Friday, 26 December 2014

चीनसँगको व्यापारिक कारोबार अब युआनमा

हङकङ, पुस ११ - नेपाल र
चीनबीचको व्यापारिक कारोबार अब
चिनियाँ स्थानीय मुद्रा युआनमै गर्न सकिने भएको छ ।
यसअघि यस्तो कारोबार अमेरिकी डलरमै हुनुपर्ने
बाध्यकारी व्यवस्था थियो । चीन भ्रमणरत
नेपाल राष्ट्र बैंकका गर्भनर युवराज खतिवडा र
समकक्षी पिपुल्स बैंक अफ चाइना (पिबिओसी)
का गर्भनर झोउ चाउचुआन बीच गत मंगलबार
बेङजिङमा यससम्बन्धी सम्झौतामा हस्ताक्षर
भएको हो ।
राष्ट्र बैंकले यसका लागि एकवर्षअघि देखि नै पहल गरिरहेको थियो ।
पिबिओसी चीनको केन्द्रीय बैंक
हो । दुईपक्षीय व्यापार र
लगानी सम्बन्धी सुविधा बढाउने प्रयास स्वरुप
यस्तो सम्झौता गरिएको हो । यसले दुई मुलुकबीच हुने
कारोबारलाई अझ सहज र सरलीकरण गर्ने
भ्रमणटोलीका सदस्य राष्ट्र
बैंकका कार्यकारी निर्देशक भिष्मराज ढुंगानाले बताए ।
‘यो सम्झौताले दुई मुलुक बीचको व्यापारिक कारोबार युआनमै
गर्ने सुविधा दिएको छ’, विदेशी विनियम व्यवस्थापन
विभागका निर्देशक ढुंगानाले भने, ‘यसले पहिले डलर खरीद
गरी फेरी युआन साट्दा हुने
नोक्सानी समेत घटाउनेछ ।’ अब
नेपालमा लगानी गर्न चाहने
चिनिय“ा लगानीकर्ताले सिधै स्थानीय
मुद्रा भित्र्याउन सक्नेछन् । यसले लगानीकर्तालाई
प्रोत्साहित गर्ने ठानिएको छ ।
यसअघि नेपाली बैंकहरूले बैंक अफ
चाइना अन्तर्गतको ल्हासास्थित झाङ्गु शाखामा मात्र युआन खाता खोल्न
सक्थे । यसबाहेक अन्य
बैंकका हकमा अमेरिकी डलरमा मात्र खाता खोल्न सकिने
सुविधा थियो । पछिल्लो व्यवस्थाअनुसार नेपालका बैंकले
चीनको जुनसुकै बाणिज्य बैंकमा युआन खाता खोलेर दैनिक
कारोबार गर्न सक्ने निर्देशक ढुंगानाले जनाए । यसले दुई
मुलुकबीच व्यापार व्यावसाय बढाउन पनि ठूलो मद्दत मिल्ने
विश्वास गरिएको छ । ‘अब चीनमै
रहेको नेपाली बैंक खातामा रकम जम्मा गर्न र
एसलीमार्फत युआनमै सिधै भुक्तानी गर्न
सकिनेछ’,  ढुंगानाले प्रष्ट्याए, ‘यसले व्यापारका क्रममा हुने लेनदेनलाई
सहजीकरण गर्नेछ ।’ राष्ट्र बैंकले
केही दिनभित्रै सम्पूर्ण बैंकहरूलाई
पछिल्लो सम्झौतासम्बन्धी निर्देशन जारी गर्ने
समेत उनले बताए । सन् २०१३ मा नेपाल–चीन
बीच ७० अर्ब ८२ करोड
रुपैयाँ बढीको दुईपक्षीय कारोबार भएको छ ।
यसमध्ये निर्यात केवल २ अर्ब ४ करोड मात्र रहेको व्यापार तथा निर्यात
प्रर्वद्धन केन्द्रको तथ्यांकमा उल्लेख छ । चीनमा गरिने
कारोबार मध्येको ठूलो हिस्सा हुण्डीमार्फत
अवैधरुपमा हुने गरेको छ । स्थानीय मुद्रामा लेनदेन गर्न
सकिने भएपछि यसले अवैध हुण्डीलाई पनि निरुत्साहित
गर्ने ठानिएको छ । दुई मुलुकका नाकाहरूमा हुने गरेका व्यापार
व्यवसायमा नेपाली रुपैयाँमै
पनि भुक्तानी स्वीकार गर्ने गरिएको छ ।
यसरी संकलित रकमलाई बैधता दिनेबारे भने छुट्टै छलफल
हुनसक्ने ढुंगानाले बताए । नेपाल भ्रमणमा आउने अधिकांश
चिनियाँ पर्यटकहरू युआननै लिएर आउने गरेका छन् । पछिल्लो सम्झौताले
मुद्रा सटहीका लागि पनि बाटो सहज बनाएको ढुंगानाले बताए
। नेपालले यहाँ चिनियाँ बैंकको शाखा खोल्न लामो समयदेखि प्रस्ताव राख्दै
आएको छ । यसप्रति समेत चीन सकारात्मक
देखिएको निर्देशक ढुंगानाले बताए । ‘कुनै
चिनियाँ बैंकको शाखा वा नेपाली बैंकस“गको सहकार्यमा संयुक्तरुपमा खोल्ने
भन्नेमा संभावना अध्ययन गर्छौ भनेका छन्’, उनले भने,
‘यसमा पनि उनीहरू गम्भिर देखिएका छन्

कछुवाको गतिमा विकास, ‘थप पाए, अब कति खाए’

काठमाडौं । ‘ठेकेदारले भन्थे, छिटो गरौं, छिटो गरौं, सांसदहरुको पेलाइ छ
। अडिएछ भने जस पाइन्छ, लडेछ भने थप पाइन्छ । थप पाए, अब
कति खाए ।’ यो भनाइ हो १४ वर्षपछि निर्माणसम्पन्न
भएको सुनकोशी पुल हेर्न आएका एक
स्थानीयबासीको । गत वर्ष मध्य–
पहाडी लोकमार्ग जोड्ने सुनकोशी पुल
हावाले उडाएपछि एक वर्ष भित्रमै कस्तो पुल बनेछ भनेर हेर्न
आएका थिए
उनी ।
पुल निर्माण गर्न नै १४ वर्ष लाग्यो । तर, पुलसँगै
जोडिएका जीर्ण सडक भने कहिले बन्ने
हो अत्तोपत्तो छैन । नेपालमा विकासको गति कति सुस्त छ भन्ने
उदाहरण हो सुनकोशी पुल । विश्वलाई चिनाउने
सर्वोच्च शिखर सगरमाथाको मूख्यद्धार मानिने
सुनकोशी पुल जस्तो अत्यावश्यक पूर्वाधार बनाउन
१४ वर्ष लाग्नुले अरुण, मेलम्ची जस्ता वृहत्
आयोजना निर्माणमा अझै कति ढिलाइ होला भन्ने सहज अनुमान
गर्न सकिन्छ ।
अरुण परियोजनाको पनि वृहत् सम्भाव्यता अध्ययन २०४६ सालमै
भएको थियो । तर, तीन दशक बित्न लाग्दासमेत
परियोजनाले कहिले पूर्णता पाउने र जनताले कहिले राहत पाउने
भन्ने विषय अन्यौलमै छ । हालै मात्र ९ सय मेघावाट
क्षमताको अरुण तेस्रोको आयोजना विकास
सम्झौता (पीडीए) पारित भएको छ ।
यसअघि नै जनताले विकास सम्झौताको निरर्थकता बुझिसकेका छन् ।
उदाहरणका लागि २०७३ साल आश्विन १४ गते
मेलम्चीको पानी काठमाडौ आइपुग्र्ने
सर्तमा सम्झौता भएको थियो । तीन वर्षभित्र २१
किलोमिटर सुरुङ खनिसक्ने गरी गत
वर्षको आश्विनमा इटलियन
कम्पनी सीभिसीले
ठेक्का लिएको थियो । तर, अहिलेसम्म करिब ४ किलोमिटर काम मात्र
भएको छ । यहि गतिमा काम हुने हो भने बाँकी १७
किलोमिटर सडक खन्न अझै ८ वर्ष लाग्न सक्ने देखिन्छ ।
यस्ता कछुवा गतिका आयोजनाहरु त कति छन् कति ।
यही कछुवा गतिकै कारण धेरैभन्दा धेरै
परियोजनाहरु समयमा पूरा नहुने, आयोजना सम्पन्न हुँदासम्म
झन्डै दोब्बर बजेट सकिन्छन् । काम नगरेर समय बिताउँदै लागत
बढाउनेलाई दन्डित नगर्ने, बरु उल्टै
मन्त्रीदेखि कर्मचारीसमेत मिलेर
भेरिएसनका नाममा मूल्य बढाइ राज्यको स्रोत र साधनको दोहन
गरिरहेका छन् ।
नेपालको राजनीतिक र भौतिक पूर्वाधार बलियो नभएकैले
विकासको गति कमजोर भएको छ । शासकहरुमा आर्थिक
विकासको नीतिप्रति स्पष्ट धारणा नभएकैले
केही मन्त्री,
कर्मचारीतन्त्र र ठेकेदारहरुका लागि मिलेमतोमा पेट
भर्ने मेसोमात्र बनेको छ ।
नेपालमा विकासको कुरा गर्दा रमाइला सन्दर्भ आँखा अघिल्तिर नाच्न
आउँछन्, सयौं टनको फलामे पुल हावाको झोँक्काले उडाउँछ तर
सँगैरहेको खरको छाना केही हुन्न ।
केही वर्ष अगाडिको कुरा हो,
पुतलीसडकमा गरिएको पिच एक झर
पानीले नै स्वात्तै बगाइदियो । मन्त्रीले
संसदमा जवाफ दिए–‘पिच खराब गरिएको होइन
पानी बेइमान भैदिएको हो ।’ अझ पछिल्ला वर्षमा त
विकासका योजनाका लागि छुट्टयाइएको रकम नै खर्च हुन छाडेको छ ।
समयमा खर्च नगर्ने र वर्षात् सुरु भएपछि आर्थिक
वर्षको अन्त्यमा अन्धाधुन्ध बजेट सकाउने रोग नै लागेको छ ।
विकाससँग सम्बन्धित निकायहरु योजना आयोग, अर्थ मन्त्रालय र
विकाससम्बद्ध मन्त्रालयबीच समन्वयको अभाव
देखिन्छ । विकासप्रति जनतामा गएको नकरात्मक सन्देश हटाउन
नीति–नियम बनाएर मात्र पुग्दैन कार्यान्वयन पक्ष
समेत उत्तिकै प्रभावकारी हुनुपर्दछ ।

पेट घटाउने सबै भन्दा सजिलो उपाए

मोटोपन कसैलाई पनि मन पर्दैन। जोही पनि आफु सुन्दर देखिन
चाहन्छ । मनिसको सुन्दरता बढाउन शरिरका रहेक अङ्गको उतिकै
महत्तो हुन्छ। पेट लागेको व्यक्ति खसै आकर्ष्क देखिदैनन् । बिचार
गर्नुहोस् कतै तपाई पनि पेट लागेर तनावमा त हुनुहुन्न? यस्तो हो भने
तपाइँको लागि खुसीको खवर छ । पेट घटाउन
चाहनेहरुका लागि नयाँ वेट ट्रेनिङ विकाश भएको छ ।
अमेरिकाको हावार्ड विश्वविद्यालयको स्कुल अफ पब्लिक
हेल्थका शोधकर्ताहरुले आफ्नो अध्यनका क्रममा पेट घटाउने
नयाँ विधी विकाश गरेका हुन् जुन केवल २० मिनेटको अभ्यास
गर्दा तपाइँको पेट सहजै घट्छ । शोधकर्ताहरुका अनुसार २०
मिनेटको एरोबेटिक्स वा वेट ट्रेनिङको मद्दतले तपाइँको मसल नघटाइकन पेट
घटाउन सकिने बताएका छन् । शोधर्कताहरुले यस्तो ट्रेनिङ तथा एरोबेटिक्सबाट
उमेर घर्किसकेका मानिसले पनि पेट घटाउन सक्ने दावी समेत
गरेका छन् । शोधका क्रममा सन् १९८८ देखि २००८ सम्म ४० वा त्यस
भन्दा बढी उमेरका महिला पुरुष गरेर १० हजार
जनामा यस्तो अनुसन्धान गरिएको थियो । बीस मिनेटमा पेट घटाउने
यो विधीले धेरैलाई फाइदा गर्ने विश्वास गरिएको छ ।

अब सबैसँग हुनेछ आइफोन, आउँदैछ सस्तो मोडल

आफूसँग पनि आइफोन होस् भन्ने तपाईंको भित्रि इच्छा छ
भने अब तपाईंको इच्छा सायद पूरा हुनेछ । खबरका अनुसार
एप्पल कम्पनीले चाँडै नै एउटा यस्तो फोनको विकास
गर्दैछ जो निकै सस्तो हुने बताइएको छ । यससँगै एप्पलले
सामसुङको पाइला पछ्याएको विश्लेषकहरु बताउँछन् ।
टेक टाइम्स का अनुसार एप्पलले यो नयाँ र
सस्तो आइफोनलाई तयार गर्नको लागि काम सुरु
गरिसकेको छ । यो फोनलाई कम्पनीले एप्पल आइफोन
सिक्स एस को नाममा पेश गरिने बताइएको छ ।
यो आइफोनमा ४.७ इन्चको डिस्प्ले स्क्रिन दिइने
बताइएको छ जुन आइफोन सिक्स प्लसभन्दा निकै
सानो हुनेछ । यसका साथसाथै अर्को नयाँ ४
इन्चको स्क्रिन भएको आइफोनसमेत बजारमा भित्र्याउने
तयारी भइरहेको बताइएको छ ।
टिमोथी आर्कुरी, कोवेन एण्ड कम्पनीका विश्लेषकले
लगानीकर्ताहरुलाई एक पत्र जारी गर्दै एप्पलले सन् २०१५
का लागि आइफोन सिक्स एस मिनि नाम भएको ४
इन्चको आइफोन बजारमा भित्र्याउन सक्ने अनुमान
गरेका छन् ।
यद्यपी अहिलेसम्म आइफोन सिक्स एस र आइफोन सिक्स
एस
मिनिको मूल्यको बारेमा केहि पनि खुलासा भएको छै्रन
तर यो निकै प्रतिस्पर्धात्मक र निकै सस्तो हुने अनुमान
गरिएको छ । खबरलाई मान्ने हो भने यो सस्तो आइफोनले
सामसङ, एचटीसी, सोनी,
एलजी तथा मोटोरालाका टप मोडल र स्मार्टफोनलाई
चुनौती दिने बुझिएको छ ।

बाख्राले जन्मायो मान्छेजस्तै पाठा , प्रलय हुनसक्ने आशंका

कहिले काहि हामिले पत्याउनै नसक्ने
खालको अपत्यारीलो घटनाहरु
पनि यो संसारमा घटिरहेको हुन्छ जस्ले सबैलाई
आश्चार्य चकित पार्ने गर्दछ ।
हो यस्तै घटना घटेको छ भारतमा ।
भारतमा एउटा बाख्राले मान्छेको जस्तै
बच्चा जन्माएको खबर सार्वेजनिक भएको छ ।
त्यो पनि एउटा होइन, दुई दुई वटा कस्तो अच्चम ।
भारतको कर्नाटकस्थित मैसूर जिल्लामा पर्ने सोलेपुर
गाउँका भास्कर
नामका किसानको घरमा पालेको बाख्रीले
मान्छेकै जस्तो रुप भएका जुम्ल्याहा पाठा जन्माए
पछि मानिसहरु अचम्ममा परेका छन् ।
सो अदभुत पाठा हेर्न अन्य गाउँका मानिस समेत
त्यहा जम्मा भएका छन् । यद्यपि बाख्राले
जन्माएका जुम्ल्याहा पाठा जिउँदा भने छैनन् ।
जन्मिँदै ती पाठाहरु मरेका थिए ।
बिहान साढे ६ बजे बाख्रीले
पहिलो मरेको पाठो जन्मायो, जसको आकार
मान्छेको जस्तै थियो । त्यसको पाँच
घण्टापछि अर्को मरेको पाठी जन्मियो । उक्त
पाठीको आकार प्रकार पनि मान्छेको जस्तै
थियो ।
समाचारमा जनाए अनुसार ती पाठा पाठीका ७०
प्रतिशत रुपरंग मान्छेकै जस्तो देखिन्छ । आँखा, नाक र
मुख मान्छेकै बच्चाको जस्तो छ । खुट्टा पनि मान्छेकै
जस्ता छन् । जिउ पनि मान्छेको जस्तै सिधानै छ ।
मात्र फरक भनेको हातखुट्टामा औँलाको साटो खुर
छन् भने कान पनि बाख्रोका जस्तै छन् ।
मान्छेका जस्ता बच्चा जन्माउने बाख्रोका मालिक
भास्कर आफ्नो बाख्रोले
डरलाग्दा पाठा पाठी जन्माएपछि निकै
आत्तिएको बताइएको छ । आफूले ४
वर्षदेखि त्यो बाख्रो पाल्दै आएको र अहिलेसम्म
बाख्रोले १० वटा सामान्य
पाठोपाठी पाएको उनले जानकारी दिएका छन् ।
त्यो घटना अशुभ संकेत भएको र गाउँमा प्रलय हुनसक्ने
भन्दै कतिपयले चिन्ता समेत व्यक्त गर्ने गरेका छन् भने
जुम्ल्याहा पाठा हेर्ने आउने मानिसको ठुलो भिड
लागेको छ । कतिपय गाउँलेहरुले
ती मरेका पाठापाठीलाई तत्कालै गाड्न सल्लाह
दिएका समेत छन् । तर भास्करले भने आखिर के कारणले
त्यस्तो भयो भन्ने कुराको परीक्षण गरेपछि मात्र
पाठापाठी गाड्ने बताएका छन् ।
विज्ञहरुका अनुसार वंशाणुगत विकृति अर्थात्
इन्फेक्सनका कारण
त्यस्तो पाठापाठी जन्मिएको हुनसक्ने बताइएको छ

Thursday, 25 December 2014

युरोपबाट नेपाल जान हवाइ भाडा तेब्बर वृद्धि

लन्डन , पुस १० - यतिखेर सर्वत्र क्रिसमस र
अंग्रेजी नयाँ वर्षको माहोल छ । स्कुल कलेज एवं
विश्वविद्यालयमा समेत अहिले जाडो विदा भएकाले
यही मौका छोपी एयरलाइन्स्
कम्पनीले भाडा तेब्बर वृद्धि गरेका छन् ।
सामान्यतया नेपाल जान पाँच सय पाउण्ड पर्ने टिकट मुल्य यो 'फेस्टिभ
सिजन' मा १६ सय पाउण्डसम्म
पुगेको नेपाली व्यवसायीले बताएका छन् ।
'एयरलाइन्स्हरुको हाइ यिल्ड जेनेरेट (बढी मुनाफा) गर्ने
बेला नै यही हो,' लन्डनस्थित एउटा व्यस्त ट्राभल
एजेन्सी ट्राभल कन्सोलका प्रवन्ध निर्देशक विराज भट्ट
भन्छन्, 'नेपाल जाने सिधा उडान नभएपनि एयरलाइन्सका नेटवर्क व्यस्त
हुने भएर चाडपर्वका बेला भाडा महँगो पर्न जान्छ ।'
युरोपबाट नेपालीहरुको रोजाइ विशेषगरि जेट, कतार, टर्किस्,
ओमान, इत्तेहाद एयरवेज र एयर इण्डिया छ । डिसेम्बर दुई
साता क्रिसमस, नयाँ वर्ष र जाडो विदा, फेब्रअरी दुई
साता बच्चाहरुको स्कुल विदा (हाफ टर्म), अप्रिल मार्च दुई साता इष्टर
होलिडे, मे हाफ टर्म, जुन देखि अगष्टसम्म ६ साता समर होलिडे र
अक्टोबर एकसाता हाफ टर्मका बेला भाडा दोब्बर तेब्बरसम्म हुने
व्यवसायीको अनुभव छ ।
जाँदा भाडा सस्तो (लो) भएपनि सेप्टेम्बर पहिलो साता स्कुल सुरु हुने
बेला र क्रिसमस होलिडे मनाउन जानेहरु
जनवरी पहिलो साता (१० तारिखसम्म)
एकैचोटी र्फकंदा भाडा महँगो पर्न जाने
व्यवसायी बताउँछन् ।
उल्लेखित विदा छलेर अफ सिजनमा टिकट बुक गरे भाडा सस्तो पर्ने बताउँछन्
व्यवसायी । यात्राको टुंगो लागेपछि ६-७ महिना अगाडि नै बुक
गरे धेरै सस्तो हुने भट्टले जनाए ।
देउराली ट्राभल्स्का निर्देशक आशिष पन्त
भाडा बढ्नुमा नेपालको रनवे क्षमता र विमानस्थलको अवस्था पनि कारण
देख्छन् । 'माग बढे पनि एयरलाइन्सहरुले एकैचोटी धेरै
यात्रु बोक्ने ठूला विमान लान नसक्दा भाडा बढेको छ,' पन्तले भने, 'ओमान र
टर्किसले कुहिरोमा पनि ल्याण्ड गर्न मिल्ने एन्टी फोग
सिस्टमयुक्त अत्याधुनिक र ठूला विमान नेपाल लान खोजे
पनि सकिरहेका छैनन् ।'
बेलायतमा लाख भन्दा बढि नेपाली रहेका र युरोप अमेरिकाबाट
बेलायत हुँदै नेपाल जाने
विदेशी पर्यटकहरुको संख्या वर्षेनी करिब
डेढ लाख रहेको अनुमान छ । सन् २०१४ मा विश्वभरका हवाइ
यात्रुहरुबाट ६ सय बिलियन डलर राजश्व संकलन भएको एक तथ्यांक छ

Friday, 19 December 2014

सावधान ! इन्टरनेट दुर्व्यसनीको संख्या बढ्दै (भिडियोसहित)

काठमाडौं, पौष ५ । सूचना प्रविधिको पहुँचसँगै
इन्टरनेट दुर्व्यसनीको संख्या बढ्दो छ ।
इन्टरनेटको अत्यधिक र अनावश्यक प्रयोगले
मानसिक रोगीहरुको संख्या पनि बढ्दै
गएको देखिएको छ ।

Thursday, 18 December 2014

भारतद्धारा जीएसएलबी एमके ३ नामको अन्तरिक्ष यान प्रक्षेपण

काठमाडौं, पौष ३ । भारतको अन्तरिक्ष
अनुसन्धान केन्द्रले अन्तरिक्ष यान प्रक्षेपण गरेको छ
। ‘जीएसएलबी एमके थ्री’ नामको अन्तरिक्ष यान
भारतको आन्द्रप्रदेशबाट श्रीहरिकोटास्थित
अन्तरिक्ष केन्द्रमा प्रक्षेपण गरिएको भारत
सरकारले जनाएको छ ।
२५ ओटा इन्जिन भएको उक्त यानको उचाई ४३
दशमलव ४३ मिटर छ भने यसको तौल ३ दशमलव ६५ टन छ
। यस यानका लागि
१ अर्ब ४० करोड भारतीय रुपैयाँ खर्च
भएको बताइएको छ ।
भारतले जीएसएलबीको सफल परीक्षणले
नयाँ उर्जा थपिएको जनाएको छ । (एज

प्रतिस्पर्धाको आधारमा विद्युत आयोजना निर्माण

काठमाडौ, पुस ४ - ऊर्जा मन्त्रालयले पहिला आवेदन
दिनेलाई प्राथमिकता दिने व्यवस्था हटाएर
प्रतिस्पर्धाका आधारमा जलविद्युत्
आयोजनाको अनुमतिपत्र दिने व्यवस्था लागू गर्ने
भएको छ ।
मन्त्रालयले विद्युत् ऐन संशोधन तथा एकीकरण
गरी यस्तो व्यवस्था गर्न लागेको हो । 'जलविद्युत्
आयोजनाको अनुमतिपत्र
प्रतिस्पर्धाका आधारमा प्रदान गर्ने व्यवस्था ऐनबाटै
गर्न लागेका छौँ,' ऊर्जा सचिव राजेन्द्रकिशोर
क्षेत्रीले कान्तिपुरलाई भने । उनका अनुसार हाल
अभ्यासमा रहेको जलविद्युत् आयोजना सर्वेक्षण
अनुमतिपत्रसम्बन्धी व्यवस्था पनि ऐनबाट हटाइनेछ ।
सीधै उत्पादन अनुमतिपत्र जारी गर्ने व्यवस्था लागू गर्ने
तयारी भइरहेको छ ।
पुसभित्रै विद्युत् ऐनको मस्यौदा संसद्मा पेस गर्ने
तयारी मन्त्रालयको छ ।
त्यसमा यस्तो व्यवस्था गरिएको हो ।
मस्यौदामा भएको व्यवस्थाअनुसार उत्पादन
अनुमतिपत्र जसले पाउँछ उसैले जलविद्युत्
आयोजनाको सर्वेक्षण गर्नुपर्छ ।
हालको व्यवस्थाअनुसार विद्युत् विकास विभागले
सर्वेक्षण अनुमतिपत्र जारी गर्छ ।
त्यस्तो अनुमतित्रको अवधि तीनपटक नवीकरणसहित
बढीमा पाँच वर्षको हुने व्यवस्था छ । त्यस्तै सर्वेक्षण
सकेपछि वा सर्वेक्षण अनुमतिपत्रको अवधि बहाल रहँदै
विभागले उत्पादन अनुमतिपत्र जारी गर्छ । उत्पादन
अनुमतिपत्रको अवधि पनि आयोजनास्थलमा भएको कार्यप्रगतिका आधारमा हरेक
वर्ष नवीकरण गर्नसक्ने व्यवस्था छ । यो व्यवस्थाबाट
गलत नियतका प्रवर्द्धकले फाइदा लिई
'झोलामा खोला' राख्ने प्रवृत्ति देखिएको छ ।
त्यसलाई निरुत्साहित गर्न
मन्त्रालयले ऐनमा यस्तो व्यवस्था गर्न लागेको हो ।
त्यस्तै मन्त्रालयले उत्पादन, खरिद र वितरणमा विद्युत्
प्राधिकरणको एकाधिकार तोड्ने भएको छ ।
त्यसका लागि मन्त्रालयले छुट्टै गि्रड
कम्पनी स्थापना गर्न अर्थसँग एक अर्ब ५०
करोडको सहमति पनि लिइसकेको छ । 'गि्रड
कम्पनी खोल्न एक अर्ब ५० करोड विनियोजन गर्न अर्थ
मन्त्रालयसँग सहमति लिइसकेका छौँ,'
संसद्को कृषि तथा जलस्रोत समितिको बिहीबार
बसेको बैठकमा सचिव क्षेत्रीले भने, 'यो कम्पनीअन्तर्गत
मुलुकको सम्पूर्ण प्रसारण लाइन रहनेछ ।

सोलुखुम्बुमा ५.९ म्याग्निच्युडको भूकम्प, काठमाडौंमा पनि धक्का

काठमाडौ, पुस ३ - सोलुखुम्बुमा बिहीबार राति ५.९
म्याग्निच्युडको भूकम्प गएको छ ।
सोलुखुम्बुको दोलखा सिमाना क्षेत्रमा राति ९ बजेर १७
मिनेटमा गएको भूकम्पको धक्का काठमाडौंसहित देशभर महसुस
गरिएको थियो । यूएस जिओलोजिकल सर्भेका अनुसार सोलुखुम्बुको नाम्चे
बजारदेखि २३ माइल पच्चिमस्थित मार्बु भन्ने स्थानमा केन्द्र भएर भूकम्प
गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार झण्डै १२ मिनेटसम्म
भूकम्पको धक्का महसुस गरिएको थियो ।
भूकम्प महसुस भएपछि राजधानीसहित देशका विभिन्न
स्थानमा सर्वसाधारण घरबाहिर निस्किएका थिए ।
काठमाडौंमा चिसोको समयमा सर्वसाधारण हतारिँदै घरबाहिर निस्किएका थिए ।
प्रहरीले भूकम्पले कुनै पनि भौतिक र
मानवीय क्षतिको समाचार नआएको जनाएको छ ।
भूकम्पले नेपालसहित चीन र
भारतमा केही भागमा पनि धक्का महसुस भएको समाचार
एजेन्सीहरुले जनाएका छन् ।
आजतकका अनुसार स्थानीय समयअनुसार राति ९ बजेर ३
मिनेटमा बिहारको राजधानी पटना, दरभंगा, मुजफ्फरपुर,
मधुबनी र सुपौल क्षेत्रमा भूकम्पको धक्का महसुस
गरिएको थियो । त्यहाँ ५ देखि ६ सेकेन्डसम्म भूकम्प गएको थियो ।

बोकोहरामसँग युद्ध लड्न नमानेपछि ५४ सैनिकलाई मृत्युदन्ड

काठमाडौं, पौष ३ । नाइजेरियाको एक सैन्य अदालतले ५४ जना सैनिकलाई
मृत्युदन्डको सजाय सुनाएको छ । आतंकवादी संगठन
बोकोहरामसँग युद्ध लड्न
नमानेको आरोपमा उनीहरुलाई मृत्युदन्डको सजाय
सुनाइएको हो ।
विद्रोह र लडाइँको मैदानबाट
भागेको आरोपमा दोषी ठहरिएकाले
उनीहरुलाई सजाय दिइएको त्यहाँको सैन्य
अदालतले जनाएको छ ।
यसै वर्षको अगस्टमा बोकोहरामले
नाइजेरियाका तीन सहरमा कब्जा जमाएका थिए ।
ती सहरलाई बोकोहरामबाट मुक्त
गराउनेक्रममा सैनिकहरु युद्धमा जान नमानेको सैन्य अदालतले
जनाएको छ । पाँच जनालाई भने निर्दोष रहेको भन्दै रिहा गरिएको छ

सैनिकहरुले भने
आफूहरुको भन्दा बढी संख्यामा बोकोहरामका लडाकू
रहेकाले मैदान छाड्नुपरेको बताएका छन् । (एजेन्सी)

Wednesday, 17 December 2014

होमवर्क नगरि स्कुल जाँदा बालकले सजायमा पाए मृत्य

नयाँ दिल्ली – विद्यालयमा होमवर्क
नगरी जाँदा पाइने सजाय के होला ? विद्यार्थीहरुलाई
कुखुरा बनाउनु, कक्षाकोठाबाट बाहिर निकाल्नु
अथवा कान समातेर उठबस गराउनु सामान्य कुरा हो । तर
कुनै शिक्षकले विद्यार्थीले होमवर्क
नगर्दा सजायँमा ज्यान नै लिने कुरा त कसैले सोच्नै सक्दैनँ ।
तर कसैले नसोचेको यो कुरा यसपटक सम्भव भएको छ ।
भारतको बरेलीमा अवस्थित एउटा विद्यालयको घटनाले
पूरै शिक्षा जगतमा हलचल मच्चाएको छ ।
जानकारीका अनुसार एक बालकले होमवर्क
नगर्दा डीएसआर ग्रुप अफ स्कुलका एक शिक्षकले यसरी पिटे
कि उक्त बालकको उपचारको क्रममा मृत्यु भएको छ ।
पुलिसले आरोपित शिक्षकको नाम भने सार्वजनिक
गरेको छैन । पोष्टमर्टम रिपोर्ट
आइसकेपछि ती शिक्षकविरुद्ध कारवाही सुरु गरिने
पुलिसले जानकारी दिएको छ ।
शिक्षकले बालकलाई थप्पड
हान्दा ती बालकको टाउको भित्तामा ठोक्किँदा बाल
भएको बालकका परिवारका सदस्यले आरोप लगाएका छन्
। पुलिसमा मुद्दा दर्ता हुन नपाउँदै आरोपित शिक्षक
फरार रहेको बताइएको छ । आक्रोसित
परिवारका सदस्य र स्थानीयले स्कूल तोडफोड गरेका छन्
। (एजेन्सी)