झापा, मंसिर २७ । सौर्य एअरलाइन्सले शनिबार भद्रपुर–
काठमाडौं परीक्षण उडान गरेको छ । नियमित उडान
सुरु गर्नुपूर्व सौर्यले उडान परीक्षण गरेको हो ।
जेटयुक्त विमान भएका कारण अन्य
विमानको तुलनामा यसको यात्रा अवधि छोटो हुनेछ
। २७ देखि ३० मिनेटभित्र काठमाडौं–भद्रपुरको उडान
पूरा हुने सौर्य एअरलाइन्सका अध्यक्ष दीपक पोखरेलले
जानकारी दिए
।
५० सिट क्षमताको जहाजले केही समयपछि नियमित
दुईओटा उडान सुरु गर्ने जनाइएको छ ।
परीक्षण उडानका क्रममा झापाका उद्योगी,
व्यवसायीले अध्यक्ष पोखरेलसहित
कम्पनीका सदस्यलाई भद्रपुर विमानस्थलमा स्वागत
गरेका थिए ।
No comments:
Post a Comment