Friday, 12 December 2014

के गर्छन् आमिर ?

काठमाडौ, मंसिर २६ - आमिर खानलाई पहिले पहिले
चकलेटी हिरो भनिन्थ्यो । वर्षमा एउटा फिल्म खेल्न र
निर्देशकको काममा हस्तक्षेप हुने गरेर
फिल्ममा आफ्नो भूमिकाबारे व्यापक अध्ययन गर्न
थाले, उनलाई मिस्टर पर्फेक्सनिस्ट भन्न थालियो ।
आमिर एक दुई उपाधिबाट सन्तुष्ट हुने मानिस होइनन् ।
यसैले उनी फिल्म निर्माणमा आए, निर्देशनमै उत्रिए ।
निर्माता र निर्देशकका रूपमा आफूले छानेका फिल्मले
उनलाई थप उपाधि दिलाए ।
लगान जस्तो अंग्रेज कालको क्रिकेटको कथाबाट
निर्माण थालेका उनले तारे जमिन
परजस्तो बच्चाको मनोविज्ञानमा आधारित फिल्म
बनाएर दर्शकको मन जिते । यी सबैभन्दा ठूलो उपमा उनले
थ्री इडियट्स पछि पाए । त्यो थियो, मार्केटिङ
जिनियस । यो फिल्म केही जिनियसको संगम
थियो । ती थिए, निर्माता विधु विनोद चोपडा,
निर्देशक राजकुमार हिरानी र अभिनेता आमिर खान ।
भारतको फिल्म अध्ययन संस्था फिल्म एन्ड टेलिभिजन
इन्स्टीच्युट अफ इन्डियामा फिल्म निर्देशन पढेका विधु
विनोद चोपडा र सम्पादन पढेका हिरानीको भेट
चोपडाले निर्माण तथा निर्देशन गरेको फिल्म मिशन
कश्मिरमा भएको थियो ।
यो फिल्म सम्पादन हिरानीले गरेका थिए । उनीहरूले
दोस्रो फिल्मका रूपमा बनाए, मुन्नाभाई एमबीबीएस
। यसपछिको कथा प्रायः सबैलाई थाहा छ । संजय
दत्तलाई लिएर हिरानीले दुई फिल्म बनाए ।
हिरानीलाई भारतीय दर्शकको मन
सबभन्दा गहिरोसँग छुनसक्ने
निर्देशकका रूपमा मानियो । यी दुई
मुन्नापछि हिरानीले यो कथा छोडे ।
त्यसपछिको फिल्म थ्री इडियट्समा संजय दत्त पनि छुटे,
अरशद वारसी पनि छुटे ।
यसमा प्रवेश भयो, मिस्टर पर्फसनिस्ट आमिर खानको ।
रणछोड दास श्यामल दास
चाचडको चरित्रमा उत्रिएका आमिर फिल्ममा नैतिक
शिक्षाका गुरुजस्ता थिए । तर, उनले
फिल्मको प्रचारमा जुन शैली अपनाए, यसले
बलिउडमा फिल्म प्रोमोशनको पुरै परम्परालाई
खलबल्याइदियो । हुन त आमिरले
योभन्दा अगाडिको फिल्म गजनीबाटै त्यो काम
गरिसकेका थिए । थ्री इडियट्सको कमाईको ३३
प्रतिशत आमिर, ३३ प्रतिशत विधुविनोद र अर्को ३३
प्रतिशत हिरानीले पाउने सहमति थियो ।
आमिर, चोपडा र
हिरानीको यो त्रिकोणमा पीकेमा चौथो कोणको रूपमा मिसिन
आइपुगेका छन्, संजय दत्त । सन् १९९३ मा मुम्बईमा भएको बम
विस्फोटमा हतियार
लुकाएको आरोपमा दोषी ठहरिएका संजय अहिले
जेलमा छन् । तर, यो फिल्मको केही भाग उनले जेल
जानुअघि पूरा गरेका थिए । बाकी केही बीचमा पे
रोलमा बाहिर निस्किदा सकाए ।
पीकेको प्रचारमा आमिरले पोस्टरलाई
सबभन्दा बढी प्रयोग गरेका छन् ।
फिल्मको पहिलो पोस्टरमा उनी आफू निर्वस्त्र
देखिए, खाली एउटा रेडियोले आपmनो लाज
ढाकेको अवस्थामा । यही एउटा पोस्टरले आमिर र
फिल्मलाई चर्चाको केन्द्रमा ल्याइदियो । विवाद
जतिसुकै भए पनि यसले फिल्मको प्रचारलाई नै
फाइदा पुर्यायो । थ्री इडियट्समा आमिर भेष बदलेर
हिंडेका थिए । उनले
केही महिना भारतका गाउँको गोप्य रूपमा भ्रमण गरे ।
फिल्ममा पनि अर्कैको भेषमा पढ्न
आएको चरित्रमा थिए । पीकेमा आमिरको चरित्र र
यसको कथालाई गोप्य राखिएको छ । फिल्म रिलिज
हुन साता दस दिनजति बाकी हुँदासम्म
थरिथरिका पोस्टर र केही गीत मात्र सार्वजनिक
गरिएको छ । राजस्थानी पोशाकमा आमिर र संजय
देखिएका छन् भने अनुस्का शर्मा निकै आधुनिक
युवतिको भेषमा छिन् । राजस्थानी परिवेश देखिए
पनि आमिर भोजपुरी लवजमा बोलेका छन् । कतिले
उनको चरित्रलाई एलियन भएको अनुमान गरेका छन् ।
कतिले नशामा भएको पात्रको रूपमा ।
यस विषयमा धेरै सार्वजनिक नगरिए पनि प्रोमो र
गीतबाट आमिरको चरित्र सामान्यजस्ता लाग्ने
जटील प्रश्न गर्ने सरल पात्रको रूपमा स्थापित
गरिएको छ । फिल्ममा आमिर नौ वटा विभिन्न
अवतारमा देखिने टाइम्स अफ इन्डियाले
आपmनो रिपोर्टमा लेखेको छ ।
फिल्ममा भोजपुरी बोल्ने पात्र भएकाले उनले ४
महिना लगाएर यो भाषा सिके । उनले
यो चरित्रमा अभिनय गर्दा १ हजार वटा पान
पनि खाए ।
आमिर अहिले फेरि आफ्नो पकड क्षेत्रमा आएका छन् ।
परम्परागत भारतीय मूल्य मान्यताका नैतिक कुरालाई
पुरानै शैलीमा तर रोचक बनाएर पेश गर्ने
खुबी भएका हिरानीसँग आउँदा आमिरको फिल्म
घोषणाकै बेला प्रतीक्षित बनिसकेको थियो ।
बलिउडमा आमिर एक्ला त्यस्ता स्टार हुन्, जसलाई भर
गरेर दर्शक फिल्म हेर्न जान्छन् । अन्य स्टारले पैसा कमाए
पनि त्यो गुड विल कमाइसकेका छैनन् । यसपाली संजय
दत्त, अनुश्का, सुशान्त सिंह राजपुत र वमन
इरानी पनि उनीसँग छन् ।

No comments:

Post a Comment