काठमाडौं, मंसिर २८ ।पश्चिमी वायुको प्रभावले
मौसम बदली हुँदा मुलुकभर ह्वात्तै चिसो बढेको छ ।
अरब सागरबाट पाकिस्तान, जम्मु कश्मिर हुँदै नेपाल
छिरेको पश्चिमी वायुको असरले मौसम परिवर्तन
हुँदा देशका विभिन्न भागमा वर्षा भएको मौसम
पुर्वानुमान महाशाखाले जनाएको छ ।
हिमाली भेगमा हिमपात भएको छ भने
तराईमा शितलहर चलेको छ । यस्तै,
काठमाडौं उपत्यकामा सिमसिमे वर्षा भइरहेको छ
।
पश्चिमी वायु पूर्वसम्म बिस्तार भईरहेकाले
चिसो हुनेक्रम यथावत् रहने मौसमविद्हरुले
जनाएका छन् । पश्चिमी वायुको असर
आगामी मंगलबारसम्म रहने मौसमविद् राजाराम
ढकालले जानकारी दिनुभयो ।
काठमाडौँमा गएरातिदेखि नै पानी परेको छ ।
पश्चिम नेपालका धनगढी, नेपालगञ्ज र
वीरेन्द्रनगरमा क्षणिक वर्षा भएको छ भने
देशको पूर्वी भेगमा आज बेलुकीदेखि वर्षा हुने मौसम
पूर्वानुमान महाशाखाको अनुमान छ ।
मौसममा परिवर्तन भई पानी परेपछि केही दिन
तापक्रम घट्ने र उपत्यकालगायत देशभर चिसो बढ्ने
बताइएको छ ।
आज उपत्यकाको न्यूनतम तापक्रम ९
डिग्री सेल्सियस र अधिकतम तापक्रम १५
डिग्री सेल्सियस रहने महाशाखाले जनाएको छ ।
उता, चिसो बढेसंगै
मनाङलगायतका हिमाली जिल्लाहरुमा हिमपात
भइरहेको छ ।
ताप्लेजुङमन खम्बाछेन, घुन्सा, ओलाङचुङगोला,
तोक्पेगोला र पाथीभरा क्षेत्रमा ब्यापक
हिमपात भएको छ । हिमपाका कारण त्यस
क्षेत्रमा जनजीवन प्रभावित बनेको छ । लगातार
वर्षा भएपछि देशका अधिकांश ठाउँमा उडान रद्ध
गरिएका छन् ।
Sunday, 14 December 2014
पश्चिमी वायुको प्रभावले देशभर चिसो बढ्यो, हिमाली भेगमा हिमपात
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment