काठमाडौं, मंसिर २६ । अमेरिकी विदेश
मन्त्री जोन केरीले जलवायु परिवर्तनमा राष्ट्रहरु
जिम्मेवार नबन्दा विश्व त्रासदीपूर्ण अवस्थामै
रहेको टिप्पणी गरेका छन् ।
पेरुको राजधानी लिमामा चलिरहेको जलवायु
परिवर्तनसम्बन्धि विश्व सम्मेलनको अन्तिम
दिनको सत्रलाई सम्बोधन गर्दै उनले
सरोकारवाला पक्षहरु विभाजित रहनु दुःखद
भएको
टिप्पणी गरे ।
उनले जलवायु परिवर्तनको असरबाट विश्वलाई
जोगाउने कुरा विकल्प नभई अत्यावश्यक
रहेकोमा जोड दिए । केही विकसित देश
राष्ट्रसंघले तय गरेको कार्बन
उत्सर्जनको सीमालाई कटौति गर्ने
प्रयासमा छन् ।
धनी मुलुकहरु गरीबहरुलाई
दिएको छुटको विपक्षमा उभिएका छन् ।
विकाशील देशहरुले पनि आधाभन्दा बढी प्रदूषण
फैलाइरहेको भन्दै उनले अब
ढिला नगरी काममा जुट्नुपर्ने बताए । १९०
भन्दा बढी देशका प्रतिनिधि सामेल
छलफलमा चीनलगायत देश भने सबैलाई समान गर्ने
विषयको विरोधमा देखिएका छन् ।
Friday, 12 December 2014
जोन केरी भन्छनः ‘जलवायु परिवर्तनले विश्व त्रासदीपूर्ण अवस्थामा छ’
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment