमा रहेको साल्ट ट्रेडिङका अधिकारीहरू
बताउँछन् । 'नुनबाट वाषिर्क ३० करोड रुपैयाँ घाटा हुन्छ
। २०६६ सालदेखि मूल्य बढाएका छैनौं,'
कर्पोरेसनका सहायक महाप्रबन्धक कुमार
राजभण्डारीले भने, 'अहिले भएको वृद्धि समायोजन
हो ।' उनले मूल्य समायोजन आयो नुनमा मात्रै
गरिएको बताए । अहिले समायोजन गरिएको मूल्य
दुर्गमका जिल्लाहरूमा भने लागू नहुने उनले बताए ।
कर्पोरेसनले डिलरको मूल्य पनि बढाएको छ ।
नयाँ मूल्यअनुसार डिलरले एक प्याकेट नुन १६ रुपैयाँ ५०
पैसामा खरिद गर्नेछन् । यसअघि डिलरहरूले साढे १३
रुपैयाँमा खरिद गर्दै आएका थिए । मूल्य समायोजनले
वाषिर्क घाटामा केही कमी हुने संस्थाले बताएको छ ।
'अहिले वाषिर्क ३० करोड रुपैयाँ घाटा छ,'
राजभण्डारीले भने, 'अब ट्रेडिङलाई केही राहत हुनेछ ।'
भारत सरकारको अनुदानमा प्राप्त हुने आयोडिन नुन
साल्ट ट्रेडिङले आयो, भानु, शक्ति र तेज ब्रान्डमा बेच्दै
आएको छ । ट्रेडिङले विभिन्न २२ जिल्लामा पर्ने
गाविसलाई दुर्गम र अति दुर्गममा वर्गीकरण
गरी नुनको ढुवानी गर्दै आएको छ । अनुदान सरकार
मार्फत साल्ट ट्रेडिङलाई प्राप्त हुन्छ ।
यो अनुदानमा सरकारले समेत केही अनुदान थपेर साल्ट
ट्रेडिङलाई दिन गरेको छ । साल्ट ट्रेडिङले भारतबाट
नुन आयात गरी देशभर वितरण्ा गर्दै आएको छ । चालु
आर्थिक वर्षमा २२ जिल्लामा ५० हजार क्विन्टल
आयोडिनयुक्त नुन ढुवानी गरी सहुलियत दरमा वितरण
गर्ने लक्ष्य राखेको छ ।
Sunday, 14 December 2014
आयो नुन ३ रुपैयाँले महँगियो
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment