Monday, 15 December 2014

साउथ अफ्रिकी सुन्दरीलाई मिस वल्र्ड उपाधि

एजेन्सी, मंसिर २९ - २२ वर्षीय मिस साउथ
अफ्रिका रोलेन स्ट्रउसले आइतबार साँझ लण्डनमा आयोजित भव्य
समारोहमा मिस वल्र्डको ताज पहिरिएकी छन् ।
१२१ देशका सुन्दरी सहभागी ६४ औं
संस्करणमा मिस हंगेरी इडिना कुल्सर रनर अप घोषित भइन्
भने मिस अमेरिका इलिजावेथ सफ्रिट तेस्रो भइन् । नेपालको प्रतिनिधित्व
गरेकी सुविन लिम्बु पहिलो चरणबाटै बाहिरिइन् ।
साउथ अफ्रिकाकी सुन्दरी स्ट्रउस
आश्चर्यमा आफ्ना दुवै हात जाेडिन र मुख छाेपिन् , जब उनलाई ताज
पहिरिन अघिल्लो बर्षकी मिस वल्र्ड
फिलिपिन्सकी मेगान योङ तयार थिइन् ।
'यो उपाधि साउथ अफ्रिकाको लागि हो', ताज पहिरिएपछि उनले
भनिन्,'मेरो लागि यो ठूलो जिम्मेवारी हो ।'
उनले आफ्नो देशमा शिक्षाको चेतना फैलाउन र अन्य मान्छेका सपना पूरा गर्न
सहयोग गर्ने बताइन् ।
'मलाई दिइएको अवसरको कारण म यहाँसम्म आइपुगेकी हुँ
र म अरुलाई पनि पढ्ने र आफ्ना सपना पूरा गर्ने यस्तै अवसर दिन
चाहन्छु', उनले भनिन् ।
उनीसहित भारत, वेलायत, गुयाना, ब्राजिल, केन्या, मेक्सिको र
अष्ट्रेलियाकी सुन्दरी टप १० मा पुगेका थिए ।
मिस वल्र्डमा सहभागी सबै
देशका सुन्दरीहरुले
आआफ्नो देशको भेषभुषासहितको सुन्दर नृत्यबाट आइतबार राति मिस
वल्र्डको समारोह सुरु भएको थियो । सुन्दरतालाई केन्द्रमा राखेर
सहभागीहरुको सामाजिक क्रियाशिलता र
बौद्धिकता जाचिएको थियो ।
समारोहमा मिस वल्र्ड प्रतियोगीहरुले
आफ्नो देशमा गरेको सामाजिक कामको प्रस्तुति दिएका थिए । जसमा ब्राजिल,
गुयाना, भारत, इन्डोनेसिया र केन्याका सहभागी संयुक्त
रुपमा उत्कृष्ट घोषित भए ।
प्रतियोगिताको विभिन्न प्रतिस्पर्धामध्ये मिस फिनल्याण्ड खेलकुद
प्रतिस्पर्धाकी विजयी भइन् । मिस
अमेरिका मल्टिमेडिया विजेता बनिन् । त्यस्तै, मिस बोस्निया एण्ड
हर्जगोभिनाले टप मोडल राउन्डको उपाधि जितिन भने मिस
स्वीडेनले वीच फेशनतर्फ पुरस्कार हात
पारिन् ।
समारोहमा बलिउड सुन्दरी ऐश्वर्य रायलाई स्पेशन २०
अवार्ड प्रदान गरियो । उनी सन् १९९४ मा मिस वल्र्ड घोषित
भएकी थिइन् ।
पति अभिषेक बच्चन र छोरी आराध्याका साथ ४१
वर्षीया सुन्दरी स्टेजमा आउदा तालीको गडगडाहट
गुञ्जिएको थियो ।
मिस वल्र्ड भएपछि उनले गरेको सामाजिक कामको सम्मानस्वरुप अवार्ड
दिइएको हो ।
निर्णायक मण्डलले मिस हंगेरी, मिस अष्ट्रेलिया, मिस साउद
अफ्रिका , मिस अमेरिका र मिस इंल्याण्डलाई अन्तिम ५ को लागि छानेका थिए ।
मिस थाइल्याण्ड पिपुल्स च्वाइस अवार्डबाट अन्तिम ५ मा छनौट
भएकी थिइन् । मोबाइल एपबाट
पाएको मतको आधारमा उनी छानिएकी हुन् ।
मिस यूनिभर्सभन्दा एक बर्षअघि सन् १९५१ बाट मिस वल्र्ड सुरु
भएको हो । यो बर्षकी उपाधि विजेता स्ट्रउस साउद
अफ्रिकाबाट मिस वल्र्ड जित्ने तेस्रो सुन्दरी हुन् । सन
१९५८ र सन् १९७४ मा साउद
अफ्रिकी सुन्दरीले उपाधि जितेका थिए ।
मिस वल्र्डको उपाधि सबैभन्दा धेरै भेनेजुयलाले ६ पटक जितेको छ भने भारत
र अमेरिकाले समान ५ पटक उपाधि जितेका छन् ।

No comments:

Post a Comment