Tuesday, 16 December 2014

स्याउको कन्टेनरमा २३ किलो सुन चालकसहित तीन जना पक्राउ

काठमाडौं/सिन्धुपाल्चोक, पुस १ - स्याउ बोक्ने कन्टेनरमा राखेर
तस्करी हुँदै गरेको २३ किलो सुन प्रहरीले
बरामद गरेको छ । चीनको खासाबाट काठमाडौं ल्याइदै गरेको सुन
भक्तपुरको जगातेमा प्रहरीले राति १२ बजे बरामद
गरेको हो ।
ना ३ ख ५०५८ नम्बरको कन्टेनरमा फल्स बटन बनाएर कालो प्लाष्टिकभित्र
सुन राखिएको प्रहरीले जनाएको छ ।
प्रहरीले कन्टेनर चालकसहित तीन
जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

No comments:

Post a Comment