Tuesday, 3 March 2015

इलाममा ३ सय ७ जना विद्यार्थीहरु एसएलसी दिनबाट बञ्चित  ।

लाम, १९ फागुन, आगामी चैत ५ गतेदेखि हुन लागेको एसएलसी परीक्षामा ७५ प्रतिशत हाजिरी नपुगेका इलामका ३ सय ७ जना विद्यार्थीहरु परीक्षा दिनबाट बञ्चित भएका छन् । जिल्ला शिक्षा कार्यालय इलामले दिएको जानकारी अनुसार, एक शैक्षिक सत्रमा ७५ प्रतिशत हाजिरी नपुर्याएकाले उनीहरु परीक्षा दिन बञ्चित भएका हुन् ।

शिक्षा नियमावली अनुसार अनिवार्य शतप्रतिशत हाजिर पुगेकालाई मात्र एसएलसी परीक्षामा सामेल गर्न दिने नियम रहेकोले हाजिर नपुगेका तथा तोकिएको राजश्व नतिर्ने विद्यार्थी परीक्षा दिनबाट बञ्चित भएका हुन् । शिक्षा कार्यालय इलामका प्राविधिक सहायक अम्बिकाप्रसाद खनालका अनुसार विद्यार्थीहरुको लापरर्वाही तथा अभिभावकको गैर जिम्मेवारीका कारण उनीहरुले परीक्षा दिनबाट बञ्चित हुनुपरेको बताइएको छ । शिक्षा कार्यालयले जिल्लाका सबै स्रोत व्यक्ति, विद्यालयका प्रधानाध्यापकलाई शिक्षा ऐनमा उल्लेख गरिएको नयाँ व्यवस्थाबारे पटक/पटक जानकारी गराउँदै आएको भए पनि ३ सय ७ जनाले भने यस वर्ष परीक्षा दिनबाट बञ्चित भएको बताइएको छ । 

 त्यस्तै चैत ५ गतेदेखि हुने एसएलसी परीक्षाको करिव ८० प्रतिशत कार्य सम्पन्न भइसकेको कार्यालयले जनाएको छ । यस वर्षको एसएलसी परीक्षामा ६ हजार ९ सय ८२ जना सामेल हुने छन् । जसमा एक्जाम्टेड तर्फ ३ हजार १ सय ८९ जना, नियमित तर्फ ४ हजार १ ले आवेदन दिएकोमा ३ सय ७ जना विद्यार्थी परीक्षा दिन वञ्चित भएपछि ३ हजार ७ सय ९३ जनाले मात्र एसएलसी परीक्षा दिन पाउने भएको प्राविधिक सहायक खनालले जानकारी दिनुभयो । 

 यस्तै खुल्ला परीक्षा तर्फ ७५ जना नियमित तथा १३ जना एक्जाम्टेड रहेका छन् । बरवोटेको अमर उच्च माविमा प्राविधिक शिक्षा अन्तर्गत कम्प्युटर शिक्षा अध्ययन गर्ने २६ जना विद्यार्थीले एसएलसी परीक्षा दिने छन् । शिक्षा कार्यालयले ३० वटा परीक्षा केन्द्र निर्धाण गरिसकेको छ । ती निर्धारण भएका केन्द्र मध्ये सबैभन्दा ठूलो परीक्षा केन्द्र जनता उमावि चुलाचुली रहेको छ । उक्त माविमा ३ सय ५८ जनाले परीक्षामा सामेल हुने जनाइएको छ । सबैभन्दा सानो परीक्षा केन्द्र सूर्योदय नगरपालिकाको कन्याम स्थित कृष्ण आश्रम उच्च मावि रहेको छ । त्यहाँबाट १ सय २८ जना परीक्षामा सामेल हुने भएका छन् । 



No comments:

Post a Comment