Saturday, 14 March 2015

आईसीआरसीले खोल्यो मदन भण्डारी र राजपरिवार हत्या काण्डको रहस्य

नेकपा एमालेका तत्कालीन महासचिव कमरेड मदन भण्डारीको रहस्यमय जिप दुर्घटनाबाट भएको हत्याको खुलासा हुन थालेको छ । अन्तर्राष्ट्रिय अपराध रिसर्च सेन्टर ‘आइसीआरसी’ले २०५० साल जेठ ३ गते दासढुंगामा जिप दुर्घटनामा भएको उनको हत्याको खुलासा गरेको हो | सो समय भण्डारीसँगै जीवराज आश्रितको हत्या भएको थियो ।

जिप दुर्घटना गराउन संलग्न चालक अमर लामाको माओवादी जनयुद्धकालमा माओवादीद्वारा कीर्तिपुरमा गोली हानी हत्या गरिएपछि यो घटना झन् रहस्यमय र चासोको विषय बनेको छ । कमरेड मदन भण्डारीको हत्या भारतीय गुप्तचर संस्था ‘रअ’ र सीआईएको संयुक्त अप्रेसन युनिटले गरेको कुरा अन्तर्राष्ट्रिय अपराध रिसर्च सेन्टर (आईसीआरसी) मार्फत् ‘मिसन फायर’ काठमाडौँ नक्सालस्थित आन्तरिक गुप्तचर एजेन्सीका मिनिष्टर स्टेशन प्रमुख समिर मुखियाले ‘मिसन फायर’ को रिपोर्टमा उल्लेख भएको हवाला दिँदै बताएका छन् ।

मदन भण्डारीको हत्या दक्षिण एसियामा सशक्त कम्युनिष्ट नेता मात्र नभई चीन टुक्र्याउन खोज्ने अमेरिकी शक्तिको बाधक र राष्ट्रवादी नेता भएकाले गरिएको खुलासा भएको छ । पछिल्लो समय राष्ट्रियताका सवालमा स्व. राजा वीरेन्द्र र मदन भण्डारी एक भएकाले भारतलाई टाउको दुःखाइ बन्दै गएको थियो । जनताको बहुदलीय जनवादका संस्थापक नेता भण्डारीका कारण भारत र अमेरिकाले सोचे जस्तो नेपालमा हस्तक्षेप बढाउन सकेका थिएनन् । भण्डारी र राजा वीरेन्द्रलाई बाटोबाट हटाउन सके नेपालमा आफ्नो स्वार्थपूर्तिको बाटो खुल्ला हुने सोचमा मदन भण्डारी र राजा वीरेन्द्रको आठ वर्षको फरकमा हत्या गरिएको छ । भण्डारीको हत्या २०५० जेठ ३ मा भएको छ भने राजा वीरेन्द्रको २०५८ जेठ १९ मा गरिएको छ । राजा वीरेन्द्रको हत्यामा छोरा दीपेन्द्रलाई प्रयोग गरिएको छ भने मदन भण्डारीको हत्यामा चालक अमर लामाको प्रयोग गरिएको छ ।

अन्तर्राष्ट्रिय अपराध रिसर्च सेन्टरको उल्लिखित प्रतिवेदनअनुसार अमर लामालाई माओवादी जनयुद्ध सुरु हुनु दुई वर्ष पहिले नेकपा माओवादीको संयुक्त जनमोर्चा नेपालमा योजनाबद्ध ढङ्गले प्रवेश गराई हत्यामा प्रयोग गरिएको थियो । लामालाई माओवादीले मदन भण्डारीको सबैभन्दा निकट र आन्तरिक भेद थाहा पाउन सक्ने व्यक्तिको रूपमा प्रचण्डमार्फत् प्रयोग गरेको उल्लेख गरिएको छ । मदन भण्डारीलाई किनारा नलगाई माओवादी स्थापित हुन नसक्ने विश्लेषणका आधारमा ‘सीआईए’ र ‘रअ’ ले प्रचण्डमार्फत् यो प्रयोग गरिएको रिपोर्टमा उल्लेख छ । अमर लामालाई माओवादी नेतृत्वले दिएको प्रलोभन मुताबिक माओवादी जनयुद्धकालमा कुनै जिम्मेवारी नदिएपछि अमर लामा मदन भण्डारीको हत्याको रहस्य खोलिदिने भन्दै माओवादी संस्थापन पक्षलाई ‘ब्लाकमेलिङ’ गर्न थालेपछि उनको हत्या गरिएको हो भनी रिपोर्टमा उल्लेख गरिएको छ ।

स्मरणीय कुरा के छ भने नेपालको माओवादी जनयुद्ध भारतीय गुप्तचर संस्था ‘रअ’ को योजनामा भएको कुरा अबका दिनमा घाम जत्तिकै छर्लङ्ग छ । प्रचण्ड युरोपियन युनियनमार्फत् सीआईएका लागि र बाबुराम भट्टराई ‘रअ’ का लागि कार्यरत छन् भन्ने कुरा उनीहरूको विदेशी गुप्तचर संस्थाहरूसँगको संस्थागत सम्बन्धले पनि स्पष्ट पार्दछ । मननयोग्य कुरा के छ भने अमर लामाको मुद्धा मानवअधिकार सङ्गठनका नाममा ऋषिकेश शाहले हेरेका थिए । ऋषिकेश शाह स्वयम् सीआईएका लागि काम गर्दै आएका व्यक्तित्व हुन् । माओवादी जनयुद्धताका माओवादीसँग सम्पर्कको माध्यम मानव अधिकारवादी संस्थाहरू नै बढी उपयोगमा थिए । आज पनि मानव अधिकारवादी संस्थाका नाममा थुप्रै सङ्गठनहरू सीआईएका लागि नेपालमा कार्यरत छन् । ऋषिकेश शाहको प्रचण्ड र बाबुराम भट्टराईसँग निकट सम्बन्ध थियो ।

कमरेड मदन भण्डारीले २०४८ सालताका राजा पनि एउटा शक्ति हुन् भन्ने खुलासा गर्दै राष्ट्रियताका सवालमा राजा वीरेन्द्रसँग निकट हुन थालेपछि उनीमाथि विदेशी गुप्तचर संस्थाहरूको वक्रदृष्टि परेको थियो । भण्डारीको हत्यापछि राजा वीरेन्द्र निकै शोकाकुल र स्तब्ध भएका थिए । राजा वीरेन्द्र्रले भण्डारीको कथित जिप दुर्घटना सम्बन्धमा संवेदना प्रकट गर्नुका साथै मनमोहन अधिकारीसँग भण्डारीको मृत्युप्रति जिज्ञासा राख्दै ‘यो घटना रहस्यपूर्ण छ भन्दै आफ्नै परिवारको सदस्य गुमाएको अनुभूति भइरहेको’ बताउनुले पनि राजा वीरेन्द्र र मदन भण्डारीबीचको आन्तरिक सम्बन्ध मजबुत बन्दै गएको र राजा वीरेन्द्र मदन भण्डारीसँग मिलेर मुलुकमा कुनै ठुलै परिवर्तनको तयारीमा थिए भन्ने तथ्यहरू पनि सार्वजनिक भएको छ । राजा वीरेन्द्र र भण्डारीको निकटतालाई भारत र अमेरिकाले रुचाएको थिएन । राजा वीरेन्द्रको हत्या भारतीय गुप्तचर संस्था ‘रअ’ र ‘सीआईए’ को ‘ज्वाइन्ट अप्रेशन’ मा २०५८ साल जेठ १९ गते भएको कुरा धेरै तथ्याङ्कहरूबाट प्रमाणित भइसकेको छ ।

चिनियाँ गुप्तचर एजेन्सी ‘गुयानाउ’ र नेपाल विशेषज्ञ प्रोफेसर व्हाङ्गले राजा वीरेन्द्रको हत्या राजनीतिक षड्यन्त्र भएको खुलासा गरेका छन् । राजा वीरेन्द्रको हत्या राजिव गान्धी हत्या प्रकरणमा राज परिवारलाई जोडेर जैन आयोगको रिपोर्टका आधारमा बदलाको भावले ‘रअ’ ले ‘सीआईए’ सँगको मिलेमतोमा गरेको थियो । यसका अलावा राजा वीरेन्द्रले लिएको राष्ट्रियताको अडान, चीनसँग लिएको सैन्य सामग्री, नागरिकता, शान्ति क्षेत्र नेपालको प्रस्ताव, जलस्रोतलगायत महत्वपूर्ण विषयलाई ध्यान राख्दै चीनलाई दक्षिण एसियामा शक्तिशाली बन्न नदिन चीन टुक्र्याउने रणनीतिअनुरूप भारतीय र अमेरिकी स्वार्थ मिलेको हुनाले यो हत्या गराइएको थियो । यसमा सबैभन्दा अगाडि मदन भण्डारी अवरोध बन्न सक्छन् भन्ने विश्लेषणका आधारमा एमाले कमजोर बनाउन भण्डारीको हत्या २०५० सालमा गराइयो भने ठिक त्यसको दुई वर्षपछि अर्थात् २०५२ सालबाट माओवादी जनयुद्धको विजारोपण गरियो । माओवादी जनयुद्ध उत्कर्षमा पुगेपछि राजा वीरेन्द्र र माओवादीभित्रको राष्ट्रवादी शक्ति एक ठाउँमा उभिनै लाग्दा राजा वीरेन्द्रको वंशविनाश गराइयो । पछिल्लो चरणमा आएर माओवादी स्पष्ट रूपमा विभाजित गराइयो ।

Tuesday, 3 March 2015

इलाममा ३ सय ७ जना विद्यार्थीहरु एसएलसी दिनबाट बञ्चित  ।

लाम, १९ फागुन, आगामी चैत ५ गतेदेखि हुन लागेको एसएलसी परीक्षामा ७५ प्रतिशत हाजिरी नपुगेका इलामका ३ सय ७ जना विद्यार्थीहरु परीक्षा दिनबाट बञ्चित भएका छन् । जिल्ला शिक्षा कार्यालय इलामले दिएको जानकारी अनुसार, एक शैक्षिक सत्रमा ७५ प्रतिशत हाजिरी नपुर्याएकाले उनीहरु परीक्षा दिन बञ्चित भएका हुन् ।

शिक्षा नियमावली अनुसार अनिवार्य शतप्रतिशत हाजिर पुगेकालाई मात्र एसएलसी परीक्षामा सामेल गर्न दिने नियम रहेकोले हाजिर नपुगेका तथा तोकिएको राजश्व नतिर्ने विद्यार्थी परीक्षा दिनबाट बञ्चित भएका हुन् । शिक्षा कार्यालय इलामका प्राविधिक सहायक अम्बिकाप्रसाद खनालका अनुसार विद्यार्थीहरुको लापरर्वाही तथा अभिभावकको गैर जिम्मेवारीका कारण उनीहरुले परीक्षा दिनबाट बञ्चित हुनुपरेको बताइएको छ । शिक्षा कार्यालयले जिल्लाका सबै स्रोत व्यक्ति, विद्यालयका प्रधानाध्यापकलाई शिक्षा ऐनमा उल्लेख गरिएको नयाँ व्यवस्थाबारे पटक/पटक जानकारी गराउँदै आएको भए पनि ३ सय ७ जनाले भने यस वर्ष परीक्षा दिनबाट बञ्चित भएको बताइएको छ । 

 त्यस्तै चैत ५ गतेदेखि हुने एसएलसी परीक्षाको करिव ८० प्रतिशत कार्य सम्पन्न भइसकेको कार्यालयले जनाएको छ । यस वर्षको एसएलसी परीक्षामा ६ हजार ९ सय ८२ जना सामेल हुने छन् । जसमा एक्जाम्टेड तर्फ ३ हजार १ सय ८९ जना, नियमित तर्फ ४ हजार १ ले आवेदन दिएकोमा ३ सय ७ जना विद्यार्थी परीक्षा दिन वञ्चित भएपछि ३ हजार ७ सय ९३ जनाले मात्र एसएलसी परीक्षा दिन पाउने भएको प्राविधिक सहायक खनालले जानकारी दिनुभयो । 

 यस्तै खुल्ला परीक्षा तर्फ ७५ जना नियमित तथा १३ जना एक्जाम्टेड रहेका छन् । बरवोटेको अमर उच्च माविमा प्राविधिक शिक्षा अन्तर्गत कम्प्युटर शिक्षा अध्ययन गर्ने २६ जना विद्यार्थीले एसएलसी परीक्षा दिने छन् । शिक्षा कार्यालयले ३० वटा परीक्षा केन्द्र निर्धाण गरिसकेको छ । ती निर्धारण भएका केन्द्र मध्ये सबैभन्दा ठूलो परीक्षा केन्द्र जनता उमावि चुलाचुली रहेको छ । उक्त माविमा ३ सय ५८ जनाले परीक्षामा सामेल हुने जनाइएको छ । सबैभन्दा सानो परीक्षा केन्द्र सूर्योदय नगरपालिकाको कन्याम स्थित कृष्ण आश्रम उच्च मावि रहेको छ । त्यहाँबाट १ सय २८ जना परीक्षामा सामेल हुने भएका छन् । 



Thursday, 26 February 2015

रूसले नेपाललाई भन्यो : ५७ वर्षअघि दिएको ११ लाख ६० हजार डलर ऋण तिर

काठमाडौ, १४ फागुन : सोभियत संघ रूसले
नेपाल सरकारसँग आफूले दिएको ११ लाख ६० हजार
डलर ऋण तिर्न आग्रह गरेको छ । रूसले यसरी किन
यति सानो रकम माग्यो भन्नेबारे
केही खुलाएको छैन् । नेपाललाई ५७
वर्षअघि दिएको ऋण माग्नुलाई निकै
अनौठो मानिएको छ ।
तर, रूसको अहिले आर्थिक अवस्था निकै
खस्किएको कारण उक्त ऋण फिर्ता मागेको अनुमान
गरिएको छ । रूसको आर्थिक अवस्था निकै
खस्किएपछि उसले पहिला अन्य देशहरूलाई
दिइएका ऋण रकमहरू मागेर देश चलाइरहेको बिजनेस
इनसाइडर डट कमले जनाएको छ ।
नेपाल र रूसबीच सम्बन्धको सुरूवात सन् १९५६
भएको थियो । नेपालको रूससँग सम्बन्धको सुरूवात
भएको तीन वर्ष अघि नै अमेरिकाले
नेपालमा दुतावास खोलेको थियो ।
सन् १९५८ जुनमा राजा महेन्द्र शाहले स्विकार गरेर
लिइएको उक्त ऋण अहिलेका बित्तीय मन्त्रीले तिर्न
आग्रह गरेका हुन् ।
रूसले किन यसरी ऋण फिर्ता माग्यो भन्नेमा अझै
पनि प्रष्ट थाहा भएको छैन् । रूस नेपालभन्दा निकै
धनी छ । सन् २०१३ का अनुसार
रूसको प्रतिव्यक्ति आय १४ हजार ६ सय डलर
थियो भने नेपालको मात्र करिब ७ सय डलर थियो ।
रूसले आफ्ना ऋणीहरूसँग यसरी पैसा माग्नुलाई
रूसको आर्थिक अवस्था निकै कमजोर भएको र
ऋणीहरूबाट ऋण चुक्ता गर्न माग गर्दै देशको अर्थतन्त्र
चलाउन थालेको हुन सक्ने अनुमान गरिएको छ ।
रूसको आर्थिक संकट पेट्रिलियम
पदार्थको मूल्यमा आएको ह्रासका कारण हुन सक्ने
बताइएको छ । पछिल्लो समय निकै कम
भएको पेट्रिलियम पदार्थको मूल्यका कारण रूस
एकाएक आर्थिक संकटमा फसेको बताइएको छ ।
यो महिनाको सुरूवातमा पनि रूसका राष्ट्रपति
भ्लादिमिर पुटिनले युक्रेनसँग ऋण चुक्ता गर्न आग्रह
गर्दै रूसलाई आफ्नो आर्थिक संकट
टार्नका लागि पैसाको आवश्यकता रहेको बताएका
थिए ।

स्वाइन फ्लू : रोग कम डर बढी ।

काठमाडौं- यतिबेला देशका विभिन्न जिल्लामा स्वाइन फ्लू भनेर चिनिने रोग इन्फ्लूएन्जा ए पोजेटिभ भाइरस (एच १ एन १)का बिरामी देखिन थालेपछि नेपालीलाई यो रोगको डरले सताउन थालेको छ।

हरेक दिन स्वाइन फ्लूका नयाँ बिरामी भेटिएको खबर बाहिर आइरहँदा आम नागरिकमा स्वाइन फ्लूको डर झन् फैलिँदै गइरहेको छ। तर चिकित्सकहरूले यसलाई सामान्य रुघाखोकी भएकाले आत्तिनुनपर्ने बताइरहेका छन्। स्वाइन फ्लूको बारेमा पर्याप्त जानकारी दिन नसक्दा आम नागरिकहरूमा यो कुनै ठूलै रोग हो कि भन्ने भ्रम रहेको चिकित्सकहरूको भनाइ रहेको छ।

स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बाबुराम मरासिनीका अनुसार सामान्य रुघाखोकी, घाँटी दुख्दा र उच्च ज्वरो आउ"दैमा स्वाइन फ्लू हुने होइन। उनले स्वाइन फ्लू पनि अन्य मौसमी रुघाखोकीजस्तै सामान्य समस्या भएकाले आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताए।

'सामान्य रुघाखोकी भइसक्दा पनि स्वाइन फ्लू मानिसहरूमा रोग भन्दा पनि बढी डर भएको छ,' उनले भने, 'यो अन्य साधारण रुघाखोकीभन्दा फरक छैन। तर, मानिसहरूमा रहेको फियर फ्लू (डरको त्रास)ले यसलाई ठूलै रोग हो भन्ने भ्रम रहेको छ।' उनले अन्य रुघाखोकीको समस्यामा जस्तै यसमा पनि झोल खानेकुरा खाएर एक हप्ता आराम गर्ने हो भने आफैँ निको भएर जाने बताए।

विश्व स्वास्थ्य संगठनले पनि यसलाई सामान्य मौसमी रुघाखोकीका रूपमा सन् २०१० मै प्रमाणित गरेपछि यसको नामै परिवर्तन भएर एच वान एन वान भाइरसको संक्रमणबाट सर्ने सरुवा रोग भएको हो। मौसम परिवर्तन सुरु भएलगत्तै मानिसलाई रुघाखोकी लाग्ने तथा ज्वरो आउने समस्या आमरूपमा देखिने गरेको छ। तर, यही समयमा उपत्यकालगायत देशका अन्य स्थानमा पनि मौसमी रुघाखोकीकै जस्तो लक्षण भएको स्वाइन फ्लू संक्रमण पनि देखिएपछि मानिसहरूमा ठूलै डर फैलिरहेको छ।

डा. मरासिनीका अनुसार पछिल्ला केही दिनयता स्वाइनफ्लूको संक्रमण भएका खबर बाहिरीएपछि प्रयोगशाला तथा अस्पतालहरूमा स्वाइन फ्लूको आशंकामा परीक्षण र उपचारका लागि जाने क्रम बढिरहेको छ। 'यो सबै मानिसहरूमा रहेको डरको कारणले नै हो,' उनले भने, 'साधारण रुघाखोकी भएकाले यसलाई डरलाग्दो रोगका रूपमा लिनुपर्ने अवस्था छैन। यो जुनसुकै ठाउँमा सर्ने गर्छ, तर यसको प्रभाव भने निकै कम हुने गरेको छ।' उनका अनुसार विश्व स्वास्थ्य संगठनले यसलाई सामान्य मौसमी रुघाखोकीका रूपमा प्रमाणित गरिसकेकाले चिकित्सकहरूले पनि साधारण रुघाखोकीको जस्तै यसमा पनि आराम र अरूलाई सार्न नदिन मास्क लगाउन, भीडभाडमा नजान र घरमै आराम गर्न सुझाव दिँदै आइरहेका छन्।

उनले आम नागरिकसँगै अझै पनि धेरै स्वास्थ्यकर्मीमा स्वाइन फ्लूका बारेमा अन्योल र त्रास रहेको भन्दै सचेतना जरुरी रहेको बताए। उनले गम्भीर प्रकृतिका लक्षण देखिए वा केही दीर्घरोग छ भनेमात्र अस्पताल जानुपर्ने, होइन भने आरामकै भरमा यो समस्या समाधान हुने बताए।

चिकित्सकहरूका अनुसार पान्डमिक इन्फ्लूएन्जा एच वान एन वान रोगले ९९ प्रतिशत मानिसमा मन्द प्रकृतिको रुघाखोकी र एक प्रतिशतमा मात्रै गम्भीर असर गर्छ। रोगीको सम्पर्कमा आएका प्रत्येक तीनजनामा एक बिरामी हुन्छन्। १० मा एकजनामा इन्फेक्सन हुन्छ। प्रति १० हजारमा चारदेखि १० जनाको मृत्यु हुन्छ।

सामान्य रुघाखोकीमा जस्तै यो रोगमा पनि ज्वरो आउने, जिउ दुख्ने, खोकी लाग्ने, घाँटी दुख्ने, झाडापखाला हुने, नाकबाट पानी बग्ने लक्षण हुन्छ। इन्फ्लूएन्जाका समस्यामा श्वासप्रश्वासमा अप्ठ्यारो हुने, मुखबाट रगत आउनेजस्ता लक्षण देखिएमा मात्रै तुरुन्त अस्पताल जानुपर्ने हुन्छ। अन्यथा, एक हप्ताको आरामले नै स्वाइनफ्लू निको हुने चिकित्सकहरू बताउँछन्।

सरुवा रोग विशेषज्ञ डा. वासुदेव पाण्डेका अनुसार स्वाइन फ्लू कुनै असामान्य रोग होइन, सामान्य रुघाखोकी नै हो। उनले रुघाखोकी लागेका व्यक्तिले हाच्छिउँ गर्दा वा खोक्दा रुमालले नाकमुख छोप्ने र प्रशस्त मात्रामा झोल पदार्थ र मनतातो पानी खाँदा यो रोग निको हुने बताए। तर, अत्यधिक ज्वरो आउने, मुखबाट रगत नै आउने तथा श्वासप्रश्वासमा समेत जटिल समस्या आउँदा सामान्य नै हो भनेर बस्न भने नहुने उनको सुझाव छ। यस्तो अवस्थामा तुरुन्त अस्पताल पुग्नुपर्छ।

जोखिममा हुने समूह
यो रोगले बच्चा, युवा, बूढाबूढी सबैलाई रुघाखोकीले सताउने गर्छ। युवाको रोगसँग लड्ने क्षमता बढी हुने भएकाले अर्थात् उनीहरूको रोगप्रतिरोध शक्ति बढी हुने भएकाले यो रोगले युवालाई खासै असर गर्दैन। तर, यो रोग केही खास वर्गका व्यक्तिलाई भने बढी जोखिमका रूपमा लिने गरेको पाइन्छ। डा. पाण्डेका अनुसार पाँच वर्षमुनिका बालबालिका, गर्भवती महिला, दमका रोगी तथा छाती र श्वासप्रश्वाससम्बन्धी रोग लागेका एवं मुटु र मिर्गाैलासम्बन्धी रोग लागेकालाई यो रोगले छिट्टै समात्ने तथा बढी खतरा रहने गरेको छ।

त्यसैगरी, मधुमेह भएका तथा एचआईभी एड्स रोग लागेकालाई पनि यो रोगले चाँडै पक्रन सक्छ। यी रोगबाट पीडित तथा बालबालिका र गर्भवतीको रोगप्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले जस्तोसुकै रोगले चाँडै समाउन सक्ने हुनाले उनीहरूले धेरै सतर्कता अपनाउनुपर्ने डा. पाण्डेले बताए। उनका अनुसार यी समूहका मानिसले यो रोगमा हेलचेक्य्राइँ गरेमा मृत्युसमेत हुन सक्छ।

जोगिने उपाय
चिकित्सकका अनुसार यो रोग मानिसमा एक–अर्काको प्रत्यक्ष सम्पर्कबाट सर्ने हुनाले हाच्छियुँ गरेपछि, खोकेपछि हात धुनु जरुरी हुन्छ। हात नधोईकन अरू सामानको प्रयोग गर्दा ती भाइरस जीवित रही अर्कामा सर्न पुग्छन्। यदि हात धुन सम्भव नभएमा दुई हातलाई आपसमा मज्जाले रगडेमा पनि कीटाणु मर्ने चिकित्सकको भनाइ छ। खोक्दा, हाच्छियुँ गर्दा सकेसम्म हातले नछोपी रुमाल वा त्यस्तै अरू सफा वस्तुको प्रयोग गरेमा अरूलाई सर्ने डर कम हुन्छ। हेलचेक्य्राइँ गरेमा फोक्सोमा संक्रमण हुन सक्छ। फोक्सोमा संक्रमण भयो भने निमोनिया हुने तथा छातीको संक्रमण भई ज्वरो आउने, खोकी लाग्ने, सेतो वा पहँ"लो खकार आउने, छाती दुख्ने, सास फेर्न गाह्रो हुने गर्छ।

एक सातासम्म अरू व्यक्तिको सम्पर्कमा नआईकन घरैमा बसी आराम गरी प्रशस्त मात्रामा तरल खानेकुरा खाएर उपचार गर्नुपर्छ। बाहिर निस्कनुपरेमा मास्क अनिवार्य रूपमा लगाउनुपर्छ। घरेलु औषधि र झोल खानेकुराको सेवन नै महŒवपूर्ण उपचार मानिन्छ। रुघाखोकीमा मात्र नभएर स्वाइन फ्लूका लागि पनि यही घरेलु उपचार पद्धति अपनाइन्छ। प्रशस्त मात्रामा तरल पदार्थ पिउने, तातोपानी पिउने, पोषणयुक्त खानेकुरा खाने, भिटामिन 'सी' युक्त फलफूल खाने, उचित आराम गर्ने गरेमा रोग निको हुने डा. पाण्डे बताउँछन्

फ्रान्सको राजधानी पेरिसको आकाशमा रहस्यमय ड्रोन  ।


पेरिस, १४ फागुन, फ्रान्सको राजधानी पेरिसमा रहस्यमय ढंगबाट ड्रोनहरु उड्न थालेका छन् । मंगलवार राती ११ बजेदेखि बुधवार विहान २ बजेसम्म पेरिसका विभिन्न स्थानमा ड्रोन देखिएका थिए । विश्व प्रसिद्ध आईफल टावर नजिकै समेत ड्रोन देखिएपछि फ्रान्सेली प्रहरी चकित परेका छन् । कुनै पनि देशको आकाशमा उडान भर्नु पूर्व अनुमति लिनु पर्नेमा ती ड्रोनहरु जमिन भन्दा अत्यन्त नजिकबाट उडिरहेका देखिएका छन् । दुई दिनमा मात्र ५ वटा ड्रोनहरुले पेरिसको निगरानी गर्नुलाई आश्चर्यको रुपमा लिईएको छ । अझ पेरिसस्थित अमेरिकी दूतवास भवन लगायतका अत्यन्त सम्वेदनसिल क्षेत्रमा भएको ड्रोनको निगरानीलाई गम्भीर रुपमा हेरिएको छ । ड्रोन कहाँबाट कसले परिचालन गरिरहेको छ भन्ने बारेमा पेरिस मौन छ तर सरकारले ड्रोन रहस्य पत्ता लगाउन १० जना विज्ञको छानविन समिति गठन गरेको छ । चालक विना नै उडान भर्न सक्ने ड्रोनको प्रयोग अमेरिकाले अफगानिस्तान, यमन, कोरिया, इराक, सिरिया लगायतका देशहरुमा गरिरहेको छ । 


Sunday, 22 February 2015

आर्थिक अभावले पढ्न नपाएका युवाको वैज्ञानिक आविष्कार ..

पोखरा, फागुन ११– छैठौं पोखरा क्यान इन्फोटेक मेलाको मुख्य आकर्षक बनेका छन् लमजुङको इसानेश्वर गाविसका यिनै युवा रदि मियाँ । औपचारिक रुपमा एसएलसीसम्म मात्र पढेका र आर्थिक अवस्था कमजोर हुनाका कारण ११ कक्षा पछि पढाईलाई निरन्तरता दिन नसकेका यिनै युवाले विभिन्न वैज्ञानिक आविष्कारहरु गरेका छन् । त्यस मध्ये मेलामा उनले नै घरेलु सामाग्रीहरुबाट बनाएको अल्ट्रालाइट र रोवर्टले दर्शको भीड तानेको छ । मोटरसाइकलको इन्जिनमा काठ, फलाम, स्टिल आदिको प्रयोग गरेर बनाएको यही अल्ट्रालाइटको परिक्षण उडान उनले गत असोजमा आफ्नै गाउँमा गरेका थिए । गाउँमै परिक्षण गर्ने क्रममा चौरको सतह नमिलेकाले र रनवेको लम्बाइ कम भएकाले उनको प्रयास असफल भयो । त्यति मात्र होइन, उनको अल्ट्रालाइटको पखेँटा पनि भाँचिन पुग्यो । मियाँका अनुसार उनको अल्ट्रालाइटलाई कम्तिमा ३ सय मिटरको रनवे चाहिनेमा त्यो नपुगेर उनी असफल भएका हुन् । त्यस लगत्तै गाउँकै विभिन्न मेलाहरुमा रोवर्टहरु प्रदर्शन गर्न जाँदा र आर्थिक संकटका कारण उनले यसको पँखेटा मर्मत गर्न सकेका छैनन् । यो जहाज बनाउन मात्र उनले करिब ८ लाख खर्च गरेकाले थप खर्च गर्न आफुँलाई गाह«ो भएको उनी बताउँछन् । उता खुल्ला परीक्षण गर्न पनि विभिन्न सरकारी अनुमति चाहिने र ति प्रक्रियाहरु आफुँलाई थाहा नभएकाले आफ्नो जहाज त्यसै थन्केको उनी बताउँछन् । रदि अगाडी भन्छन्,“सरकारले अनुमति दिए म यो जहाज डेढ घण्टासम्म आकाशमा उडाउन सक्छु ।” निम्न आय भएका रदिले कसरी यत्रो पैसा जुटाए होलान् भन्ने हाम्रो जिज्ञासामा उनी भन्छन्,“काम गर्दै जाँदा अहिले मलाई सहयोग गर्ने थुप्रै महानुभावहरु भेटिनुभएको छ ।” यही अल्ट्रालाइट बनाउन पनि उनलाई परदेशमा रहेका आफन्तहरुले सहयोग गरेका थिए । रदिको क्षमताको बारेमा जानकार आफन्तहरुले उनको अल्ट्रालाइट प्रोजेक्टका लागि केही पैसा पठाएको र त्यहीबाट सेकेण्ड ह्याण्ड मोटरसाइकल र अन्य सरसामाग्रीहरु किनेर काम गरेको उनी बताउँछन् । बेला बेलामा हुने मेला महोत्सवहरुबाट पनि उनलाई धेरथोर सहयोग प्राप्त हुने गरेको छ । उनी वैज्ञानिक आविष्कारका अलावा चित्रकला र काष्ठकलामा पनि निपुर्ण छन् । उनले बनाएको काठका आकर्षक फर्निचर तथा काष्ठकलाहरु गाउँमा हात हातै बिक्रि हुने गरेका छन् भने उनका चित्रकलाको पनि जोकोहीले प्रशंसा नगरी रहन सक्दैनन् । यसैबाट प्राप्त हुने रकम पनि उनले आफ्नै रुचिको क्षेत्रमा लगानी गरिरहेका छन् । कक्षा ७ मा पढ्दा पानीबाट बिजुली उत्पादन गरेर बत्ति बालेका मियाँले हालसम्म नेपाली बाबुका अलावा विभिन्न प्रकारका साना ठूला रोवर्टहरु, नमुना स्काभेटर, काठको उड्ने पुलती आदि आविष्कार गरिसकेका छन् । उनमा वैज्ञानिक ज्ञानका कारण भन्दा पनि अद्भुत कल्पना क्षमता र काममा लागि पर्ने स्वाभावको कारण यो सबै सम्भव भएको हो । उनी एकपटक देखेको सामानको नक्सा घर गएर सजिलै उतार्न सक्छन् र त्यस कै आधारमा त्यस्तै उपकरण बनाउन कस्सिन्छन् । बनाउँदै परिक्षण गर्दै गर्ने क्रममा नै उनले सफलता प्राप्त गर्ने गरेका छन् । उनलाई सहयोग गर्नका लागि क्यान इन्फोटेक कास्कीले उनलाई मञ्च कै छेउमा निःशुल्क स्टल प्रदान गरेको छ भने पोखरा विश्वविद्यालयको रोवर्टिक्स क्लबका सदस्यहरुले उनको स्टलमा आएका दर्शकहरुको जिज्ञासा मेटाउन सहयोग गरेका छन् । उनलाई सहयोग गर्न चाहनेका लागि इन्फोटेक कै बैंकिंग पार्टनर सिद्धार्थ बैंकले हेलो पैसा खाता खोलिदिएको छ, जसको खाता नं. ९८१६४३१२६९ मा उनलाई आर्थिक सहयोग गर्न सकिने रदि मियाँका व्यवस्थापक नेशन शर्माले बताए । शर्माका अनुसार पोखराबाट करिब १२० किलोमिटर परको उनको गाउँबाट ट्रकमा हालेर पोखरा ल्याइएको अल्ट्रालाइट र रोवर्टहरुलाई फिर्ता लैजानै पनि आर्थिक समस्या पर्ने देखिएको छ । “क्यान कास्कीसँग पनि यसको बारे कुरा भइरहेको छ”, शर्माले भने, “यदी सहयोग पाइएन भने बल्ल बल्ल ऋण खोजेर यहाँसम्म ट्रकमा हालेर ल्याइएका सामानहरु फिर्ता लानै मुस्किल पर्नेछ ।

शक्ति कपुरको मृत्युको झुठो खबरले सनसनी!

बलिउड कलाकारहरुको विभिन्न समयमा आउने आफ्नो मृत्युको झुठो खबरले हैरानीमा पर्ने गरेका छन्। पछिल्लो समय नकारात्मक भूमिकाका लागि प्रसिद्द अभिनेता शक्ति कपुर यस हल्लाको सिकार भएका छन। शनिबार सामाजिक संजालमा फैलिएको उनको मृत्युको खबरले खलबली मच्चियो। अन्तमा शक्ति कपुर स्वयमंले उक्त हल्ला साम्य पार्नुपर्‍यो।
शनिबार लोनावला जाने क्रममा कार दुर्घटनामा परी शक्ति कपुरको निधन भएको खबर सामाजिक सञ्जाल व्हाट्स एपमा एकाएक फैलियो। सो हल्ला चले लगत्तै शक्ति कपुरको घरमा उक्त खबरका बारेमा बुझ्न लगातार फोनको घण्टी बज्न थाल्यो जसका कारण शक्तिको परिवारमा शनिवार तना बन्यो। यस खबरबाट शक्ति कपुर निराश बने।
अन्तत: खबरलाई साम्य पार्न शक्ति कपुरका छोरा सिद्धार्थ कपुरले आफ्ना पिता जिउँदो रहेको ट्वीट गरे। यस प्रकरणमा बोल्दै शक्ति कपुरले भने, ‘व्हाट्स एपमा आएको मेरो मृत्युको झुठो खबरले म भन्दा पनि मेरो परिवार, नातेदार, साथीहरु तथा प्रशसंकहरु  आहतमा परे। भगवानको दयाले म एकदमै ठीक छु। मेरो मृत्युको खबर एकदमै झुटो हो।’
यस हल्लाबाट यसअघि अमिताभ बच्चन, माधुरी दीक्षित, दिलिप कुमार, लता मंगेशकर, क्याटरिना कैफ जस्ता बलिउड हस्तीहरुको पनि मृत्युको झूठो खबर फैलिएको थियो