Tuesday, 16 December 2014

पाकिस्तान आक्रमणमा मृत्यु भएकाहरुको आज अन्तिम संस्कार गरिन

काठमाडौं, पौष २ । पाकिस्तानको पेशावर शहरस्थि
सेनाले चलाएको विद्यालयमा तालिवान बन्दुकधारी
आक्रमण
गरी हत्या गरिएका विद्यार्थी तथा शिक्षकहरुको
अन्तिम संस्कार गरिदैछ । इस्लाम रितीरिवास अनुसार
उनीहरुको संस्कार गर्न लागिएको हो ।
घटना पछि
सरकारले तीनदिने शोक घोषणा गरेको छ ।
प्रधानमन्त्री नवाज सरिफ आफैं घटना स्थल
पुगेपछि घटना राष्ट्रिय
संकटको घडी भएको प्रतिक्रिया दिएका छन् । उनले
भने–‘यहाँ मेरा सन्तानमाथि आक्रमण भएको छ ।’
विद्यार्थी यस्तो संहार हुनु
देशका लागी ठूलो क्षती भएको बताए ।
हत्या गरिएका अभिभावकहरुले हत्याराहरुलाई अल्लाह
बदला लिएरै छाडने प्रतिक्रिया दिएका छन् ।
घटनाको विश्वभरबाट भत्र्सना गरिएको छ । अमेरिका
बेलायत, रुस, फ्रान्स, चीन, र जापानले
घटनाको निन्दा गर्दै आतातायी हरकत गर्नेलाई कुनै
हालतमा छोड्न नहुने प्रतिक्रिया दिएका छन् ।
यसैबीच अफगानिस्ताानको तालीवानी बिद्रोही
समेत घटनाको भत्र्सना गर्दै घटनालाई गैर इस्लामिक
भनी टिप्पणी गरेका छन् ।
अफगानिस्तानका तालीवान प्रवक्ताले एक बक्तब्य
जारी गर्दै शोक सन्तप्त परिवार प्रति समबेदना प्रकट
गरेको छ । नेपाल सरकारले ‘मानवता विरोधी’ कार्य भ
भत्र्सना गरेको छ । परराष्ट्र मन्त्रालयबाट
जारी विज्ञप्तीमा ‘सबै
किसिमका आतंकवादी घटनाको नेपाल भत्र्सना गर्दछ
यता तालिवान प्रमुख मोहम्मत खुरसानीले
विज्ञप्ती जारी गर्दै आक्रमण जायज
भएको प्रतिक्रिया दिएका छन् । उनले
आफ्ना लडाकुविरुद्ध सेनाले
गरेको कारवाहीको बदलामा यो आक्रमण
गरेको जनाएका छन् ।
उनले आक्रमण गर्न आफ्ना ६
जना आत्मघाती बन्दुकधारी पठाएको समेत जनाएका छ
। तालिवान लडाकुका परिवार र
महिलामाथि सरकारले आक्रमण गरेको प्रतिशोध लिन
सैनिक स्कुल छानेका उनको भनाइ छ । ‘हामी उनीहरुले
पनि आफन्त गुमाउँदाको दुःख र पीडा महसुस गरेको हेर्न
चाहान्छौं’,  विज्ञप्तीमा जनाइएको छ ।
सैनिक परिवारका सदस्यहरु अध्ययन गर्ने उक्त
विद्यालयमा तालिवानले एक सय ३२ विद्यार्थी सह
कम्तीमा १ सय ४१ जनाको हत्या गरेका हुन् ।
मारिनेमा ९ शिक्षक र केही अर्ध सैन्य बलका सदस्य
पनि छन् । ७ जना बन्दुकधारी पनि मारिएका छन् ।
बन्दुकधारीहरुले विभिन्न कक्षा कोठा र
परीक्षा हलमा प्रवेश
गरी विद्यार्थीहरुमाथि गोली हानेका थिए ।
कारवाहीमा घाइते भएका कम्तीमा १ सय ४०
विद्यार्थी र शिक्षकलाई स्थानिय
अस्पतालमा भर्ना गरीएको छ । सेनाले करिब ५ सय
विद्यार्थीलाई विद्यालयबाट निकालेर सुरक्षित
स्थानमा लगेको छ । यो घटनालाई
पाकिस्तानमा अहिलेसम्मकै निकृष्ठ
आक्रमणको रुपमा हेरिएको छ ।
पाकिस्तानी सेनाले पेशावर
नजिकको उत्तरी बजिरिस्तानमा तालिवान विरुद्ध
बृहद सैन्य कारवाही गरिरहेको छ । उक्त
कारवाहीमा ठूलो संख्यामा तालिवान लडाकु
मारिएका छन् ।

No comments:

Post a Comment