नयाँ दिल्ली – नयाँ वर्ष २०१५ को आगमनसँगै बलिउडका चर्चित
कलाकार रणबीर कपुर र
कट्रिना कैफको सम्बन्धमा नयाँ अड्कलबाजी सुरु भएको छ ।
नयाँ वर्षको अवसर पारेर उनीहरुले ‘इन्जेगमेन्ट’ गर्ने
योजना बनाएको केहि भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
कट्रिनाको परिवारसँग सन् २०१५ को नयाँ वर्ष मनाउने सोच
बनाइरहेका रणबीर कपुरले त्यहि दिनमा नै
आफ्नी प्रेमिका कट्रिना कैफसँग इन्गेजमेन्ट गर्ने
अडकलबाजी गरिएको छ । सन् २०१५ को सुरुमा नै इन्गेजमेन्ट
भएपनि उनीहरुको विवाह भने सन् २०१६ मा मात्र हुने
बुझिएको छ ।
विवाहको लागि निकै हतार
गरिरहेकी रणबीरकी आमा नितु
कपुरको इच्छालाई सम्बोधन गर्दै उनले यो वर्ष इन्गेजमेन्ट गरेर अर्को वर्ष
विवाह गर्ने योजना बनाएको उनको पारिवारिक श्रोतले बताएको छ ।
यता कट्रिनाकी आमा पनि छोरीको इन्गेजमेन्टको तयार
लागिपरेको बुझिएको छ ।
Tuesday, 16 December 2014
नयाँ वर्षमा बाँधिदैछन् रणबीर–कट्रिना ?
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment